बासुदेवलाल दास
प्राध्यापक, इतिहास विभाग
ठाराब क्याम्पस, वीरगंज
गताङ्कको बाँकी...
विष्णुपुराण, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थहरूमा भगवान् श्रीकृष्ण तीनपटक मिथिला क्षेत्रमा आएका वर्णन गरिएको पाइन्छ । यस्तै, परवर्तीकालमा भगवान् बुद्ध र भगवान् महावीर अनेकपटक मिथिलामा आएका थिए भन्ने जानकारी तत्कालीन साहित्यहरूको अध्ययनबाट पाइन्छ । जैन धर्मका एक्काइसौं तीर्थङ्कर नमिनाथको जन्म मिथिलामा नै भएको तथा चौबीसौं तीर्थङ्कर भगवान् महावीर पनि आप्mना ६ वटा वर्षाबास (वर्षा–ऋतुको समय) मिथिलामा नै बिताएका थिए भनी उल्लेख पाइन्छ । यस्तै, बौद्ध–साहित्य अन्तर्गत मानिएका जातक भनिने ग्रन्थहरूमा मिथिलाको वर्णन पाइन्छ । यीमध्येका महाजनकजातक, निमिजातक, महानारदकस्सपजातक तथा महाउम्मगजातक सदृश ग्रन्थहरू भने पूर्णतः मिथिलासम्बन्धी विषयवस्तुमाथि नै आधारित रहेका छन् । विक्रम संवत्को सातौं शताब्दीमा मानिएका लेखक वराहमिहिरकृत बृहत्संहिता ग्रन्थमा विदेहको उल्लेख पूर्वीय क्षेत्रका जनपद र नगरहरूको सूचीमा गरिएको छ भने यसमा मिथिलाको उल्लेख पनि रहेको छ । त्यस्तै, दण्डी कृत दशकुमारचरित ग्रन्थमा विदेह र मिथिला दुवैको चर्चा गरिएको पाइन्छ ।
यस्तै, यस भूभागको लागि अर्को प्रचलनमा रहेको नाम हो तिरहुत । यो नामबाट अद्यापि भारतको बिहार राज्यको प्रशासनिक एकाइको रूपमा एउटा प्रमण्डलको नाम विद्यमान रहेको छ । तिरहुत शब्द तीरभुक्ति शब्दको परिवर्तित स्वरूप हो । तीरभुक्तिको “तीर” शब्दबाट नदी–तट एवं “भुक्ति” शब्दबाट प्रान्त वा क्षेत्रको बोध हुन्छ भनी विद्वान्हरू भन्ने गर्दछन् । बृहद्विष्णुृपुराण ग्रन्थको मिथिला–खण्डमा यस क्षेत्रमा प्रवाहित अनेक नदीहरूका नाम उल्लेख गरिएका छन्, जसबाट यो क्षेत्र नदी–तटहरूले परिपूर्ण रहेको थियो भनी मान्यता रहेको देखिन्छ । यसरी मिथिला क्षेत्रको लागि तीरभुक्ति
(तिरहुत) नाम चरितार्थ हुन आउँछ । ईसाको पाँचौं शताब्दीपछिको मानिने उपर्युक्त बृहद्विष्णुपुराण ग्रन्थमा उत्तरमा हिमालयदेखि दक्षिणमा गङ्गा नदीसम्म तथा पूर्वमा कोशी नदीदेखि पश्चिममा गण्डकी (सदानीरा वा नारायणी) नदीसम्मका बीचको भूभागलाई “तैरभुक्ति” भनिएको छ । अहिलेसम्ममा भएको अनुसन्धानको आधारमा भनिन्छ कि भारतवर्षको इतिहासमा ईसाको चौथो शताब्दीतिरको कालखण्डमा रहेको गुप्तवंशको शासनकालको अवधिदेखि नै यस भूभागका लागि तीरभुक्ति शब्दको प्रचलन देखा पर्दछ । भारतको बिहार राज्यको वैशाली जिल्लामा पर्ने बसाढ क्षेत्रमा सन् १९०३ ई.मा उत्खनन कार्य गराउँदा गुप्तकालीन चौथो शताब्दी ईसवीयका केही छापहरू प्राप्त भएका थिए, जसमा तीरभुक्ति शब्द उत्कीर्ण थियो । ईसाको आठौं शताब्दीका वामन नामक लेखकले आप्mनो कृति लिङ्गानुशासन ग्रन्थमा तीरभुक्ति शब्द प्रयोग गरेका छन् । ईसाको १२हौं शताब्दीका मानिएका पुरुषोत्तमदेवद्वारा रचित त्रिकाण्डशेष ग्रन्थमा तिरहुत शब्दको उल्लेख विदेह अथवा वैदेह शब्दको पर्यायवाची शब्दको रूपमा गरिएको पाइन्छ । वैशाली क्षेत्र पनि तीरभुक्ति अन्तर्गत नै रहेको कुरा १२हौं शताब्दीको एउटा अभिलेखबाट समेत थाहा पाइन्छ । यसरी नै १४धौं शताब्दी ईसवीयको मानिएको, जिनप्रभसूरिद्वारा रचित विविधतीर्थकल्प नामक जैन–ग्रन्थमा तीरभुक्ति शब्दको प्रयोग भएको छ । भारतको बिहार राज्यको मुजप्mफरपुर जिल्लामा पर्ने कटरागढ निकटको चामुण्डा–स्थानबाट प्राप्त ताम्रपत्रमा गुप्तवंशका परममाहेश्वर रामगुप्तका पुत्र कामेश्वर जीवगुप्तद्वारा ग्राम–दान दिइएको विषय उल्लेख भएको छ । यस ताम्रपत्रमा यस क्षेत्रको नाम तीरभुक्ति रहेको पाइन्छ । यसरी नै पालवंशका शासक विग्रहपालको वनगाँवबाट प्राप्त ताम्रपत्रमा तथा नारायणपालको भागलपुरबाट प्राप्त ताम्रपत्रसमेतमा यस क्षेत्रलाई तीरभुक्ति भनिएको छ । तिब्बतबाट आएका बौद्ध तीर्थयात्री धर्मस्वामीले १३हौं शताब्दी ईसवीयमा तिरहुतका राजा रामसिंहदेवसित राजधानी सिम्रौनगढमा भेट गरेका थिए । मैथिलीका कविकोकिल महाकवि विद्यापतिले आप्mना कीर्तिलता र पुरुषपरीक्षा जस्ता ग्रन्थहरूमा यस क्षेत्रका लागि तिरहुति (तिरहुत) शब्दको प्रयोग गरेका छन् । त्यस्तै, मिथिलाका ओइनवार वंशीय राजा लक्ष्मीनाथदेव
(कंसनारायण)द्वारा स्थापित सन् १५१३ ई.को शिलालेखको छन्द सङ्ख्या ६ मा तीरभुक्ति शब्द प्रयोग भएको छ । यो शिलालेख भारतको बिहार राज्यको मधुबनी जिल्लामा पर्ने भगीरथपुर गाउँनिकट एउटा खेतमा सन् १९५४ ई.मा पाइएको थियो । भारतमा मुगलकालीन शासकहरूले तिरहुत शब्दको नै उल्लेख गरेका छन् । प्रसिद्ध मुगल शासक बाबरको विवरणीमा तिरहुतको चर्चा गरिएको छ । त्यस्तै, अबुल फजल कृत अकबरनामा ग्रन्थमा तिरहुत–सरकारको उल्लेख भएको छ । नेपालको इतिहासमा अत्यन्त महŒवपूर्ण स्थान ओगट्ने ग्रन्थ गोपालराजवंशावलीमा पनि तिरहुतिया शब्दको व्यवहार गरिएको पाइन्छ । यसैगरी, यस सन्दर्भमा यहाँ यो पनि उल्लेखनीय रहेको छ कि यस भूभागमा प्रचलित लिपिलाई “तिरहुता–लिपि” भनिन्छ तथा यस क्षेत्रमा गाइने लोकगीतमा प्रचलित एउटा रागको नाम नै “तिरहुत–राग” रहेको छ । वर्तमान नेपालको धनुषा जिल्लामा स्थित प्रसिद्ध तीर्थस्थल जनकपुरधाम अन्तर्गत एउटा क्षेत्रविशेषको नाम “तिरहुतिया–गाछी” भनेर प्रसिद्ध रहेको छ ।
यस भूभागका लागि ईसवीय सन्को आरम्भिक समयदेखि नै तिरहुत शब्दको प्रयोग हुँदै आएको भए तापनि मिथिला शब्दको प्रयोग पनि साथसाथै भएकै पाइन्छ । यस क्षेत्रमा सन् १०९७ ई.मा कर्णाटवंशको शासन स्थापना गर्ने शासक नान्यदेवले तयार पारेका भरतनाट्यशास्त्र विषयक टीकाग्रन्थमा आप्mनोविरुद्धमा “मिथिलेश्वर”, “मिथिलेश” जस्ता शब्दहरू प्रयोग गरेका छन् । ईसवीय सन्को १२हौं शताब्दीका बङ्गालका शासक बल्लालसेनले सम्पादन गरेका अद्भुतसागर ग्रन्थमा आप्mनोविरुद्धमा “मिथिला महीमहेन्द्र...” भनेर उल्लेख गरेका छन् तथा उनीद्वारा अधिकृत भनिएका पाँचवटा प्रदेशहरूमा मिथिलाको नाम पनि रहेको छ । यस्तै, कर्णाटवंशीय अन्तिम शासक हरिसिंहदेव (सन् १३०७–१३२४ ई.)को शासनकालमा महामहत्तक गणेश्वर ठाकुरद्वारा रचित सुगतिसोपान ग्रन्थमा “मैथिल भूमिनाथ पतिभिः” जस्ता शब्दावलीको प्रयोग भएको छ । यसरी नै ईसवीय सन्को १४धौं शताब्दीमा ओइनवार वंशीय ब्राह्मण कामेश्वर ठाकुरलाई तिरहुतको शासनाधिकारको पट्टा दिइएको थियो । यिनको विषयमा वर्धमान रचित कृति गङ्गाकृत्यविवेक ग्रन्थमा “कामेशो मिथिलामशासत” अर्थात् “कामेश्वरले मिथिलाको शासन गरे” भनी उल्लेख गरिएको पाइन्छ । मैथिली भाषाका कविकोकिल महाकवि विद्यापति लिखित पुरुषपरीक्षा ग्रन्थमा “मिथिलाका कर्णाटकुलका नान्यदेव राजा” भनी उल्लेख रहेको छ । यस ग्रन्थमा अनेक स्थानमा मिथिला शब्दको प्रयोग पाइन्छ । विद्यापतिका अनेक गीत तथा पदहरूमा पनि मिथिला शब्द पाइन्छ । अर्कोतिर, यस भूभागका निवासी ब्राह्मणलाई “मैथिल–ब्राह्मण” भनिन्छ, जुन भारतवर्षमा निवास गर्ने दश प्रकारका ब्राह्मणहरूमध्येका एउटा हुन् । यस्तै, यस क्षेत्रमा प्रचलित भाषालाई पहिले “मिथिला भाषा” भनिन्थ्यो, जसलाई अहिले “मैथिली भाषा” भनिन्छ । कवीश्वर चन्दा झा
(सन् १८३१–१९०७ ई.)द्वारा रचित मैथिली भाषामा लेखिएको रामायण ग्रन्थको शीर्षक “मिथिला भाषा रामायण” रहेको छ । यसरी नै यस भूभागमा प्रचलित पञ्चाङ्गलाई “मिथिलादेशीय–पञ्चाङ्ग” भनिन्छ । यस प्रकार निष्कर्षको रूपमा भन्न सकिन्छ कि यस क्षेत्रको भूभागलाई अभिहित गर्न विदेह, तीरभुक्ति (तिरहुत) तथा मिथिला–यी तीनवटै संज्ञा प्रयुक्त रहेका देखिन्छन् । समाप्त