प्रस, सेढवा १३ कात्तिक/
तराईको महान् पर्व छठ शुरू भएसँगै सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताहरूको भीड लागेको छ भने नेपाली बजार सुनसान देखिएका छन् ।
सिक्टा, मैनाटाड, इनर्वा तथा भंगहा लगायत भारतीय बजारहरू नेपाली उपभोक्ताले खचाखच भरिन थालेको छ । चाडपर्वलाई लक्षित गरी ग्रामीण उपभोक्ताहरू किनमेलका लागि भारतीय बजार पुग्न थालेका छन् । उपभोक्ताहरूले पर्वका लागि लुगाफाटा, चिनी, सख्खर, नरिवल, तेल, घीउ तथा छठ पर्वमा प्रयोग गरिने माटाका भाँडा, बाँसका विभिन्न सामानलगायत पाठपूजाका सामग्री खरीद गर्न भारतीय बजार पुगेका जीराभवानी गाउँपालिका–३ का उमाशङ्कर चौधरीले बताए । नेपाली बजारभन्दा त्यहाँ सामानहरू सस्तो हुने पाइने भएकोले पनि उपभोक्ताहरू यी भारतीय बजारतर्फ आकर्षित भएका उपभोक्ताहरू बताउँछन् । अन्य समयमा सीमामा खटेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, भारतीय उपभोग्य सामग्री ल्याउँदा अनावश्यक दुःख दिने गरेता पनि यस पर्वको बेला कुनै रोकटोक नगर्दा उपभोक्ताहरूलाई सजिलो भएको गाउँलेहरूको भनाइ छ । तर भारतीय बजारमा पर्व तथा दैनिक उपभोग्य सामान खरीद गर्दा सरकारले तोकेको दररेटभन्दा ३ देखि ५ रुपियाँ बट्टा लिने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
यता नेपाली बजार भने सुनसान देखिएका छन् । चाडपर्वलाई लक्षित गरेर नेपाली बजारका व्यापारीहरूले पसलमा थप लगानी गरी मालसामान भिœयाए पनि सामान खरीद गर्ने उपभोक्ताको कमीका कारण व्यापारीहरूले चिन्ता प्रकट गरेका छन् । यस क्षेत्रमा दैनिक तथा साप्ताहिक दुई दिन हाट लाग्ने गर्दछ । सेढवा, सुवर्णपुर, नौकाटोला, सुपौली, परसवा, पीडारीगुठी, जानकीटोला, सखुवनिया, निचुटा पचगावाँलगायत बजार सुनसान रहेका छन् ।