प्रस, वीरगंज, ११ असोज/
वीरगंजको मेनरोड फराकिलो गर्नुपर्छ भनेर युवाहरूले शनिवार प्रदर्शन गरेका छन् ।
युवाहरूको समूहले घण्टाघरबाट जुलुस निकालेर नगरपरिक्रमा गरी पुनः सोही स्थानमा सभा गरेका थिए ।
युवाहरूले जुनसुकै अवस्थामा पनि सरकारी निर्णय कार्यान्वयन गरिनुपर्ने र २५/२५ मिटर सडक फराकिलो गर्नुपर्ने बताए । उनीहरूले १५/१५ मिटर सडक फराकिलो गर्ने सन्दर्भमा भइरहेका क्रियाकलापको भत्र्सना गरे ।
केही दिनअघि पर्सा जिल्लाका अगुवा नेताहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटेर वीरगंजको घण्टाघरदेखि छपकैयासम्मको बस्ती सम्बन्धमा विचार पु¥याउन गरेको आग्रहलाई युवाहरूले विरोध गरेका छन् । उनीहरूले गण्डकदेखि भन्सारसम्म समानरूपले २५/२५ मिटर राजमार्ग अतिक्रमित क्षेत्र खाली गराउनुपर्ने माग गरे । राजमार्ग फराकिलो नहुँदा वीरगंजको विकासमा बाधा पुगिरहेको उनीहरूको भनाइ थियो ।
जुलुसमा सन्दीप विक्रम शाह, रामबाबू मण्डल, अकलेश साह, महमुद अन्सारी, रञ्जीत चौरसिया, दाउद अन्सारी, उमेश कुशवाहा, दीपक पटेल, राकेश पटेल, सगीर अहमदलगायतका युवाहरूको सहभागिता थियो ।