नेपालमा मनाइने चाडहरूमध्ये छठ विशुद्धरूपमा स्थानीय उत्पादनलाई प्रश्रय दिने चाड हो । माटाका भाँडा, बाँसका सामग्री, साठी धान, उखुलगायत चीजबीज सबै स्थानीय उत्पादन हुन् । तर निराशाजनक अवस्था के छ भने यी सामग्री खरीद गर्न पनि भारतीय बजारमा नेपालीहरूको भीड लाग्छ । देशका नीतिकारहरूले चाडहरूको आग्रहलाई आर्थिक दृष्टिकोणले हेरेर त्यससँग सम्बद्ध पेशाकर्मीहरूलाई नयाँ प्रविधितर्पm आकर्षित गराएर उत्पादनमा विशिष्टता दिने नीति ल्याउने हो भने छठ पर्वमा मात्र सीमित रहने उनीहरूको उत्पादनले सार्वकालिक मात्र होइन, सार्वजनिक उपयोगको अवसर पाउने थियो । तर हामी यथास्थितिमा रमाउँछौं । जसले जे गर्छ त्यसमा उसको नियति र भाग्य जिम्मेदार हुन्छ भन्ने रुग्ण सोचले गाँजेकोले हस्तकलाको विशिष्टीकरण र विस्तारीकरणमा हाम्रो ध्यान जानै सकेको छैन । नतीजा के भइरहेको छ भने छठ पर्व समाप्त भएपछि छैंटी–ढक्की बनाउनेहरूको रोजगार ठप्प हुन्छ । दीपावली र छठ समाप्त भएपछि कुमालेहरूको दियो, माटाका सरसामान बनाउने धन्दा बन्द हुन्छ ।
विशिष्टीकरण आजको बजारको माग हो । कुनै पनि परम्परागत उपभोग्य वस्तुलाई विशेषरूपले अझ सुविधाजनक हुनेगरी तयार पारिन्छ भने बजारमा त्यसको माग हुन्छ । बाँसबाट हजारौं किसिमका सामग्री बनाउन सकिन्छ, दैनिक उपयोगमा त्यसको अति विशिष्ट स्थान छ । तर त्यसको स्थान सस्तो र हानिकारक प्लास्टिकका सामानहरूले ओगटेको छ । हाम्रा सिद्धहस्त कलाकारहरू पनि निर्वाहमुखी भएर तथा चाडपर्वलाई ताकेर मात्र नभई नहुने सामग्री बनाउँछन् र त्यतिमैं सन्तुष्ट हुन्छन् । विनाकारण आप्mनो सोख पूरा गर्ने उद्देश्यले विदेश भ्रमण गरिरहने मन्त्री, अधिकृत र कर्मचारीहरूले विदेशमा हस्तकलाका कस्ता सामग्रीहरूको उत्पादन हुन्छ, त्यसको प्रविधि देशमा कसरी भिœयाउन सकिन्छ भन्ने चासो राखेर स्वदेशी कलाकारहरूलाई प्रशिक्षित बनाउने हो भने भारतमा बन्ने त्यस्ता मौलिक हस्तकलाका सामग्री आपैंm उत्पादन गरेर चीन र चीनमा बन्ने सामान भारत निर्यात गर्न सकिन्छ । यी वस्तु सस्ता, आकर्षक तथा सुविधाजनक हुनाका साथै प्रदर्शनका लागि पनि उपयोगी हुन्छन् ।
हामी नारा त फलाक्छौं ‘फोहरबाट मोहर बनाउँ’ तर फोहरबाट कसरी मोहर बनाउन सकिन्छ भन्ने कुरा कुनै विदेशी राष्ट्र वा संस्थाले आप्mनै लगानीमा नसिकाइदिएसम्म गर्नेै सक्दैनौं । वस्तुमा समयसापेक्ष प्रवर्तनको मामिलामा हामी निरुपाय हुन्छौं । यस कारण होइन कि क्षमता छैन, अपितु हामी जहाँ पनि आप्mनै लाभ खोज्छौं । व्यक्तिगत लाभ प्राप्त हुँदैन भने हामीले देश र समाजको हितमा जतिसुकै लाभको धन्दा, अवसर होस् किञ्चित रुचि देखाउँदैनौं । अस्ति भर्खर एकजना खुकुरी बनाउने व्यक्तिको कथा यसै समाचारपत्रमा छापिएको थियो । उनको जाँगर र कलाबारे थाहा पाएर पनि किन गरीबी निवारणको क्षेत्रमा काम गर्ने सरकारी निकाय वा संस्थाहरू आकर्षित भएनन् ? प्रस्ट छ, उनीहरूलाई देशको गरीबी निवारण, सबैलाई रोजगारको नारासँग तबसम्म सरोकार हुँदैन, जबसम्म उनीहरूले त्यसबाट व्यक्तिगत लाभ प्राप्त गर्ने अवस्था उत्पन्न हुँदैन । सरकारको नारामा सघाएजस्तो गर्ने मात्र हो, दिलोज्यानले त्यसमा लागिपर्ने कोही छैन । अनि भारतले उन्नति ग¥यो, चीनको प्रगति अद्वितीय भयो हामीले त्यसबाट लाभ लिन सक्नुपर्छ भनेर कुर्लनुको अर्थ के उनीहरूले हामीलाई अािर्थक अनुदान दिइरहून् भन्ने मात्र हो ? काममा उनको सिको नगर्ने ?