विमला गुप्ता, वीरगंज, १२ असोज/
नेपालीहरूको महान् चाड दशैं मनाउन नेपालीहरू किनमेलमा व्यस्त हुने बेला वीरगंज बजार सुस्त छ । सीमापारी रक्सौल बजारमा थामि नसक्नु ग्राहकको भीड भए तापनि वीरगंजको बजारमा शनिवार दिउँसोसम्म अधिकांश पसलमा ग्राहकको कमी देखिएको छ ।
विशेषगरी चाडपर्वको बेला बढी कारोबार हुनुपर्नेमा सोचेजस्तो नभएको व्यापारीहरूको गुनासो छ । भारतको रक्सौल बजार नेपाली ग्राहककै चहलपहलले भरिभराउ देखिन्छ तर वीरगंज बजार ग्राहकको पख्राइमा बसेको वीरगंज, घण्टाघरस्थित सुपर मार्केटका व्यवसायी राधेश्याम साह बताउँछन् । वीरगंजमा पाइने पन्ध्र सयको कुर्ता रक्सौलमा एक हजार नेपालीमा पाइने साहले बताए ।
भारतीय बजारको तुलनामा नेपाली बजारमा सामान महँगो हुने भएकोले व्यापार नचलेको साहले गुनासो गरे । कलैयाकी वन्दना र उनका साथीहरू दशैंको किनमेलको लागि रक्सौल बजार जाँदैछन् । उनी भन्छिन्–रक्सौलमा सस्तो र मन पर्ने हरेक किसिमको कपडा पाउने साथै घरको सामान पनि यहाँभन्दा सस्तो पाउने भएकोले रक्सौल रोजेका हौं ।
खुला सीमा नाकाले गर्दा नेपालीहरूलाई आवतजावतमा कुनै कठिनाइ नहुने र २० रुपियाँ भाडा तिरेर ग्राहकहरू रक्सौल बजार पुग्न सहज छ । चाडपर्वमा कोट, पाइन्ट, शेरवानी, कुर्ता, साडी र लहँगाजस्ता फर्मल पहिरन नै मन पराइन्छ । यस्ता पहिरनको नेपालमा एउटा पनि उद्योग नभएकोले नेपाली व्यापारीहरूलाई छिमेकी मुलुक भारतको आस गर्नुपरेको सुपर मार्केटका अर्का रेडिमेड कपडा व्यवसायी रवि कुशवाहाले बताए ।
व्यवसायी कुशवाहाले भने नेपाल सरकारले गारमेन्ट उद्योग खोल्नको लागि उद्योगीहरूलाई प्रोत्साहन दिन जोड दिए । भन्सारबाट भारतीय कपडा भिœयाउँदा कपडाको स्तर अनुसार ३५ देखि ४० प्रतिशत राजस्व लाग्ने कपडा व्यापारी बताउँछन् । यस्तो अवस्थामा आप्mनै देशमा कपडा कारखाना खुले ग्राहकलाई सस्तो र सुलभ कपडा उपलब्ध भई सीमा पारी पुग्ने ग्राहकमा कमी आउने उनले बताए ।
रक्सौल बजारमा वीरगंजका स्थानीय मात्र नभई आसपासका जिल्लालगायत मकवानपुर, चितवन, गोरखा र काठमाडौंका ग्राहकहरू समेत आउने गरेको भारतीय व्यापारीहरू बताउँछन् । वीरगंजको बजारभन्दा २५ प्रतिशतले सस्तो पाउने भएकोले ग्राहकहरू सीमा पारी नै जान रुचाउँछन् । चाडपर्वको समयमा पनि ग्राहक नआउँदा मेन रोडको घरमा भाडासमेत तिर्न गा¥हो हुने आदर्शनगरका जुत्ताचप्पल व्यापारी असलम आलमले बताए ।
कुनै पनि छालाको जुत्तामा भन्सार शुल्क ५ सय रुपियाँ तिर्नुपर्छ । भारतमा ५ सय पर्ने जुत्ता नेपालमा १३ सयदेखि १५ सय पर्छ–आलमले बताए । भारतको रक्सौल बजारमात्र नभई सीमा नाकासँग जोडिएका सिक्टा बजार, आदापुर छौडादानो, घोडासहन र बैरगनिया लगायत बजारमा नेपाली ग्राहककै चहलपहल बढी पाइन्छ । चाडबाडलाई मध्यनजर गरेर नेपाल सरकारले नेपालमैं सर्वसुलभ मूल्यमा उपभोक्तालाई चाहिने सामग्री खरिद गर्ने व्यवस्था नमिलाउँदा भारतीय बजार जानुपरेको गुनासो उपभोक्ताहरूको छ । वीरगंजमा व्यापार खस्कँदै गएपछि व्यवसायीहरू पलायन हुन थालेका छन् ।
वीरगंजसँग सीमा जोडिएको भारतीय बजार दशैं, तिहार र छठमा मात्रै नभई अन्य समयमा पनि नेपाली ग्राहकको किनमेलको केन्द्र बन्न गएकोले नेपाली व्यापारी मर्कामा परेका छन् ।