प्रस, सेढवा, १५ पुस/
पर्साको ग्रामीण भेग तथा सीमावर्ती क्षेत्रमा नयाँ वर्ष २०२० मनाउन चहलपहल शुरू भएको छ । नयाँ वर्ष मनाउन ठोरी, जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनी, सखुवाप्रसौनीलगायतका गाउँपालिकामा चहलपहल शुरू भएको त्यहाँस्थित तयारी समितिहरूले जनाएका छन् ।
जीराभवानी गाउँपालिकामा पर्ने वसन्तपुर वन क्षेत्र तथा सुगीभार मन्दिर क्षेत्र, पटेर्वासुगौली गाउँपालिकाको गादीमाई मन्दिर क्षेत्र, ठोरी–५ बाघमोर्चालगायतका स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गर्दछन् ।
त्यस्तै, देशमा एकैपटक बढी पर्यटक भिœयाउने पर्यटकीयस्थल ठोरीका पसल व्यवसायीहरू पर्यटकलाई आवश्यक विभिन्न सरसामान ल्याउन व्यस्त छन् । बुधवार अङ्ग्रेजी नयाँ वर्षका दिन ठोरीको राईधारा, रानीवनको ताल खोला, गोले डाँडा, ढेडुखोलालगायतका स्थानमा बर्सेनि पचास हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताए ।
ठोरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठोरी गाउँपालिकाले स्वागत गर्ने गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले बताए ।
नयाँ वर्ष मनाउन आउने सम्पूर्ण पर्यटकलाई पूmलमाला तथा खादा ओढाइ स्वागत गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए ।