कुमार रुपाखेती
भोजपुरीमा एउटा उखान छ– बूढ तोता का पढी । नेपाली राजनीतिमा अचेल बूढो, रोगी सुगाहरूको हालिमुहाली छ । महन्थ ठाकुर, केपी ओली, मोहन विक्रम सिंह, नारायणमान बिजुक्छे, रामचन्द्र पौडेल आदि इत्यादि । सरकारी नियम अनुसार जतिसुकै अनुभवी भएपनि बूढो र रोगी कर्मचारीहरूलाई अनिवार्य अवकाश दिने चलन छ ।
भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजले स्वास्थ्यको कारण देखाइ सन् २०१९ को निर्वाचन लड्न अस्वीकार गरिन् र उनी केही दिनअघि स्वर्गवास भइन् । हाम्रोमा त सरकारी खजाना रित्याउँदै अगुवा, पछुवा अघिपछि लगाएर सिङ्गापुर, अमेरिका पुगी औषधोपचारको नाममा करोडौं स्वाहा पारिंदैछ । बूढा र रोगी भएकै कारण काङ्ग्रेसका त्रिमूर्ति गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको हानाथाप र विजोग वर्णन गरिनसक्नु थियो ।
आप्mनो कार्यकालको अधिकांश समय प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमैं खर्चिदैछन्, सरकारी खजाना भुस्कुट पारेका छन् । जो अगुवा उही बाटो हगुवा भएपछि सुजाता कोइराला जस्ता धनाढ्य राजनीतिज्ञहरूले समेत औषधोपचारको नाममा सरकारी द्रव्यमोचन गरिरहेका छन् ।
भनिन्छ, ओली लामो समयसम्म जेल परेका नेता हुन् । कारागारमा टिबी हुँदा उनलाई मान्छेहरूले चन्दा उठाएर औषधि गरी बिसेक पारेका थिए । पहिलेदेखि नै उनी सदाबहार रोगी हुन् । छुच्चो बोलीका धनी ओलीले कारागारवासमा रहँदासमेत उखान टुक्का सुनाएर बन्दीहरूको मनोरञ्जन गराइरहन्थे रे । अध्ययन, अध्यापनमा पहिलेदेखि नै अरुचि राख्ने ओली एकाएक शक्तिमा आएपछि ओछा पारामा बोल्ने, अन्यलाई बाइपास गर्ने, जथाभावी र असम्भव बोल्ने, अनि सस्ता उखान टुक्काले भाले बनेको आभास गर्ने, आत्मसन्तुष्टि लिने व्यक्ति हुन् ।
चारैतिरबाट घेराबन्दी हुन थालेपछि, दुई तिहाइमा धमिरा लाग्ने छाँट देखेपछि अचेल यो रोगी र बूढो सुगाले ब्याक गेयर लगाउन थालेका छन् । हिजोअस्ति बोल दिया तो बोल दिया प्रवृत्तिका ओली अचेल कम बोल्ने, जनतासँग क्ष्Fमायाचना गर्ने, संवाद गर्ने, आलोचना सहने, घेरा फराकिलो पार्ने, असन्तुष्टलाई फकाउने र सम्बन्ध नवीकरण गर्ने नयाँ उपाय अवलम्बन गर्न थालेका छन् । अचेल उनको कटाक्षमा कमी, संयमित अभिव्यक्ति, पार्टीका शीर्ष नेतासँग सम्बन्ध सुधार, जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द र योगेश भट्टराईलाई मन्त्री दिएका छन् ।
तर कुकुरको पुच्छर बा¥ह वर्ष ढुङ्ग्रोमा राख्दा समेत टेढो भन्नेहरू नेकपामैं छन् । भनिन्छ अचेल नेपाली राजनीतिमा द्रव्यपिचासहरूको बोलवाला छ । कुनै बखत सर्वहारा भनिने कम्युनिस्टहरू अहिले नेपालका नवधनाढ्यमा दरिन्छन् । तर पनि स्वास्थ्यको कारण देखाइ सरकारी ढुकुटी रित्याउन यिनै धनाढ्य सर्वहारा सक्रिय छन् । स्वास्थ्यको कारणले पद छोड्नेहरू नेपालमा बिरलै भेटिन्छन् । बुर्जुवा शिक्ष्Fा भन्ने, आमाबुबाको काजक्रिया नगर्नेहरू अचेल पद प्राप्त गर्दा निधारमा राता अक्षता, ज्योतिलाई साइत देखाइ सरकारी निवास छिर्ने, बोका ढाल्ने र बालबच्चालाई विदेश पढाउनेसम्मको छेपारे पारा निर्लज्ज ढङ्गले प्रदर्शन गर्दैछन् । यिनको गाईजात्रा देख्दा नेवार समुदायले पितृहरूको सम्झना र सम्मानमा मनाउने गाईजात्रा फेल छ । तसर्थ यी गाईजात्रे, रोगी र बूढा नेताहरूलाई सक्रिय राजनीतिबाट बिदा नगरेसम्म मुलुक र जनताको खैर छैन । उखानै छ– बलियो बाङ्गो बाघलाई, बूढाखाडा माघलाई । आप्mना आकाहरूले सिकाएको भन्दा बढी सिक्न असमर्थ र आप्mनै शरीर थाम्न नसक्ने, आपैंmलाई हाँक्न नसक्नेहरूले देश हाँक्ने बिंडो थाम्नु चानचुने दुस्साहस र पदलोलुपता होइन ?
मरेपछि चोला फेरिन्छ भनिन्छ तर यहाँ नमरुन्जेल पद नै फेरिंदैन । लोकतन्त्रमा जनचाहनाको ठूलो कदर र महŒव हुन्छ, जनमतको झनै महŒव हुन्छ । तर नयाँ नौ दिन, पुराना सय दिन भन्ने उखानलाई चरितार्थ गर्दै उचाल्नै नसक्ने कुर्सीमा बस्नेहरूले जनचाहना र जनमत लत्याउँदै राजसी सानसौकत र तडकभडक गरेको देख्दा मुगलकालीन सम्राटको सम्झना आउँछ ।
वृद्धाश्रममा आश्रय लिनुपर्नेहरूले राजनीतिमा आश्रय लिएको देख्दा वृद्धाश्रमहरूको उपहास भएभैंm लाग्छ । गणतन्त्र नेपालमा बर्सेनि हजारौं युवा यहाँको अस्थिरता, अशान्ति र बेरोजगारीबाट उदासीन भई विदेश पलायन हुनेक्रम बढ्दो छ । युवाशक्ति पलायन हुनु, बूढा सुगाहरू राजनीतिमा हावी हुनु पनि मुलुकको दुर्भाग्य होइन र ?
ज्येष्ठ नागरिकलाई अचेल संसारभरि सम्मानको दृष्टिले हेरिन्छ, विदेशमा ज्येष्ठ नागरिकहरू सबैथोक तिलाञ्जलि दिएर सार्वजनिक जीवन व्यतीत गर्छन् । हाम्रा ज्येष्ठ नागरिकको सत्तालिप्सा, सत्तामोह कहिले भङ्ग हुने हो ? बैंककमा औषधिमूलो गरिरहेका ओली अचेल सिङ्गापुरे उपचारमा छन् । बैंकक भन्दै सिङ्गापुरमा नेपाली दूतावास छैन, परिवत्र्य मुद्राका हिसाबले सिङ्गापुर बैंककभन्दा धेरै महँगो छ । चार वर्षअघि ओलीको उपचारको क्रममा उनका जीवनसङ्गिनी राधिका शाक्यको ७ सय डलर चोरी भएको कमैलाई थाहा होला ।
यो तीन वर्षको अवधिमा सङ्घ, प्रदेश र स्थानीय सरकारले बेप्mवाँकमा २२ अर्बभन्दा बढीको सवारीसाधन खरीद गरेर आपूmहरूलाई धनकुबेर साबित गरेका छन् । विदेशी अनुदानमा सयौं गाडी आएको छ । कुशासन भनेकै सरकारी धनलाई अनुपत्पादक खर्चमा सखाप पार्नु हो । यस्तो कार्यहरूले सङ्घीयताप्रति वितृष्णा नजगाउला भन्न सकिन्छ र ?
शायद सर्वहाराहरू व्यापारिक घरानाको पूँजीपति नेता भएपछि यस्तो हुँदैछ । सरकारको लापर्बाहीले गर्दा मित्रराष्ट्रहरूले नेपाल उँभो लागोस् भनेर बनाइदिएका उच्चस्तरीय उद्योगहरू सुरक्ष्Fाकर्मीको छाउनी र ब्यारेकमा परिणत भएका छन् । नेपाल ट्रस्टको जग्गामा समेत सशस्त्रको छाउनी छ । कृषि औजार, वीरगंज चिनी कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, विराटनगर जुट मिल आदि सुरक्ष्Fाकर्मी बस्ने, पाल्ने थलो भएको छ । वीरगंज चिनीमिलमा उच्च अदालत र जनकपुर चुरोट कारखानामा मुख्यमन्त्रीसम्मले रजगज गर्न पाएका छन् । यस्तै, अवस्था रहिरहे श्री पशुपतिनाथले समेत नेपालको कल्याण गर्न सक्दैनन् । अस्तु ।