प्रस, वीरगंज, १३ मङ्सिर/
विजामद्वारा नारायणी अस्पतालमा सञ्चालित एआरटी सेन्टर र अमेरिकी हेल्थ केयर फाउन्डेशनको आयोजनामा एचआइभी एड्सको अवस्थाबारे अन्तत्र्रिmया कार्यक्रम भएको छ । नारायणी अस्पतालको हलमा सम्पन्न अन्तत्र्रिmयामा डा अतुलेशकुमार चौरसियाले सीमा क्षेत्रमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेकोले यसतर्पm सरोकारवाला संस्थाहरू सचेत हुनुपर्नेमा जोड थिए । उनले सङ्क्रमितको सङ्ख्या नियन्त्रणका लागि सबै उपायको सचेत तरीकाबाट अवलम्बन गर्न आग्रह गरे ।
कार्यक्रममा एड्स हेल्थ केयर फाउन्डेशनका जिल्ला प्रतिनिधि आशीष गुरागाईंले हालसम्म २७८ जना पुरुष, ४२४ जना महिला, २२ जना तेस्रोलिङ्गी तथा ५१ जना बालबालिका गरी ७७५ जनाले एआरटी सुविधा लिंदै आएको बताए । उनले ८९ जना पुरुष, १३७ महिला, २ जना तेस्रोलिङ्गी र २० जना बालबालिकाले नारायणी अस्पतालबाहेक अन्य जिल्लाबाट सेवा पाइरहेको जानकारी गराएका थिए । उनले अस्पतालबाट एआरटी सेवा लिनेमा ग्रामीण क्षेत्रबाट ४९ जना सम्पर्कमा रहेको बताए ।
कार्यक्रममा डा मनोज गुप्ता, वीरगंज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख अरुणकुमार महतो, विजामका अनुमगन तथा मूल्याङ्कन अधिकृत नीरज साह, नेपाल आराधना समाज, बारा प्लस, सहयात्री समाजलगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।