–वैद्यनाथ ठाकुर
चियापसलमा एक ग्राहकले अलिक झोक्किंदै भने– हैन, आप्mनो श्रीमती हुँदाहुँदै दिउँसै अर्काको श्रीमती ताक्ने मान्छेलाई पनि कामरेड भन्न कसरी मिल्छ ? यो त अति नै भयो बाबै...।
अर्काेले जवाफ दियो– आपूmलाई कम्युनिस्ट बताउने तर घरमा रुद्री पाठ लगाउने, पाँचपटक प्रत्येक दिन मस्जिदमा नमाज पढ्न जाने, धार्मिक चाडपर्व धूमधामले मनाउने, ग्रहदशा काट्न विभिन्न धार्मिक अनुष्ठान गर्नेलगायतका अन्धविश्वासले भरिएको आध्यात्मिक पाटोमा रमाउनेहरू यतिबेला विभिन्न कम्युनिस्ट पार्टीका सेल कमिटीदेखि केन्द्रीय कमिटीसम्म भरिएका छन् । यस्तो कम्युनिस्टहरूसँग अरू के राम्रो कुराको आश गर्ने ?
तेस्रो ग्राहकले भने– जनताको सेवा तथा देश विकासको नाममा व्यापक कमिशनखोरी तथा भ्रष्टाचार गर्नेहरू जब एक नम्बरका कम्युनिस्ट हुन सक्छन् भने ती बिचराहरूलाई के दोष दिने ?
दुवैजना ग्राहकको कुरा काट्दै पसले साहुले भने– हेर्नुस्, यो कुरा कम्युनिस्ट, काङ्ग्रेस वा अरू कुनै पार्टीको होइन । सिद्धान्त जुनसुकै बोकेको किन नहोस् तर उसभित्र धन सम्पत्तिको लोभ छ भने ऊ बाहिरीरूपमा देखावटी जोगी हुन्छ तर भित्रीरूपमा सबैभन्दा ठूलो भोगी हुन्छ । इतिहास हेर्दा उनीहरू महान् त्यागी बलिदानी हुन्छन् तर वर्तमानमा पैतालादेखि टुप्पीसम्म भ्रष्टाचारमा डुबेका हुन्छन् । सम्पत्तिले नै मानिसहरूको महŒव (औकात) ठूलो वा सानो हुने राजनीतिक प्रणालीमा मानिसहरूको स्वभावमैं दुष्कर्म हुन्छ ।
प्रगतिनगर–३, वीरगंज