प्रस, वीरगंज, १२ मङ्सिर/
बहुदरमाई नगरपालिका–२ का बासिन्दाले वडा समितिको कार्यालयमा बिहीवार दिउँसो तालाबन्दी गरेका छन् । नपाको वडा नं. २ र ३ पर्ने पिपरा गाउँको उत्तरपट्टि बग्ने नहर (टर्सरी) केही वर्षदेखि पुरिएको र नहर खन्न नपाले कुनै वास्ता नगरेपछि आक्रोशित गाउँलेहरूले वडासमितिको कार्यालयमा गई तालाबन्दी गरेका हुन्।
यस विषयमा ६ महीनाअघि नपा तथा वडा कार्यालयमा स्थानीयवासीले निवेदन दिंदा वडा कार्यालय तथा नपाले कुनै सुनवाइ नगरेपछि डेलिगेशन लिएर पुगेको समूहलाई वडाध्यक्ष जितेन्द्र पटेलले अहिले म केही गर्न नसक्ने अवस्थामा रहेको तथा तपाईंहरूले जे गर्नुछ गर्नुस् भनेपछि आक्रोशित भीडले उनको कार्यालयमा तालाबन्दी गरेको थियो।
तालाबन्दी गर्न पुगेका गाउँलेहरूले सोही बखत बहुदरमाई नपामा पुगेर नपाको कार्यालयमा पनि नहर खन्न निवेदन दिएका छन्। पिपराका बासिन्दा तथा राजपाका महासचिव शिव पटेलको नेतृत्वमा गएको टोलीले नपाका नायब सुब्बा रामबाबू प्रसादलाई निवेदनपत्र दिएको थियो। गाउँको नाला मिसिने उक्त नहर तिलावे खोलामा पुग्छ। जसले गर्दा गाउँको पानीको निकास हुन सकेको छैन। अहिले सो नहर पुरिएपछि गाउँको नालाको पानी गाउँमा जम्मा हुन थालेपछि गाउँलेबीच तनाव हुन थालेको छ। सोहीक्रममा गाउँका दुई पक्षबीच नालाको पानीको विषयलाई लिएर झगडा हुँदा गाउँलेहरू भेला भई नहर खनेर पानी निकास गर्नुपर्ने मागसहित वडा कार्यालय र नपामा पुगेका थिए।