प्रस, सेढवा, १० असोज/
केही दिनयता परेको पानीले पर्साका एकथरी किसान खुशी छन् भने अर्काथरी किसान दुःखी छन् ।
असार महीनामा भदैया र सोना मन्सुली धान रोपेका किसानमध्ये अहिले भदैया धान रोप्ने किसानहरू दुःखी भएका छन् भने सोना मन्सुली रोप्ने किसानहरू खुशी भएका छन् । भदैया धान र १४४२ हर्दीनाथ पर्सा जिल्लाको पटेर्वासुगौली, जीराभवानी, ठोरीमा रोपिएको छ । यो धान रोपेका किसानहरू अहिले पीडामा छन् । निरन्तर वर्षाले उनीहरूको धान काटेर भिœयाउने कार्यमा बाधा पुगेको छ । वर्षाको कारण धानको बालामा बीउ उम्रिने र खेतमैं धान कुहिन सक्ने सम्भावनाले उनीहरू चिन्तित भएका हुन् ।
जीराभवानी–१ शान्तिनगरका सोमनाथ सापकोटाले भदैया र १४४२ हर्दीनाथ धान काट्ने बेलामा वर्षा हुँदा समस्या भएको बताए ।
यता असार महीनामैं सोना मन्सुली धान लगाएका किसानहरू अहिले निकै खुशी छन् । निरन्तर वर्षा भइरहँदा सोना मन्सुली धानलाई फाइदा पुगेको जगरनाथपुर–३ गढैया निवासी गुलाबप्रसाद यादवले बताए । उनले पानीको कारण धानबालीमा रोग नलाग्ने र मल पनि छर्न नपर्ने भएकोले खुशी व्यक्त गरे । सोना मन्सुली धान १२० दिन र भदैया धान ९० दिनमा तयार हुन्छ ।
प्रस, पर्सागढी/
पर्सागढीमा पनि भदैया धान लगाएका किसानहरू निराश बन्दैछन् । निरन्तर पानीले यस क्षेत्रमा रोपिएका भदैया धान र १४४२ हर्दीनाथ धान प्रभावित भएको किसानहरूले प्रतिक्रिया दिएका छन् । उनीहरूले धान फलेर कटान गर्नुपर्ने बेलामा पानी निरन्तर परिरहेकोले समस्या भएको बताए । खेतमा पानी जमेर धानको बालालाई नोक्सान पु¥याउने भन्दै उनीहरू चिन्तित भएका हुन् ।