सञ्जय साह मित्र
तराई–मधेसमा मनाइने वर्षभरिका चाडपर्वहरूलाई व्यावहारिकताको दृष्टिकोणले हेर्ने हो भने ती पर्वहरू जीवित छन्, जसको आर्थिक सम्बन्ध समाजमा बलियो भएर आयो । जुन पर्वको आर्थिक सम्बन्ध कमजोर भयो, बिस्तारै लोप हुँदै गयो । यस अर्थमा चाडपर्वको जीवन अर्थसँगसमेत जोडिएको हुन्छ । हामीकहाँ मनाइने अधिकांश पर्व आस्थासित जोडिएका छन् । आस्थासित जोडिएका, धर्म–कर्मसित गाँसिएका तथा अन्धविश्वासले भरिएका चाडपर्वहरूमात्र हाम्रो समाजमा छ भन्ने एकथरीको मत र हाम्रा अधिकांश चाडपर्वको बाह्य स्वरूप धार्मिक वा आध्यात्मिक वा अन्धविश्वासयुक्त जुन कुनाबाट हेरिन्छ, त्यस्तै देखिने प्रकृतिको रहे पनि अन्तरमा भने वैज्ञानिकता रहेको अर्कोथरीको मत छ । चाडपर्वको आप्mनै सौन्दर्य हुन्छ । यही सौन्दर्यले सामान्यरूपमा समाजलाई डो¥याइरहेको हुन्छ तथा समाजसित अनेक किसिमले सम्बन्ध बढाइरहेको हुन्छ । तर चाडपर्वमाथि आर्थिक पक्ष हावी हुन थालेदेखि यसको सम्पूर्ण प्रकृतिमाथि प्रभाव जमाउँदै गएको देखिन्छ । यसैले आर्थिक सम्बन्ध कमजोर बनाउँदै जाने पर्वहरू लोप हुँदै गए । हामीबाट के कस्ता पर्व लोप भए भन्ने यकीनसाथ अहिले भन्न सकिने अवस्थै छैन ।
साँच्चीकै भन्ने हो भने हाम्रो समाजमा स्वाभाविकरूपमा प्रचलनमा रहेका चाडपर्वमध्ये ऐतिहासिक महŒवका निकै कम छन् । अझ आप्mनो ठाउँको इतिहाससँग सम्बन्धित पर्वहरू निकै कम छन् । देशको राजनैतिक इतिहासमा अहम् भूमिका निर्वाह गरेका स्थानीय घटनाहरूले पनि चाडपर्वको रूपमा स्थान नपाउनुमा देशको राजनीतिक अस्थिरतामात्र दोषी हुन सक्दैन । स्थानीयतालाई कहिल्यै महŒव नदिएको राजनैतिक संरचना तथा शासकहरूको एकात्मक सोचसमेत जिम्मेवार रहेका छन् । इतिहासलाई राम्ररी नियाल्ने हो भने विजेताहरूले आप्mनो अनुकूल संस्कृति भएन भने तत्काल हस्तक्षेप गर्ने तथा चाडपर्वमा आफ्नो भूमिका तथा स्थान खोज्ने गरेको पाइन्छ । यस प्रवृत्तिले अहिले पनि बलियो स्थान जमाउन थालेको छ । यसैको प्रतिफल हो कि स्थानीय चाडपर्व, संस्कृति तथा अन्य सम्पदामाथि स्थानीय सरकारको ध्यान जान सकेको छैन । स्थानीय चाडपर्वलाई अब केन्द्रले भन्दा स्थानीय सरकारको डर बढ्दै गएको छ ।
चाडपर्वमा समाज आप्mनै किसिमले चलायमान बन्दछ । शिक्षा, सञ्चार तथा अन्यत्रको सम्बन्धले चाडपर्वको स्वाभाविक गतिलाई प्रभावित पारेको त छ नै, तर कतिपय चाडपर्वप्रति आकर्षण बढेको पनि छ । हाम्रा चाडपर्वमध्ये जसमा सामूहिक वा सार्वजनिक मनोरञ्जनात्मकता छ, जसमा एकअर्कासित मिलेर मनाउन सक्ने गुण छ, जसमा भौतिक चीजबीज वा भावना वा अर्थको लेनदेन तथा आदानप्रदानको प्रचलन छ, जसमा एकभन्दा बढी व्यक्ति वा परिवारसित भेटघाटको अवसर छ यस्ता चाडपर्वले आधुनिकता तथा हरेक परिवर्तनलाई स्वीकार गर्दै अगाडि बढेको देखिन्छ । अझ आर्थिक कारोबार हुने, एक पर्वले एकभन्दा बढी परिवारको गुजारामा केही सहयोग पुग्ने तथा धेरैलाई आप्mनोपनको अनुभूति गराउने क्षमता छ, त्यस्ता चाडपर्वहरूले निरन्तर विस्तार पाइरहेका छन् । समाजलाई जोड्ने, नयाँ सम्बन्धको खोजी गर्ने, सम्बन्धहरूको सञ्जाल स्थापित गर्ने र आप्mनो परम्परामा आधारित भएर नवीनता ल्याइरहने चाडपर्वहरूको विस्तार भइरहने कुरामा विश्वस्त हुन सकिन्छ ।
वर्षभरिमा चाडपर्वमा मात्र अधिकांश परिवारका सदस्यहरू एकै ठाउँ भेला हुन्छन् । कतिपय अवस्थामा भेला हुनु अनिवार्यता हुन्छ, कतिपय बाध्यता वा कतिपय स्वाभाविकताले पनि जम्मा हुन्छन् । भेला हुनुपर्नेहरूबीच यदि मनोमालिन्य छ भने यस्तो भेला यान्त्रिक पनि हुन सक्छ । यान्त्रिकताले चाडपर्वको आत्मामा आघात पु¥याउँछ । चाडपर्वमा आघात पर्ने किसिमको यान्त्रिक भेलामा सहभागी हुनुभन्दा नहुनु राम्रो । देखावटीपनले चाडपर्वलाई कमजोर बनाउँछ । बरु मनोमालिन्य पन्छाएर एक ठाउँमा भेला हुनुपर्छ । सकेसम्म चाडपर्वलाई मनभित्रको नकारात्मक ऊर्जा हटाउन उपयोग गर्नुपर्दछ । कुनै निश्चित घटना, कुनै निश्चित कारणले चाडपर्वको माध्यमले सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने तथा आगामी पुस्तालाई पनि नकारात्मक सन्देश गरी प्रभावित हुने काम हामीबाट हुनुहुँदैन भन्नेतिर पनि ध्यान दिनु आवश्यक हुन्छ । चाडपर्व आप्mनो अर्थात् वर्तमान पुस्ताको मात्र सम्पत्ति होइन, भविष्यको निधि पनि हो ।
कुनै पनि समाजमा प्रचलनमा रहेको सबैभन्दा ठूलो चाडको बेला परिवारबाहिर, घरबाहिर तथा देशबाहिर रहेका मानिसहरू आइपुग्छन् । घर–परिवारमा, समाजमा तथा देशमा एक किसिमको अलग्गै उत्साह हुन्छ । समाजमा सम्मिलन हुन्छ । परिवारमा पनि मिलनको माहौल हुन्छ । पहिले घरपरिवारबाट बाहिर गएर काम गर्ने त्यत्ति चलन थिएन तर आजभोलि घरपरिवारभन्दा टाढा गएर काम गर्ने प्रवृत्तिको विकास भइसकेको छ । पहिले सगोलमैं हुँदा पनि चाडपर्वले नौलो मिठास दिन्थ्यो । नयाँ लुगा तथा मीठा र सर्वोत्कृष्ट भोजनले घरपरिवारमा साँच्चै उत्साह थप्थ्यो । अहिले विभिन्न कारणले कामको खोजी तथा अध्ययनको क्रममा बाहिर जाने चलन बसेको छ । पहिलेको तुलनामा चाडपर्वकै बेला घरबाहिर रहेकासित भेट हुने अवसर हुने गरेको छ ।
संस्कृति नै चाडपर्व त होइन, तर चाडपर्व चाहिं संस्कृतिको एउटा महŒवपूर्ण अङ्ग अवश्य हो । हाम्रो घर–आँगनमा मनाइने चाडमा पारिवारिक मिलन, समाजका सदस्यहरूसँग भेटघाट तथा पारस्परिक अन्तक्र्रिया पनि संस्कृति बनिसकेको छ । यी चाडपर्वका अनेक उपसंस्कृतिहरूले पनि समाजलाई गति दिन निकै सहयोग गर्दछ । विभिन्न किसिमका समाजबाट चाडपर्वको समयमा आएका व्यक्तिहरूले एकअर्कालाई अनुभव सुनाएर समाजमा सकारात्मक परिवर्तनको लागि प्रयास गर्दछन् । समाजमा सकारात्मक परिवर्तन नै चाहिएको हो । यस किसिमको सबै परिवर्तनको चाहना एकैपटक पूरा हुन सम्भव हुँदैन, तर समाजमा बिस्तारै परिवर्तन आएकै हो । परिवर्तनमध्ये केही सकारात्मक तथा केही नकारात्मक छन् । यद्यपि समाजमा सकारात्मक परिवर्तन होस् भन्ने सबैको चाहना हुन्छ । घर वा समाजमा बाहिरबाट आएका मानिस चाहिं आप्mनै खाले समाजमा हुर्केका हुन्छन् । विगत बुझेका, वर्तमानलाई राम्रोसँग देखेका तथा बाहिर बस्ने हुँदा त्यहाँको स्थिति पनि राम्ररी नियालेको हुनाले भविष्यको विषयमा चिन्ता गर्नुलाई स्वाभाविक मान्नुपर्दछ । चाडपर्वले गर्ने सामाजिक अन्तक्र्रियाले केही हदसम्म भए पनि समाजलाई प्रगतिको बाटोमा डो¥याउन सजिलो हुन्छ । समाजलाई प्रगतिको बाटोमा डो¥याउने अन्तक्र्रियात्मक उपायले उत्साह जगाउनुलाई पनि उचित मान्नुपर्दछ ।
सत्य हो कि रुचि, चाहना, अवस्था, दक्षता र क्षमता अनुसार चाडपर्व सबैले मनाउँछन् । चाडपर्वमा पनि व्यक्तिको निजत्वले ठूलो महŒव राख्दछ र ठूलो प्रभाव पनि पार्दछ, तर सामाजिकता यसको विशिष्ट पक्ष हो । आवश्यक देखेपछि सहयोग गर्न समाजका सदस्यहरू आफैं पनि अघि सर्दछन् । कसैलाई के कुराको आवश्यकता छ भनेर कतैबाट आधिकारिकरूपमा आयो वा सहयोगको लागि कसैलाई भन्यो भने धेरैतिरबाट सहयोगको वातावरण बन्दछ । सहयोग गर्न उत्सुक सामाजिक अवस्था बन्दै गएको छ, सहयोग गर्न पाउँदा खुशी हुने सामाजिक वातावरण बनेको छ । चाडपर्वमा सबैतिरका मानिसमा सहयोगको भावना हुन्छ । यो पनि चाडपर्वको व्यावहारिक पक्ष हो । चाडपर्व धेरै किसिमले महŒवपूर्ण हुन्छ । सामाजिक महŒव यसको विशिष्ट पक्ष हो । यदि कसैले हाम्रो चाडपर्वलाई अन्धविश्वास भन्दछ भने उसले न समाजलाई बुझेको हुन्छ, न चाडपर्वलाई । हाम्रा चाडपर्वहरू विश्वसनीय सामाजिक व्यवहारका स्पष्ट उदाहरण हुन् । जीवन्त सामाजिक सम्बन्धले हाम्रो चाडपर्वलाई अझ अर्थपूर्ण बनाइरहेको छ ।