सडक दुर्घटना र मानवीय क्षतिको अवस्था डरलाग्दो छ । दुर्घटनाको दरसँगै दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढ्दो छ । सडक दुर्घटनाको खबर नआएका दिनहरू बिरलै होलान् । बितेको एक दशकयताको तथ्याङ्कले पनि सवारी दुर्घटना र सोमा ज्यान गुमाउनेको सङ्ख्या उकालो चढ्दो देखाएको छ । आव २०६८/०६९ मा मुलुकभरि सवारी दुर्घटनाको सङ्ख्या ५०९६ वटा थियो । यसमा ज्यान गुमाउनेहरूको सङ्ख्या १४८ थियो भने घाइते हुनेहरूको सङ्ख्या ३७१२ थियो । त्यसयता यो सङ्ख्या प्रत्येक वर्ष क्रमशः उकालो चढ्दै छ । बितेको आव २०७५/०७६ मा सवारी दुर्घटनाको सङ्ख्या ६९८२ पुग्यो । यसमा मृत्यु हुनेको सङ्ख्या २११ र घाइते हुनेहरू ५०६५ जना थिए । यो ८ वर्षबीचमा आएको फरक हो । सवारी दुर्घटना र ज्यान गुमाउनेको सङ्ख्या एक दशकमा दोब्बरको अनुपातले वृद्धि भइरहेको देखिन्छ । सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल सरकारले हरेक वर्ष अर्बौं रकम खर्च गरिरहेको छ । सवारी चालक, सवारी सहयोगी र यात्रुहरूका लागि चेतनामूलक कार्यक्रम, मापसे चेकजाँचलगायत सडक सुरक्षामा रकम र जनशक्ति दुवै लागिरहेको छ । त्यसैगरी ट्राफिक प्रहरी, सडक मरम्मतकर्ता परिचालनलगायतका कामहरू पनि भएका छन् । तर उपलब्धि भने जस्ताको त्यस्तै एक दशक पहिले जुन अवस्थामा थियो, त्यसभन्दा अगाडि बढ्न सकेको छैन ।
सडक दुर्घटनाका कारणहरू धेरै छन् । मुख्य कारण चालकको लापरवाही । सडकमा चलिरहेका सवारीमा एकतर्पmको सवारी चालक सही छ तर अर्कोतर्पmको सवारी चालकले लापरवाही गरिदियो भने दुवैतर्पmका निम्ति दुर्घटना निम्तिन्छ । मापासे सेवन गरेर चलाउने, सिखारुलाई चलाउन दिने, चप्पल लगाएर सवारी चलाउने, ध्यान सवारीतर्पm नगरी क्यामरा, मोबाइल वा अन्यत्र ध्यान दिएर सवारी चलाउने, ट्राफिक सङ्केतहरूमा विचार नपु¥याउने, तीव्र गतिमा वा ओभरटेक गरेर चलाउने, चलाउँदा निदाउने वा उत्तेजित अवस्थामा सवारी चलाउनेलगायतका दोष सवारी चालकहरूमाथि जान्छ । चार पाङ्ग्रे वा दुई पाङ्ग्रे सबै किसिमका सवारी चालकमा यस किसिमको कमजोरी भएमा सवारी दुर्घटना निम्तिन सक्छ । त्यसैगरी, सवारी उपकरणको खराबी दुर्घटनाको अर्को कारण हो । बितेको शुक्रवार बसको स्प्रीङपट्टा भाँचिदा निजगढमा बस पुलमुनि खस्यो । सो दुर्घटनामा ३९ जना घाइते बने ।
भएका सडक दुर्घटनाहरूलाई समयको आधारमा विश्लेषण गर्दा सवारी चाप पनि दुर्घटनाको कारक देखिएको छ । ४१ प्रतिशत दुर्घटना सवारी चाप बढेको बेलामा दिउँसो १२ देखि साँझ ६ बजेसम्म भएको छ । बेलुका ६ देखि राति १२ बजेसम्म २४ प्रतिशत, सबैभन्दा कम दुर्घटना सवारी चाप कम भएको बेला राति १२ देखि बिहान ६ बजेसम्म ५ प्रतिशत र बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३० प्रतिशत दुर्घटना हुने गरेको पाइन्छ । सडक दुर्घटनाको अर्को कारण हो सडकको अवस्था । खाल्डोमा चक्का परेर वा खाल्डो जोगाउन खोज्दा अर्को सवारीसँग ठोक्किएर दुर्घटना भएका घटनाहरू धेरै छन् । समस्याको कारण पहिचान गरेर सही उपचार गर्न सके मात्रै समस्या निदान हुन्छ । सडक सुरक्षाको नाममा हाम्रो मुलुकले हचुवाको तालमा खर्च गरिरहेको छ । सवारी दुर्घनाका कारणहरूको अनुसन्धान तथा सही विश्लेषण र सोही बमोजिमका नियम, कानून एवं न्यूनीकरणका योजना तथा कार्यक्रमहरू बन्न जरूरी छ ।