प्रस, गरुडा, १४ पुस/
नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनता नै जनार्दन र ईश्वर भएको बताएका छन् । कुनै पनि राजनीतिक दल र नेताका लागि जनता नै सबैभन्दा ठूलो रहेको र जनतालाई खुशी बनाउनु कर्तव्य रहेको पनि बताएका छन् । जनता नै खुशी भएपछि नेता स्वतः खुशी हुने भएकोले जनताको खुशीको लागि नेकपाले काम गरिरहेको पनि वरिष्ठ नेता नेपालले बताए ।
रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा आयोजित विपन्न, दलित तथा असहाय महिलाहरूलाई कम्बल वितरण कार्यक्रममा नेता नेपालले नेकपा आपैंmमा गरीबहरूको पार्टी भएकोले यस प्रकारका नागरिकको सेवा गर्नु कर्तव्य रहेको पनि बताए । गृह जिल्लामा स्थानीय बज्जिका भाषामा मन्तव्य राख्दै नेता नेपालले जनताले पनि समयमा कम्युनिस्ट पार्टीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नेता नेपालले सयौं परिवारलाई न्यानो कम्बल प्रदान गरेका छन् । नेकपा गढीमाई नपाका अध्यक्ष रामपुकार राय यादवले चार सय थान कम्बल वितरण गरिएको जानकारी गराए । कम्बल पाएपछि विपन्न समुदायका महिलाहरूले खुशी व्यक्त गरेका थिए । नेता नेपालले कम्बल बाँड्दै गर्दा घाम झुल्केपछि स्थानीयले नेता नेपालबाट दुई किसिमको न्यानो पाएको भनी खुशी व्यक्त गरेका थिए ।
नगर अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद रामकुमार भट्टराई, प्रदेश सदस्य शम्भु साहलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
नेता नेपालले विभिन्न गाउँमा जाडो प्रभावित व्यक्ति तथा परिवारसित भेटघाट पनि गरेका थिए ।