हिन्दूहरूको साझा चाडपर्व दर्शै बित्यो र दीपावलीपनि बितेको छ । अब, हिजोको दिनमा तराईमा मात्र मनाइने रअहिले देशभरि प्रायः स्थानमा मनाउन थालिएको, छठको रमझम शुरू भएको छ । उखरमाउलो गर्मीको अवरोह र चीसोको आरोहण हुने सन्धिबेलामा यी सबै चाडहरू मनाइनुले हामीमा जलवायुप्रतिको चासोलाई व्यक्त गर्दछ । जलवायुप्रति हाम्रो संवेदनशीलता कति गहिरो थियो भन्ने कुरा हाम्रा पुर्खाहरूले त्यसै बेला बुझेका थिए, जब जलवायुको प्रचण्डता अहिलेजस्तो थिएन । पहिले सम रहेको जलवायु अहिले विषम भएको छ, अहिले हामी बढी संवेदनशील हुनुपर्ने हो । तर अहिलेजति असंवेदनशील हाम्रो समाज कहिले थियोजस्तो लाग्दैन । किनकि चाडपर्वहरूको सरोकार जति मौसमसँग छ, त्यति अन्य कुनै कुरासँग छैन । धर्म, रीतिरिवाज, संस्कृति त पछि कालक्रममा जोडिंदै गएका हुन् । मानिस बाध्य हुन्छ भनेर चाडपर्वहरूमा धर्मको चास्नी हालेको मात्र हो । वस्तुतः धर्म भनौं वा चाडपर्वहरू सबैको उद्देश्य मानिसलाई सुखी जीवन बिताउने शैली छनोट मात्र हो । कसलाई के मन पर्छ सोही मार्गमा हिंडेर आपूmलाई सुखी र खुशी पार्न सकोस् ।
हिन्दू धर्म वर्णाश्रम व्यवस्थामा टिकेको जीवनशैली हो । यसको गहन महŒव छ । कालान्तरमा वर्णलाई जात मान्न थालेपछि यसमा विकृति र विसङ्गति उत्पन्न भएको हो । चार दिशा, चार आश्रम र चार कार्य–व्यापार । यसलाई नै समाजमा बलशालीअरूले आपूm अनुकूल व्याख्या गरे र आज हामी विभिन्न अबगालमा भासिन पुगेका छौं । शिक्षा, सुरक्षा, व्यापार र सेवाको क्षेत्रलाई जातीयतामा सीमित पारिदिने व्याख्याले लामो समयसम्म विडम्बना झाङ्गियो । आज यदि गहिरिएर हेरौं भने स्वयं रोजगारजति सबै सेवाको क्ष्Fेत्र हो । त्यसप्रति आज सबै लोभिएका छन्, तर त्यही सेवा गर्ने परम्परागत समुदायलाई भने आज पनि हेय ठानिरहेका छौं । चिकित्सक, वकील, कलाकार, परामर्शदाताहरूले गर्ने काम सेवा त हो नि, यो हेय भएन, तर शुद्र भनेर जसलाई हेय ठानियो तिनले के गर्छन् ? लोहार, कामी, दमाईले गर्ने काम पनि सेवा नै होइन र ? आज बुझाइको यो फरक मेट्नुपरेको छ । हामी मेट्ने क्रममा त छौं, तर मेट्ने इच्छाका साथ होइन, स्वार्थवश । द्यौसी–भैलो के हो ? हिजो समाजका ती वर्ग जसलाई हामी शुद्र भन्दथ्यौं, तिनलाई पुगिसरी नहुँदा घरघरमा गएर नाचगान गरेर सेलपुरी खाने, सिधा लिने परम्पराको नाउँ हो द्यौसी–भैलो । आज सम्भ्रान्तहरू पनि द्यौसी–भैलो माग्दै हिंड्छन् । यसमा बात लाग्ने कुरा छैन, तर जब तिनको परम्परा हामी अँगाल्छौं भने तिनलाई अँगाल्न किन सक्दैनौ, गाँठी कुरा यो हो ।
संस्कृति र रीतिरिवाजको प्रचार हुनु राम्रो हो । तर जसको संस्कृति र रीतिरिवाज हामी आत्मसात् गर्दछौं तिनको सम्मान नगर्नु चाहिं धृष्टता हो । यदि हिन्दू समाजमा रहेको सबैको कला–संस्कृति र परम्परालाई तथा तिनको संरक्षण गर्दै आएका सबै जातिलाई एक थलोमा गाभेर सबैमा समानताको सन्देश दिन सक्ने र सोही अनुरूप विनादुराग्रह परस्पर मिसिने हो भने एउटा अभेद्य पर्खाल बनाउन सकिन्छ, जसभित्र जस्तै बाह्य अतिक्रमण पनि निस्तेज हुन्छ । आज धर्म परिवर्तन चिन्ताको विषय बनेको छ, प्रायः हिन्दूहरू धर्मान्तरणतर्फ लागेका छन् । यसको मूल कारण समाजमा व्याप्त विसङ्गति नै हो । हामीले न हिजोजस्तो परम्परा कायम राख्न सक्यौं, न आज समयले मागेको सम्पूर्णताको भेउ पाउन सक्यौं । यी चाडपर्वहरूमा यस विषयमा चिन्तन गर्ने जमर्को गर्ने हो भने समाज शुद्धीकरणको मार्ग प्रशस्त हुनेछ ।