प्रस, पोखरिया, ९ कात्तिक/
विवाद र बहिष्कारका बीच पकहामैनपुर गाउँपालिकाको तेस्रो गाउँसभा बहुमतको आधारमा हिजो राति शुरू भएर आज बिहान सम्पन्न भएको छ।
उपप्रमुख कुशमती देवीलगायत १५ जनाले हिजो डाँकिएको गाउँसभा बहिष्कारको घोषणा गरेपछि निर्धारित समयमा स्थगित भएको थियो ।
पछि केही सदस्यहरूसँगको छलफल सकारात्मक भएपछि राति १० बजे गाउँसभा बहुमतको आधारमा बोलाइएको र आज बिहान ३ बजे सम्पन्न भएको हो ।
२७ सदस्यीय गाउँसभामा प्रमुखलगायत १७ जना उपस्थित रहेका र उपप्रमुखलगायत १० जनाले मात्र बहिष्कार गरेको बुझिन आएको छ । आज बिहान सम्पन्न तेस्रो गाउँसभाले आर्थिक वर्ष २०७६/७७ को लागि रु ३३ करोड ९ लाख ५८ हजारको बजेट पारित गरेको छ ।
गाउँसभामा प्रस्तुत सबै विधेयक तथा प्रस्ताव उपस्थित बहुमत सदस्यले पारित गरेको गापा प्रमुख विजय चौरसियाले बताए । गाउँसभा हुन नसक्दा लामो समयदेखि कर्मचारीले तलब खान सकेका थिएनन् भने विकासको काम पनि प्रभावित भएको थियो ।
गाउँपरिषद्ले कृषि, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता दिएको प्रमुख चौरसियाले बताए ।