$type=ticker$count=12$cols=4$cate=0

कारागारभित्र महिला कैदीबन्दीहरू छठव्रतको तयारीमा

SHARE:

विमला गुप्ता, वीरगंज, १४ कात्तिक/
    तराई–मधेसको ठूलो चाडको रूपमा मानिने छठपर्वको लागि वीरगंज कारागारमा रहेका ३५ जना बर्तालु महिला कैदीबन्दीहरू व्रतको तयारीमा जुटेका छन् ।
    विभिन्न मुद्दामा सजाय भोगिरहेका बर्तालु कैदी महिलाहरू अहिले छठको तयारीमा निकै नै व्यस्त भएका छन् । परिवारबाट कोही भेट्न नआए पनि पति, सन्तानलगायत घरपरिवारको सुखशान्तिको कामना गर्दै उनीहरू छठ परमेश्वरीको आराधना गर्दैछन् । यता बर्तालु कैदीबन्दीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै वीरगंज कारागारले पनि उनीहरूको पूजा व्यवस्थापनमा सहयोग पु¥याएको छ ।
    विभिन्न अपराधमा सजाय भोगिरहेका महिला कैदीहरूको मनमा छठी माताको प्रकोपको अलग डर समाएको छ । पूजाको विधिमा कुनै गल्ती गरे छठीमाईले तुरुन्तै दण्ड दिने जनविश्वासको कारण कैदीजीवन भोगिरहेका बर्तालु महिलाहरू ससाना गल्तीहरूबाट पनि जोगिन खोज्दैछन् । अरू समय बर्तालु कैदी महिलाहरू जुनसुकै अवस्थामा बसे पनि अहिले भने आआप्mनो शारीरिक सफाइदेखि लिएर कारागारको सरसफाइमा विशेष ध्यान पु¥याइरहेका छन् ।
    शुद्धता र पवित्रताको प्रतीकको रूपमा मनाइने छठ व्रतको मुख्य प्रसाद ठेकुवा, खीर र पुडी हो, जसलाई तयार गर्नका लागि महिला कैदीबन्दी बस्ने कारागारभित्रको आँगनमा लस्करै माटाका चुलाहरू सुकाइएका छन् । एकरूपले बनाइएका माटाका चुल्हो हेर्दा आकर्षक देखिन्छन् र चुलोमार्पmत् छठीमाईप्रति उनीहरूको आस्था, भाव र श्रद्धा झल्किन्छ । छठ व्रत एक पूजाको रूपमा नभई कठिन तपस्याको रूपमा मनाइन्छ । जस कारण फरकफरक समुदायबाट आएका ती महिला कैदीबन्दीहरूले आआप्mनो लागि छुट्टाछुट्टै चुलो बनाएका छन् । चुलोको लागि चाहिने पहेंलो माटो भने कारागार प्रशासनले नै उपलब्ध गराइदिएको छ ।
    कैदीजीवन बिताइरहेकी पर्सा नितनपुरकी ४५ वर्षीया प्रभावती देवी विगत २० वर्षदेखि छठको व्रत बस्छिन् । लागूऔषधको मुद्दामा पक्राउ परेकी उनी विगत १४ वर्षदेखि वीरगंज कारागारभित्रै छठको व्रत गर्दै आएकी छन् । दुई सन्तानकी आमा प्रभावती भन्छिन्–“जीवनमा आपूmले जुनसुकै परिस्थितिमा गल्ती गरे पनि आप्mनो सन्तान सही काम गरोस् भनेर छठीमाईसँग बिन्ती गर्छु । आपूmलाई व्रतको खर्च र लत्ताकपडा दिन घरपरिवारबाट कोही नआए पनि उनीहरूको सुखशान्तिको लागि व्रत गरिरहन्छु ।”
    घरपरिवारकै सुखशान्तिको लागि व्रत गरेपनि परिवारजन भेटघाट तथा खर्च दिन नआउँदा आपूmहरू सीपमूलक तालीमबाट आएको रुपैयाँलाई व्रतको समयमा खर्च गर्ने बताउँछिन् कैदी गीता कुशवाहा । कैदी कुशवाहाका अनुसार कारागारले पनि चाहेको सामानको व्यवस्था मिलाइदिंदा आपूmहरूलाई सहज भएको हो । यता विगत दुई वर्षदेखि कैदी जीवन बिताइरहेको बाराकी निजगढ निवासी गौरी थापा कारागारमा आएर छठ व्रतको सुरुआत गरेको बताउँछिन् । छठ व्रतको बारेमा खासै जानकारी नभए पनि अन्य बर्तालुहरूको आस्था देखेर आपूmले पनि सुरुआत गरेको उनले बताइन् । थापा भन्छिन्– “म निर्दाेष छु र अब आपूm कारागारभित्र रहेकोले सही न्याय पाउनको लागि यस व्रतको सुरुआत गरेकी हुँ ।” पतिले पठाइदिएको रुपैयाँले कारागारका चौकीदारमार्पmत् उनले पूजाका सामग्री मगाउने गर्छिन् । अन्य सामग्री खरीदमा पनि चौकीदारले सहयोग गरिदिने गरेको बर्तालु महिलाहरूको भनाइ छ ।
    कारागारभन्दा बाहिर विभिन्न आपराधिक गतिविधि गरेर कैदीजीवन बिताइरहेका अपराधीहरू छठ पर्वको अवसरमा एकापसमा मिलेर सहयोग गर्छन् ।
    पुरुष कारागार परिसरभित्र नै सानो पोखरी भएकोले भगवान् सूर्यलाई अघ्र्य दिनका लागि छठको अवसरमा महिला कैदीहरूलाई सो क्षेत्रभित्र पूजा अवधिभरि जाने व्यवस्था मिलाइन्छ ।
    पोखरीको सफाइ तथा सजावटमा प्रत्येक वर्षभैंm यस वर्ष पनि आन्तरिक प्रशासन अन्तर्गत रहेका चौकीदार, नाइके तथा पुरुष कैदीबन्दीहरूले सहयोग गरिदिएका छन् ।
    निकै नै खर्चिलो मानिने छठ व्रतको तयारीका लागि कारागारको पहलमा वीरगंजका विभिन्न दातृ निकाय तथा सङ्घसंस्थाहरूले सहयोग गर्ने गरेको कारागार प्रमुख श्रवणकुमार पोखरेलले बताए । चाडपर्व मनाउनका लागि नेपाल सरकारबाट आएको ३ सय रुपैयाँ प्रत्येक कैदीबन्दीहरूले पाएको उनले बताए । सङ्घसंस्थाहरूले पनि नयाँ कपडा, गहुँ, बाँसको डाला, नाङ्गलो, सुपलीलगायत अन्य सामग्री सहयोगबापत प्रत्येक वर्ष ल्याइदिने गरेको कारागार प्रमुख पोखरेलको भनाइ छ । यस वर्ष कपडाको व्यवस्था ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंजले गरेको छ भने अन्य सामग्री सहयोगबापत पाउने आशमा कारागारभित्रका बर्तालुहरू पर्खाइमा छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कारागारभित्र महिला कैदीबन्दीहरू छठव्रतको तयारीमा
कारागारभित्र महिला कैदीबन्दीहरू छठव्रतको तयारीमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghkIGLNdZ8zqhWtA9Rl5tBKYxMnu9RpayPLenqADIf8svYYHpJoIox8ZqlQDPI_C6SH-jxMnxxyaEE7FTsjq-1Hc746afScOl3oxWPm6JNsX_UsqypWX64StfNSZ1bus3e45UhokKsnbbj/s640/chhat+puja.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghkIGLNdZ8zqhWtA9Rl5tBKYxMnu9RpayPLenqADIf8svYYHpJoIox8ZqlQDPI_C6SH-jxMnxxyaEE7FTsjq-1Hc746afScOl3oxWPm6JNsX_UsqypWX64StfNSZ1bus3e45UhokKsnbbj/s72-c/chhat+puja.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/10/blog-post_929.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/10/blog-post_929.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy