प्रस, वीरगंज, १३ कात्तिक/
तराईको मुख्य पर्व छठपर्वलाई मध्यनजर गर्दै श्रीसिया नदीको प्रदूषण रोक्न सांसद प्रदीप यादवको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको छ।
मेयर विजय सरावगी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रनाउ गौतम थापाको टोलीले बारा, पर्सा करिडोरमा रहेका उद्योगहरूलाई छठ अगावै फोहर पानी नदीमा विर्सजन नगर्न निर्देशन दिएका थिए । अनुगमनको क्रममा आठवटा उद्योगले सबैभन्दा बढी नदीलाई प्रदूषित गरेको र त्यसमा छाला उद्योग रहेकोले छाला उद्योगलाई तत्काल प्रदूषण विर्सजन नगर्न निर्देशन दिएका थिए ।
उद्योगको प्रदूषणको कारण श्रीसिया नदी निकै फोहर भएको र खोलाको पानी सफा बनाउन गृह कार्य भइरहेको अनुगमनको क्रममा सांसद यादवले बताए । पटक–पटक उद्योगीहरूलाई वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गर्न भनेपनि अटेर गरेकाले अब कुनै हालतमा नछाड्ने सांसद यादवले बताए । उद्योग स्थापना गर्दा स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएर सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराए पनि अहिलेसम्म उद्योगीहरूले अटेर गर्दैआएका छन् ।
छठ पर्वको समयमा मात्र पानी सफा भएर हुँदैन, श्रीसियामा सफा पानी बग्नुपर्छ, यसमा सबैजनाको सहकार्य आवश्यक रहेको सांसद यादवले बताए ।