डा. रमेश मिश्र
उमेर ढल्दै जाँदा जब प्रौढावस्था अर्थात् ४५ देखि ५५ वर्षको उमेरमा महिलाहरूमा हुने एउटा प्राकृतिक प्रक्रिया हो रजोनिवृत्ति । यो अवस्थामा डिम्ब ग्रन्थिहरूको कार्यनाश हुन थाल्छ र रजस्राव सधैंको लागि समाप्त हुन्छ । यस कारण महिलाहरूमा जुन शारीरिक र मानसिक बदलाव हुन्छ, त्यसलाई रजोनिवृत्तिजन्य लक्षण समुच्चय अर्थात् मेनोपौज भनिन्छ ।
यस अवस्थामा शारीरिक र मानसिक बदलावले विभिन्न रोगका लक्षणहरू देखा पर्नाले केही ठूलो रोग नै लाग्यो भनेर व्यक्ति चिन्तित हुन्छ । अनियमित रजःस्राव, अनुहार रातो हुनु, कष्टप्रद मैथुन, शुष्क योनी, चिन्ता, अनिद्रा, चित्तवृत्ति पटकपटक बदल्नु, अवसाद, चिडचिडापन, हृदयगति बढ्नु, बढी पसिना आउनु, टाउको दुख्नु, हातगोडा दुख्नु, निद्रामा कठिनाइ, स्तनहरूमा पीडा हुनु आदि लक्षणहरू रजोनिवृत्तिजन्य लक्षण समुच्चयको लक्षण हो ।
आयुर्वेद अनुसार यो कुनै रोग होइन, एउटा प्राकृतिक प्रक्रिया हो । यस अवस्थामा रसायन द्रव्यहरूको सेवन र युवावस्थादेखि नै जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । यो अवस्थामा अशोकारिष्ट, लोध्रासव, उसीरासव, चन्दानादि लौह, अमालकी रसायन, मुक्तासुक्ति आदि औषधिहरूको सेवन चिकित्सकको सल्लाह अनुसार गर्नुपर्दछ ।
रजोनिवृत्तिजन्य लक्षण समुच्चयमा लाभदायक केही जडीबुटीहरू निम्न छन्– अशोक, शतावरी, गुडुची, यष्टी मधु, मण्डुक पर्णि, अश्वगन्धा, घृतकुमारी, अस्थि शृखला । यो अवस्थामा सन्तुलित आहार, ताजा मौसमी फल, घ्यू, हलेदोयुक्त दूध, गहुँ, पुरानो चामल, मुंग दाल, सोया, औषधि तेलको मालिस, योगासन, प्रातः भ्रमण, ध्यान, राम्रो व्यवहार गर्नु पथ्य हो ।
भारी, हानिकारक बढी भोजन, बढी नुन, मसाला सेवन, माछामासु, मदिरा, धुम्रपान, बढी चिया, कफी, तातो पानीले नुहाउनु, आलसी जीवन अपथ्य हो ।
–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज, पर्सा