प्रस, वीरगंज, १४ पुस/
नेपाल सरकारले खाद्य संस्थानमार्पmत् किसानहरूसँग धान खरीद गर्ने प्रक्रियामा व्यापक अनियमितता भएको जानकारी प्राप्त भएको छ ।
खाद्य संस्थानले नितान्त बारा, पर्साका कृषकहरूको धान खरीद गर्नुपर्ने नियम छ । तर किसानहरूलाई पाखा लगाइ संस्थानले व्यापारीसँग धान खरीद गरिरहेको पाइएको छ ।
नेता शिव पटेलका अनुसार कर्मचारी र व्यापारीहरूको मिलेमतोमा गाउँबाट धान खरीद गर्ने गरिएको छ । संस्थानमा किसानहरू धान बेच्न गएपछि कर्मचारीहरूले विभिन्न झमेला खडा गर्ने गरेको नेता पटेलले बताए।
किसानबाट व्यापारीहरूले प्रतिक्विन्टल रु २ हजारदेखि २२ सयसम्ममा खरीद गरेको धान खाद्य संस्थानले रु २६ सयमा व्यापारीहरूसँग खरीद गरेको स्रोतको दाबी छ ।
व्यापारीसँग प्रतिक्विन्टल कर्मचारीले रु २ सय कमिशन लिने गरेको कृषकहरूले आरोप लगाएका छन् ।
व्यापारीहरूले कमिशन दिने गरेको कारण उनीहरूबाट नियमविपरीत धान खरीद गर्ने गरिएको किसानहरूले आरोप लगाएका छन् ।
कमिशन नदिंदा दुई दिनसम्म धान लोड ट्याक्टर रोकेर राख्दा सोको भाडा महँगो पर्ने गरेको किसानहरूको आरोप छ ।
यस विषयमा संस्थानका प्रमुख नरनाथ अधिकारीले कुनै व्यापारीसँग धान खरीद नगरेको बताए ।
नियम अनुसार वास्तविक किसानहरूको पहिचान गरी धान खरीद गर्ने गरेको बताए । उनले अहिलेसम्म सोना मन्सुली प्रतिक्विन्टल रु २६६३ को दरले ११ हजार ७० क्विन्टल सोना मन्सुली तथा रु ३ हजारको दरले ३ हजार २० क्विन्टल जीरामसिनो चामल खरीद गरेको बताए ।
चिसो धान तथा व्यापारीले ल्याएको धान आपूmले थाहा पाएपछि फिर्ता गर्ने गरेको पनि उनले बताए ।