प्रस, वीरगंज, ९ कात्तिक/
सुरक्षाको माग गर्दै नेशनल मेडिकल कलेजका विद्यार्थीहरूले शनिवार पनि कलेजमा धर्ना दिएका छन् ।
कलेजले सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित नेशनल मेडिकल कलेजको १८औं संस्करणका विद्यार्थीहरू बिहीवारदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरूले पछिल्लो समयमा आन्दोलनरत विद्यार्थी कलेज व्यवस्थापनबाटै असुरक्षित महसूस गरिरहेको बताए । उनीहरूले कलेजअगाडि शनिवार दिउँसो २ देखि साँझ ५ बजेसम्म धर्ना दिएका थिए ।
बिहीवार दिउँसो र राति कलेजले खटाएको समूहले कुटपिट गर्दै होस्टेलभित्र पसेर ज्यान मार्ने धम्की दिएपछि त्रसित विद्यार्थीहरूले शुक्रवार प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थिए । कलेज व्यवस्थापनबाट परिचालित व्यक्तिहरूबाट निरन्तर धम्की आइरहेकाले फेरि आक्रमण हुने त्रासले सुरक्षाको माग गर्दै कलेजअगाडि धर्ना दिएको विद्यार्थीहरूले बताए ।
कलेजमा सुरक्षा अवस्था विश्वसनीय नभएको र व्यवस्थापनसामु स्थानीय प्रशासन निरीह देखिएको विद्यार्थीहरूले आरोप लगाएका छन् । सुरक्षाको प्रत्याभूति र बढी शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विद्यार्थीको सुरक्षाप्रति आपूm गम्भीर भएको बताए । उनले सुरक्षा प्रत्याभूति गराउने काममा कुनै कसर बाँकी नराख्ने पनि बताए ।
कलेज व्यवस्थापनले आज पनि विद्यार्थीहरूलाई छात्रावासबाट निस्कन नदिएको सूचना प्राप्त भएपछि सुरक्षाकर्मी पठाएको प्रजिअले बताए ।
चिकित्सक सङ्घको समर्थन
नेपाल चिकित्सक सङ्घ नारायणीका सचिव डा उदयनारायण सिंहले विज्ञप्ति जारी गरी सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा नेशनल मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलित भएकोमा सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा शिक्षण संस्थामा अमर्यादित गतिविधि रोक्न र वार्ताबाट समस्याको समाधान निकाल्न सुझाव दिएको उल्लेख छ ।