नेपालको राष्ट्रिय नयाँ वर्ष र अङ्ग्रेजी अर्थात् अन्तर्राष्ट्रिय नयाँ वर्ष शुरू भएको छ । सन् २०१९ लाई बिदा गरी २०२० लाई आजबाट स्वागत गरिंदैछ । त्यसैगरी, हाम्रो मुलुकमा गुरुङ जातिको महान् पर्व ‘तमु ल्होसार’को स्वागत हिजोबाट शुरू भएको छ । गुरुङ जातिको पात्रो अनुसार मृग वर्षलाई बिदा गरेर मुसा वर्ष शुरू भएको हो । विभिन्न प्राणी तथा जीवहरूको अस्तित्वलाई सम्मान गरी पुज्दै आएको गुरुङलगायतका आदिवासी जनजातिहरूले उड्ने पक्षी, घस्रिने जीव, जङ्गली तथा घरपालुवा जनावरहरूको नाममा १२ वर्ष गणना गरिन्छ । १२ वर्षपछि पुनः पुरानो नाम दोहोरिने गर्छ । ती नामहरूको पनि फल अर्थात् विशेषता फरकफरक मानिन्छ । मृग वर्षलाई अलि अस्थिर, शान्त र सोझो वर्षको रूपमा मानिन्छ, यो त्यति सम्पन्न वर्ष होइन । मुसा वर्ष सम्पन्न तथा अनिकाल नपर्ने वर्षको रूपमा बित्ने जनविश्वास छ । यस वर्षलाई चलाख, चतुर, जाँगरिलो कर्मयोगी वर्षको रूपमा मानिन्छ । नेपालमा मात्रै होइन, चिनियाँहरूमा पनि यही विश्वास र परम्परा रहिआएको छ ।
बितेको वर्ष सन् २०१९ वा मृग वर्ष हाम्रो मुलुकको लागि समग्रमा मध्यम खालको रह्यो । केही महŒवपूर्ण उपलब्धिहरू भएका छन् । सार्क खेलकूद सफलताका साथ सम्पन्न गर्नुका साथै विभिन्न खेलमा ५१ वटा स्वर्ण पदक हासिल गरी अन्तर्राष्ट्रियस्तरमा मुलुकको इज्जतलाई उँचो बनाएको छ । खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्ष्Fा गरिएका चारजना पूmटबल खेलाडीलाई प्रतियोगिताअगावै कारबाई गर्नुपरेको घटनाले भने केही खल्लो बनायो । राजनीतिक क्ष्Fेत्रमा खासै स्थिरता देखिएन । मन्त्रिमण्डल पुनर्गठन भयो, त्यसमा पनि सरकारले जस पाएन । यौनकाण्डमा सभामुख नै कारबाईमा परेपछि लज्जाबोधको अवस्था सृजना भयो । सरकारको साथमा रहेको समाजवादी पार्टी र सरकारबीच तिक्तता शुरू भयो । नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधनको घटना दुःखद रह्यो । यी सबै कुराका बावजूद पनि छिमेकी मुलुक चीनका राष्ट्रपतिको आगमन, पृथकतावादी आन्दोलनमा लागेका सिके राउतको राजनीतिक मूल प्रवाहमा समाहित, शान्तिपूर्णरूपमा उपचुनाव सम्पन्नलगायतका पक्षहरू सकारात्मक छन् । यति हुँदाहुँदै पनि शान्ति सुरक्षाको अवस्था, मुलुकको आर्थिक उन्नति र भ्रष्टाचार न्यूनीकरणका कुराहरूमा मुलुकले खासै उपलब्धि हासिल गर्न सकेन ।
प्राविधिकरूपमा इतिहासमा बलियो मानिएको वर्तमान सरकारको आधा अवधि बितिसकेको छ । यस अवधिमा हुन सकेन भने कहिल्यै नहुने रहेछ भन्ने छाप मुलुकवासीको भावनामा पर्न सक्छ । त्यसैले लोकतान्त्रिक व्यवस्थाप्रति नै नकारात्मक असर पर्ने खतरा रहन्छ । यसो हुनु राजनीतिक दलको लागि मात्रै होइन कि मुलुकको लागि नै घातक हुनेछ । वर्तमान सरकारले यस वर्ष जनभावनाअनुरूप केही महŒवपूर्ण कामहरू पर्नेपर्छ । मतदाता रिसायो र फेरि कुनै दललाई स्पष्ट बहुमत दिएन भने उही विगत दोहोरिनेछ । सरकार गठन हुन नपाउँदै भत्कन शुरू हुने पुरानै खेल हो । दलीय जोडघटाउ र सांसद खरीद–बिक्रीमा समय बर्बाद हुनेछ । त्यसैले अन्ततः पु¥याउने भड्खालोमैं हो । यसर्थ अति नै महŒवपूर्ण अवसर र केही गरी गर्नैपर्ने यो वर्ष २०२० वा मुसा वर्ष, गुरुङलगायत आदिवासी जनजाति समुदायको विश्वासजस्तै हाम्रो मुलुकको लागि जाँगरिलो, चतुर, कर्मयोगी र फलदायी वर्ष साबित होस् । नयाँ वर्षको शुभकामना ।