प्रस, परवानीपुर, १२ पुस/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह चालू आवको लक्ष्य भेटाउने दिशामा अघि बढिरहेको छ ।
पछिल्लो ५ महीनाको अवधिमा लक्ष्यको तुलनामा ड्राइपोर्टबाट ९० प्रतिशतको हाराहारीमा राजस्व असुली भएको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको राजस्व असुलीको तथ्याङ्कले ९० प्रतिशत असुली भएको देखाउँछ । सो भन्सारले बितेको मङ्सिरमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । मङ्सिरमा रु ३ अर्ब ३३ करोड ५५ लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकोमा रु ३ अर्ब ५१ करोड ८३ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५ प्रतिशत बढी हो ।
नेपाल टेलिकमका उपकरणहरू यो नाका हुँदै आयात भएपछि त्यसको सकारात्मक असर राजस्व असुलीमा पर्न गएको भन्सार प्रमुख उमेश श्रेष्ठको विश्लेषण छ । मङ्सिरमा नेपाल टेलिकमको सामानसहित फलाम, मदिरा, गेंडागुडी नियमित आयात भएकोले पनि लक्ष्यभन्दा बढी राजस्व असुली भएको उनले बताए ।
राजस्व सङ्कलनको दृष्टिले यो भन्सार मुलुककै उत्कृष्ट ५ भन्सार कार्यालयभित्र पर्छ । चालू आर्थिक वर्षमा साउनदेखि मङ्सिरसम्म ५ महीनामा यो भन्सारले १६ अर्ब ३६ करोड २७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन लक्ष्यको ९० प्रतिशत हो । यस अवधिमा १८ अर्ब ३८ करोड ७३ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य यो भन्सारले पाएको थियो ।
चालू आर्थिक वर्षमा साउन महीनापछि मङ्सिर महीनामा दोस्रोपटक मात्र यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाएको हो । साउन महीनामा ३ अर्ब ३६ करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको यो भन्सारले ३ अर्ब ३७ करोड ३२ लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जुन लक्ष्यको एक सय दशमलव ३६ प्रतिशत थियो । त्यसयता आयात मात्र नभई समग्र आर्थिक कारोबारमैं मन्दी आउँदा यो भन्सारले कुनै पनि महीनामा मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको थिएन ।
भारतीय रेलवे सञ्जालसँग जोडिएको ड्राइपोर्टमा कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहबाट सोभैm मालवाहक रेल आइपुग्छ । हाल महीनामा ३० वटा रेल आउने गरेको भन्सार कार्यालयले जनाएको छ । तेस्रो मुलुकतर्पm हुने निकासी पनि यो नाकाबाट रेल मार्गबाटै हुँदै आएको छ ।