सन्तान पुगेका महिला/पुरुषका लागि विगतमा झैं यस वर्ष पनि स्थायी परिवार नियोजन शिविर शुरू भएको छ । स्वास्थ्य कार्यालयले सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा महिलाहरूकै बाहुल्यता छ । विगतदेखि नै पुरुषको सङ्ख्या अति न्यून छ । कालिकामाई गाउँपालिकामा सम्पन्न शिविरमा २७ जना महिलाले स्थायी बन्ध्याकरण गराए, तर पुरुष एकजना पनि नआएको स्वास्थ्य कार्यालयले जनाएको छ । पर्सामा मात्रै होइन, काठमाडौं उपत्यका र केही पहाडी शहरबाहेक अन्यत्रको अवस्था पनि उस्तै छ । मुलुकको वार्षिक तथ्याङ्क अनुसार स्थायी बन्ध्याकरण गराउने महिला र पुरुषमा ७५ प्रतिशत महिला र २५ प्रतिशत मात्रै पुरुष छन् ।
परिवार नियोजन गर्नुपर्ने उमेर समूहका महिलाहरूमध्ये १४.७ प्रतिशतले स्थायी परिवार नियोजन गरेका छन् भने सोही उमेर समूहमा ५.५ प्रतिशत पुरुषले स्थायी परिवार नियोजन गरेका छन् ।
महिलाले गर्ने स्थायी बन्ध्याकरण मिनील्यापभन्दा पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमी निकै सरल, सहज र सुविधायुक्त छ । चिकित्सकहरूका अनुसार पुरुषको तुलनामा महिलामा गरिने मिनील्याप अलि जटिल हुन्छ । त्यसैले यसमा पुरुषको भन्दा समय पनि दोब्बर नै लाग्छ । महिलाको डिम्बका दुईवटा नसा काट्नुपर्ने हुँदा पेटबाट एकदेखि डेढ सेमी चौडाइको अलिकति गहिरो प्वाल पार्नुपर्ने हुन्छ । पुरुषको भ्यासेक्टोमी गर्दा शुक्रकिट बहने नलीलाई छेदन गर्ने मात्रै हो । यो सामान्य शल्यक्रियाबाटै हुने भएकोले समय पनि थोरै लाग्छ । ५ देखि १० मिनटमा पुरुषको भ्यासेक्टोमी हुने तर महिलाको मिनील्यापको लागि २० देखि ३० मिनेटसम्म समय लाग्छ । पुरुषहरू बन्ध्याकरण पछि आपैंm उठेर हिंड्डुल गर्न सक्छन्, महिलाहहरू हिंड्डुल गर्न सक्दैनन् । घाउ सुक्न पनि समय लाग्ने भएकोले निकै सावधानी अपनाउनुपर्ने हुन्छ । अर्को महŒवपूर्ण कुरा के छ भने पुनः सन्तान चाहिएमा पुरुषको शुक्रकिटवाहिनी नली जोड्न सहज छ तर महिलाको डिम्बवाहिनी नली जोड्न सकिंदैन । फेरि पनि स्थायी बन्ध्याकरणको जिम्मा महिलाकै भागमा किन त ?
स्थायी बन्ध्याकरण गरेपछि शरीर कमजोर हुन्छ भन्ने भय अभैm हटेको छैन । पुरुषले कमाउनुपर्ने, गा¥हो–सा¥हो काम गर्नुपर्ने भएकोले कमजोर भइदियो भने बर्बाद हुन्छ भन्ने सोचाइ छ । अर्कोतर्पm स्थायी बन्ध्याकरण गर्दा पुरुषमा यौन दुर्बलता आउँछ कि भन्ने आशङ्का पतिपत्नी दुवैमा हुन्छ । यसविपरीत कतिपय महिलाले परिवार नियोजन गरेपछि पुरुष छाडा होला, अन्तै लहसिएला कि भन्ने डरले पनि बन्ध्याकरण गर्न आपैंm अगाडि सरेको पाइन्छ । लैङ्गिक विभेद, धार्मिक कट्टरता र परम्परागत सोच भएको परिवार तथा समाजका पुरुषहरू अझै पनि स्थायी बन्ध्याकरणतर्पm आकर्षित छैनन् । परिवार नियोजनतर्पm पुरुषले खासै वास्ता नगर्ने र परिवार वृद्धिको भार जति महिलाले खेप्नुपर्ने हुँदा महिलाहरू नै यसतर्पm बढी अग्रसर हुन बाध्य छन् । सल्लाह, सुझाव, प्रेरणा दिनेको भूमिका महŒवपूर्ण हुन्छ । हाम्रो गाउँटोलमा स्वास्थ्य सेवाका लागि महिला स्वयंसेविकाहरूले योगदान दिइरहेका छन् । उनीहरूको घुलमेल पुरुषभन्दा महिलासँग बढी हुने भएकोले पनि परिवार नियोजनका लागि महिला नै बढी अभिप्रेरित भएका हुन् । मुख्य कुरा भ्रम तथा चेतना अभावको कारण समस्या देखिएको हुँदा स्थायी बन्ध्याकरणको महŒव तथा वास्तविकताबारे पति–पत्नी दुवैमा चेतना जागरण गर्ने तथा भ्रम निवारण अभियान सञ्चालन गर्नु जरूरी छ ।