$type=ticker$count=12$cols=4$cate=0

बालबालिकाहरूको विकासमा प्रशंसा र प्रोत्साहनको आवश्यकता

SHARE:

अनन्तकुमार लाल दास

    “आमा, म यसपटक पनि विज्ञानमा फेल भएँ । मलाई लाग्छ म यस विषयमा कहिले पनि उत्तीर्ण हुन सक्दिनँ । जति अभ्यास गरे तापनि केही फाइदा भएन,” आप्mनो झोलालाई पलङ्गमा फाल्दै दश वर्षीया मेरी छोरीले लगभग रुँदै आमासँग भनिन् । “अझ अभ्यास गर । आजदेखि नै म तिमीलाई ट्यूसन लगाइदिन्छु । तिमी विज्ञानमा सबैभन्दा राम्री हुनेछौ,” आमाले भनिन् । “बेकारमा पैसा किन फाल्छौ । म यस विषयमा पास नै हुन सक्दिनँ,” छोरीलाई यसरी दुःखी भएको हेरेर आमालाई आश्चर्य भयो । उनले भनिन् “खबरदार, यस्तो कुरा न सोच । कोशिश र परिश्रम गरेपछि केही असम्भव छैन । मलाई आशा छ कि तिमीले विज्ञानमा अवश्य नै राम्रो गर्छौ ।” र, यसो भयो पनि । आमाको प्रोत्साहन र प्रेरणाले मेरी छोरीले विज्ञानमा राम्रो अङ्क ल्याउन थालिन्।
    हामी सबैलाई थाहा छ, बालबालिकाहरूको विकासको लागि प्रशंसा र प्रोत्साहन कति आवश्यक छ । किनभने बालबालिकाहरू जसरी–जसरी ठूला हुँदै जान्छन्, नयाँ–नयाँ कुराहरू पनि सिख्दै जान्छन् र अरूले उनीहरूको प्रशंसा गरून् भन्ने चाहना पनि सँगसँगै विकसित हुँदै जान्छ । आलोचनाले प्रगति र सकारात्मक विकासको बाटोमा अवरोध पु¥याउँछ भने सकारात्मक प्रोत्साहनले उनीहरूलाई सन्तुलित धारणा बनाउनमा मदत गर्दछ । यसबाट सही र गलतबारे निर्णय लिन उनीहरूलाई सजिलो हुन्छ ।
    बालबालिकाहरू अति संवेदनशील हुन्छन् । यस कारण उनीहरूले गरेका काममा यदि पटकपटक गल्ती खोज्ने प्रयास गरिन्छ भने हतोत्साहित हुँदै जान्छन् । उनीहरू आपूmभन्दा ठूलाबडासँग मार्गदर्शनको अपेक्षा राख्छन् । यदि उनीहरूलाई मायालु तरीकाले सम्झाइयो वा सही दिशानिर्देश दिइयो भने छिट्टै लक्ष्यलाई प्राप्त गर्न सक्छन् ।
    बालबालिकाहरू स्पन्जजस्तै हुन्छन् । हामी जे पनि भन्छौं, उनीहरूले छिट्टै ग्रहण गर्छन् । सही कुरो त के हो भने उनीहरूले सधैं सहमतिको खोज गरिराखेका हुन्छन् । हामी नै प्रेरणाको स्रोत भई उनीहरूभित्र आशावादी दृष्टिकोणको सञ्चार गर्न सक्छौं । आपूmले गरेको प्रयास र सही–गलतबीच निर्णय लिंदा प्रोत्साहनको शब्द प्राप्त गरेर बालबालिकाहरूले आप्mनो ध्यान केन्द्रित गर्न सक्छन् । बालबालिकाहरूलाई यो भन्नुपर्छ कि उनीहरूले परिश्रमका साथ राम्रो काम गरिरहेका छन् । बालबालिकाहरूले काम गर्दा गरेको प्रयासमा कमी भए तापनि यदि उनीहरूले उपेक्षाको भाव महसूस गर्दैनन् भने उनीहरूले अझ मेहनतका साथ काम गर्छन् । यदि उनीहरूलाई हर समय उपेक्षा गरिन्छ, किचकिच गरिन्छ वा तिमीसँग कुनै आश गर्नु नै व्यर्थ छ भनिन्छ भने कसरी उनीहरूले सफलता हासिल गर्न सक्छन् । आप्mनो सन्तानको कुरालाई बडो ध्यानपूर्वक सुन्नुपर्छ, मनन गर्नुपर्छ र उनीहरूलाई निर्णय लिन भन्नुपर्छ र यसो गर्न प्रोत्साहित पनि गर्नुपर्छ । अनिमात्र उनीहरूले चाहेजस्तो सफलता हासिल गर्न सक्छन् ।
    ‘मलाई तिमीमाथि विश्वास छ’, ‘तिमी योग्य छौ’, ‘महŒवपूर्ण यो छ कि तिमीले कोशिश ग¥यौ’, ‘एकपटक पुनः कोशिश गर’, ‘तिमी अवश्य सफल हुन्छौ’, ‘तिम्रो योगदान मेरोलागि धेरै महŒवपूर्ण छ’, जस्ता वाक्यहरू यदि आमाबुबा वा शिक्षकले बालबालिकाहरूलाई भन्छन् भने निस्सन्देह बालबालिकाहरूको सोच सकारात्मक हुनुका साथसाथै उनीहरूलाई कुनै पनि बाधाले रोक्न सक्दैन । तर विडम्बना के छ भने ठीक यसको विपरीतका शब्दहरू घरमा अभिभावक र विद्यालयमा शिक्षकहरूले प्रयोग गर्ने गरेका छन् ।
    एकपटक आमासँगै आएको ९ वर्ष उमेरको एकजना केटोको भेट कुनै उपदेशकसँग भयो । उपदेशकले त्यस केटोको आँखामा हेर्दै भने– म तिम्रो आँखामा के हेर्दैछु भने तिमी विजेता हौ । केही वर्ष उप्रान्त उपदेशकलाई त्यस केटोले लेखेको पत्र प्राप्त भयो । जसमा लेखिएको थियो कि कसरी उपदेशकसँग भेटेपछि उसको जीवनमा परिवर्तन आयो । अब उसलाई के लाग्छ भने उसले राम्रो अङ्क प्राप्त गर्न थालेको छ, शिक्षकहरूले पनि उसलाई रुचाउन थालेका छन् र उसका साथीहरू पनि बढेर गएको छ । अन्त्यमा उसले लेखेको थियो मलाई लाग्छ म विजेता बन्न सक्छु । के उसको जीवनमा अचानक परिवर्तन देखा पर्न थालेको थियो ? के ऊ अचानक धेरै बुद्धिमान् भयो ? होइन । मात्र के परिवर्तन भएको थियो भने उसले त्यस उपदेशकको इज्जत गर्दथ्यो र उनको मुखबाट प्रोत्साहित गर्ने शब्दले उसले हरेक कुरोलाई नयाँ ढङ्गले हेर्न थालेको थियो । त्यस एक क्षणले उसको जीवनमा धेरै बदलाव ल्याइदिएको थियो । ससाना बालबालिकाहरूमा ठूलठूला काम गर्ने क्षमता हुँदो रहेछ । मात्र उनीहरूलाई प्रोत्साहनको आवश्यकता पर्दछ । उनीहरूमाथि सबैले विश्वास गर्छन् भन्ने आश्वासनको मात्र आवश्यकता हुन्छ ।
    बालबालिकाहरूमा आत्मविश्वासको कमी वा उनीहरूले राम्ररी काम गरिराखेका छैनन् भन्ने महसूस हुने कुराका लागि पूर्णरूपेण अभिभावकहरू नै जिम्मेवार हुन्छन् । किनभने उनीहरूले आप्mना सन्तानलाई यस्तै वातावरण प्रदान गर्छन्, जसबाट उनीहरू मात्र हतोत्साहित हुन्छन् । यदि अभिभावक नै निराश रहन्छन् भने कसरी सन्तानलाई प्रोत्साहित गर्न सक्छन् ? अचम्मको कुरो के छ भने यदि छोराछोरीहरूले अभिभावकलाई सहायता गर्न खोज्छन् भने “तिमी अहिले सानो छौ” वा “तिमीले झन् कामलाई बढाइदिन्छौ” जस्ता शब्दको प्रयोग गरेर अवहेलना गर्छन् । जुन बेला अभिभावकलाई लाग्छ अब त छोराछोरीहरू ठूला भए । उनीहरूको मदत लिनुपर्छ, त्यस बेला छोराछोरीहरूमा यो भावना नै समाप्त भएर जान्छ । कारण के छ भने सिक्ने अवसर हामीले नै खोस्छौं । उसले दूध खसाल्छ भने त्यसलाई सफा गर्न सिक्छ । बालबालिकाहरूले पनि मेचमा प्लेट राख्न सक्छन्, अतिथिहरूको स्वागत गर्न सक्छन् । आमालाई सघाउन सक्छन् र यिनै ससाना गतिविधिहरूले उनीहरूभित्र केही प्राप्त गर्ने चाहना उत्पन्न हुन्छ । एकसाथ मिलीजुली काम गर्ने प्रेरणा प्राप्त गर्छन् ।
    एकपटक भ्यागुतोको एउटा समूह जङ्गलमा घुम्दै थियो । त्यसमध्ये दुईवटा भ्यागुतो कुँवामा खसेछन् । सबै भ्यागुतो कुँवाको चारैतिर उभिए र कुँवाको गहिराइ हेरेर भने अब यिनीहरूलाई मर्नबाट कसैले बचाउन सक्दैन । तर ती दुवै भ्यागुतो बाहिर आउनका लागि सक्दो प्रयास गरिरहेका थिए । तर बाहिर उभिरहेका भ्यागुतोहरूले पटकपटक भन्दै रहे, अब तिमीहरू दुवै बाँच्दैनौ । एउटा भ्यागुतोलाई साथी भ्यागुतोको कुरो मन परेन । उसले प्रयास गर्न छाड्यो र केही क्षणपश्चात् म¥यो । दोस्रो भ्यागुतोले प्रयास गर्न छोडेन । बाहिर उभिएका भ्यागुतोहरू कराउँदै रहे तर अन्त्यमा प्रयासको कारण दोस्रो भ्यागुतो बाहिर आउन सफल भयो । उसका साथीहरूलाई बडो आश्चर्य लाग्यो । उनीहरूले सोध्दा उसले आपूm बहिरो भएको बतायो । उसलाई के लागेको थियो भने उसलाई साथीहरूले ‘हिम्मत न हार, कोशिश गर’ भनिरहेका छन् । जसले गर्दा ऊ बाहिर आउन सफल भयो । भन्नुको अर्थ के हो भने शब्दमा विपरीत परिस्थितिमा पनि साहसी बनाउने क्षमता लुकेको हुन्छ ।
    प्रशंसा र प्रोत्साहनबीच अन्तर हुन्छ । यही कारण हो कहिलेकाहीं प्रशंसालाई प्रोत्साहन पनि भन्ने गरिन्छ । यदि धेरै प्रशंसा गरियो भने बालबालिकाहरूले के बुभ्mछन् भने उनीहरूले जे कुरो पनि गर्न सक्छन् । यसरी बढी आत्मविश्वासले गर्दा बालबालिकाहरू लक्ष्यसम्म पुग्न भ्रमित पनि हुन सक्छन् । अर्कोतर्पm उनीहरूलाई के डर हुन्छ भने यदि पुनः राम्रो गर्न नसके आमाबुबाले के भन्नुहुन्छ । यस कारण पछाडि पर्ने सम्भावना पनि बढी हुन्छ । गल्ती भएपछि त्यस कामलाई सही तरीकाले गर्न प्रेरित गर्नु एउटा कुरो हो भने सही–गलतबीचको अन्तरलाई नबुझाइ उनीहरूलाई खुशी पार्नका लागि मात्र प्रशंसा गर्नु अर्को कुरो हो । यसो भएमा असफल हुने डरले उनीहरूले केही गर्न सक्दैनन् ।
    प्रोत्साहन बाँकी रहेका कामलाई पूरा गर्ने कोशिशसँग सम्बन्धित हुन्छ । यो परिणामसँग होइन काम गर्ने प्रक्रियाको हिस्सा हुन्छ । बालबालिकाहरूलाई सकारात्मक सोचको धर्ती दिनका लागि प्रोत्साहनले एउटा औजार जस्तै काम गर्छ, जसको प्रयोगले बालबालिकाहरूलाई स्वस्थ, खुशी र जिम्मेवार बनाउन सकिन्छ । बालबालिकाहरूमा नयाँ–नयाँ काम गर्ने उत्साह हुन्छ । उनीहरूलाई त्यसबेलासम्म त्यो काम गर्न दिनुहोस्, जबसम्म उनीहरू सफल हुँदैनन् । तर बीचबीचमा उनीहरूलाई यो महसूस गराउनुहोस् कि उनीहरूमा त्यस कामलाई गर्ने क्षमता छ । यसका लागि सही ढङ्गले आप्mनो कुरा उनीहरूको अगाडि राख्नुहोस् र उनीहरूका कुराहरू पनि सुन्नुहोस् । आप्mनो कुरा राख्दा उनीहरूलाई स्पर्श गर्नुहोस् । पिठ्यूँलाई थपथपाउनुहोस् । उनीहरूलाई गल्ती हुनु कुनै ठूलो कुरो होइन भनी सान्त्वना दिनुहोस् । सिक्नका लागि यो पनि अनिवार्य हो भन्नुहोस् । उनीहरूले गरेका प्रयासको सराहना गर्नुहोस् । उनीहरूका साथीहरूसँग उनीहरूको तुलना नगर्नुहोस् । आप्mनो सन्तानलाई यसरी माया दिनुहोस् कि उनीहरूले आपूmलाई मूल्यवान् ठानून् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बालबालिकाहरूको विकासमा प्रशंसा र प्रोत्साहनको आवश्यकता
बालबालिकाहरूको विकासमा प्रशंसा र प्रोत्साहनको आवश्यकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhyKsheHcY7kwAaqeleLgYGjLeUl0L38PzLIfgpEm485QjIp2S482sIED56-KGjVy6jd79M-kD2Dnzxl2JKqQJeHZLktfvRv680nSHmm-EQm8qDIo7cNffIzQiPgJcGpjcZq6gL_P8AUh9e/s200/anant+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhyKsheHcY7kwAaqeleLgYGjLeUl0L38PzLIfgpEm485QjIp2S482sIED56-KGjVy6jd79M-kD2Dnzxl2JKqQJeHZLktfvRv680nSHmm-EQm8qDIo7cNffIzQiPgJcGpjcZq6gL_P8AUh9e/s72-c/anant+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/12/blog-post_619.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/12/blog-post_619.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy