– बैधनाथ ठाकुर
ज्योतिषी मार्कण्डले लामो श्वास तान्दै कैदी साथीहरूलाई भन्यो– मैले नै उनको हातको रेखा हेरेर बताएको थिएँ, हुनत हजुर निकै भाग्यमानी हो तर हजुरको भाग्यरेखामा शनि र राहु ग्रह बसेकाले यतिबेला निकै कष्टकर जीवन बिताउनुपरिरहेको छ । तर हजुर चिन्ता नगर्नुस् । शनि देवाय नमः तथा राहु देवाय नमः भन्दै एकाबिहानै एकाइसवटा बिहीवार पीपलको बोटमा पूर्वतर्पm फर्केर अञ्जुलीले ११ चोटि जलप्रवाह गरेमा छ महीनाभित्रै शुभ शुभ हुनेछ । यति गरेपछि उनको भाग्य नै फेरियो ।
जमीनको दलाली गर्ने तथा सीमा वारिपारि कालो कर्म गरेर करोडौं कमाएको उनलाई देशको सबैभन्दा ठूलो पार्टीबाट चुनावी टिकट तथा पार्टी प्रवेश दुवैको एकैचोटि प्रस्ताव आएछ र उनी सजिलै पैसाको बलले चुनाव जितेर यतिबेला माननीय भई सिंहदरबारभित्र मन्त्री भई झन्डा फरफराउँदै छन् ।
एक दिन उनी न्युरोडमा आप्mनो गाडी रोकेर सडकपेटीमा मलाई रोक्दै भने– ज्योतिषी बा, हजुरले गर्दा मेरो कायापलट भयो । म धेरै सुखी र खुशी छु । हजुरलाई मेरोतर्पmबाट यो सानो उपहार भन्दै एउटा झोला थमाएर गए । मैले झोलामा यसो हेरेको हजारका नेपाली नोटहरूका बन्डल रहेछ । मनमनै म धेरै खुशी भएँ । आज मेरो पनि ग्रहदशा कट्यो भनेर...।
यतिधेरै रुपैयाँ घर लगेर के गर्नु ? नजीकै रहेको नेपाल बैंक लिमिटेडमा जम्मा गराउन भौचर भरेर काउन्टरमा दिए । पाँच मिनेटभित्रै केही प्रहरी आए र जाली नोटको कारोबारमा मलाई पक्रेर लगे । तीन वर्षको जेलजीवन बिताउन अहिले म बाध्य छु ।
ज्योतिषीको कुरा काट्दै एकजना आस्थाको बन्दीले भने– ग्रहदशा जस्ता भूmटोको जाल बिछाएर समाजमा अन्धविश्वास पैmलाएर मानिसहरूलाई ठग्दै आएका ज्योतिषीहरूलाई आप्mनै भविष्यबारे थाहा हुँदैन । पीपलमा जल चढाएर वा पूजापाठ गरेर धन हुने भए, मानिसको आर्थिकरूपमा कायापलट हुने भए जजमानको हातको रेखा हेर्न न्युरोडको पेटीमा धूवाँ धूलो खाएर दुई छाक टार्न ग्रहदशा हेर्ने भन्दै ठग ज्योतिषीहरू किन दिनभरि बस्थे ?
प्रगतिनगर–३, वीरगंज