प्रस, वीरगंज, १४ कात्तिक/
बर्सेनि छठको बेलामा गन्हाउने श्रीसिया नदी यसपटक पुनः छठकै बेलामा केही सङ्घसंस्था र व्यक्तिहरूलाई गन्हाउन थालेको छ ।
तीन दशकभन्दा लामो समयदेखि पर्सा, बाराको औद्योगिक प्रदूषणको शिकार भएको श्रीसिया नदी अहिलेसम्म छठको बेलामा मात्र गन्हाउँदै आएको छ । स्थानीय प्रहरी प्रशासनले पनि छठकै बेलामा श्रीसिया नदी प्रदूषणमुक्त गराउन पहल शुरू गर्छ भने सङ्घसंस्थाहरूलाई पनि छठअघि र पछि श्रीसिया नदी गन्हाउँदैन र त्यसविरुद्ध कुनै पहल पनि गर्दैनन् ।
गत वर्षको छठमा जिल्ला प्रशासन कार्यालय, पर्साले श्रीसिया नदीमा प्रदूषण बढेको सन्दर्भमा पहल गरेको थियो । तर त्यसपछिको अवधिमा उसको सक्रियता देखिएन । छठ पूजा शुक्रवारदेखि शुरू हुने भएको छ भने श्रीसिया नदीको प्रदूषणमा पनि केही सङ्घसंस्थाले चासो देखाएका छन् ।
श्रीसिया नदी एवं वीरगंज प्रदूषणमुक्त अभियान पर्साले बिहीवार नगरप्रमुख विजय सरावगीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख सरावगीले श्रीसिया नदी प्रदूषणविरुद्ध महानगरपालिकाले अभियान चलाउने आश्वासन दिए । उनले छठपछि श्रीसिया नदीको सन्दर्भमा सम्बन्धित वडाका वडाध्यक्षहरूलाई आआप्mनो क्ष्Fेत्रमा प्रदूषण रोक्न निर्देशन दिने आश्वासन दिए । उनले श्रीसिया नदीको प्रदूषण रोक्न मनपालाई सहयोग गर्न आग्रह गरे ।
अभियानले आज वीरगंजमा प्रदर्शन गर्दै मेयरलाई ज्ञापनपत्र बुझाएको हो ।