$type=ticker$count=12$cols=4$cate=0

ब्याग उद्यमी यशोदा गजुरेलको सफलताको कथा

SHARE:

विमला गुप्ता, ८ भदौ /
    यशोदा ब्याग तथा रेडिमेड उद्योगकी सञ्चालिका यशोदा गजुरेल उद्यमी महिलाका साथै आफ्नो समुदायको लागि एक उदहारणीय पात्र पनि हुन् । अनावश्यक खर्च नगरी बचत गर्ने बानीले उनी आज औद्योगीक नगरी वीरगंजमा उद्यमी महिलाको रूपमा परिचय बनाउन सफल भएकी छन् ।
    माइती घर चितवन भएकी यशोदाको १० वर्ष अघि तत्कालीन वीरगंज–१३ मा विवाह भयो । दुई सन्तानकी आमा यशोदा विगत डेढ वर्षदेखि आप्mनै उद्योग सञ्चालन गर्छिन् । स्कूलदेखि कलेज, अफिसलाई चाहिने फाइल, लगेज ब्याग उनको उद्योगमा उत्पादन हुन्छ । गृहिणी महिला भएर सफल उद्यमी बन्न सकेकोमा उनी साह्रै खुशी छिन् ।
    घरकी एक्ली बुहारी भएकीले घर खर्चको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । उनका पतिको पनि छुट्टै ब्यागको कारखाना छ । यशोदा गजुरेल भन्छिन्– “सामान्य परिवार भएपनि घरमा खान लाउन कमी थिएन । म पतिको कमाइमा रमाउनुभन्दा आप्mनै कमाइमा रमाउन चाहन्थें”–उनी अगाडि थप्छिन्–“महिला भएर पुरुष सरह केही गर्न चाहन्थें । तर कसरी गर्ने ? बुहारी भएकीले सहज थिएन, फेरि पनि मनमा दृढ विश्वास थियो कि केही गर्छु ।”
    यशोदा पतिले दिएको घर खर्चको पैसाबाट जोगाएर थोरै–थोरै रकम सहकारीमा खाता खोलेर जम्मा गर्न थालिन् । निरन्तर बचत गर्दा उनको खातामा ६ वर्षको अवधिमा १ लाख रुपियाँ जम्मा भयो । त्यसपछि उनले पति समक्ष ब्याग उद्योग सञ्चालन गर्ने प्रस्ताव राखिन् । बुद्धिमान पतिले पनि पत्नीको भावना बुझ्दै ब्याग उद्योग सञ्चालन गर्न दुई लाख रुपियाँ थप गरिदिए । यसरी ३ लाखको लागतमा शुरू भयो ‘यशोदा ब्याग उद्योग’ । जसको पूँजी अहिले डेढ वर्षको अवधिमा २५ लाख पुगेको छ ।
    विवाह गरेको ३ वर्षमैं २ सन्तानकी आमा भएपछि यशोदाले घर कामबाट बचेको समयमा जागीर गर्ने सोच बानाइन् तर उनलाई मिल्ने समयमा बाहिर काम पाउन सहज थिएन । पतिको ब्याग उद्योग पनि घर खर्च पुग्ने खालकै थियो । बाहिर काम नपाएपछि यशोदाले पतिकै उद्योगमा गई ब्याग बनाउने सीप सिक्न थालिन् । यसरी यशोदा घरको काम सकेर दिनहुँ पतिको उद्योगमा कारीगरहरूसँग मिलेर काम गर्न थालिन् ।
    उनी घरमा नहुँदा बच्चाको देखभाल सासूआमा गर्थिन् । सासू र बुहारी आमाछोरी जस्तै मिल्ने भएकाले काम सिक्न उनलाई खासै गाह्रो भएन । एक अर्काको भावना दुवैले बुझ्थे । तर बुहारी घरभित्रै बस्नुपर्ने पुरातन सोच भएको समुदायमा घरभन्दा बाहिर निस्केर काम गर्न भने सहज थिएन । घर परिवारले साथ दिएपनि बाहिर निस्कँदा कतिपय कुरा काट्थे । “किन बुहारीलाई काम गर्न बाहिर पठाएका होलान् ?”
    सामान्य किसान परिवारमा जन्मेकी यशोदा सानैदेखि कामप्रति चनाखो थिइन् । उद्योग शुरू गर्दा शुरूमा पतिको सहयोग पाएपनि अहिले भने उद्योगभित्र र बाहिरको काम उनी आफैं गर्छिन् ।  यशोदाको काम देखेपछि शुरूमा आलोचना गर्नेहरू अहिले प्रशंसा गर्न थालेका छन् । शुरूमा जागीर माग्न गएको स्थानका अधिकार प्राप्त व्यक्तिहरू आज आफ्नो उद्योगमा आएर चिनजानको व्यक्तिलाई काम लगाइदिनु भनेर सिफारिश गर्दा हौसला झन् बढेको उनी बताउँछिन् ।
    आजकल यशोदा आप्mनो काममा निकै व्यस्त छिन् । उनको व्यापार पर्सा जिल्लामा मात्र सीमित नभई पूर्व झापा, इटहरी, इनर्वा र जनकपुर, हेटौंडा हुँदै पश्चिम धनगढीसम्म पुगेको छ । उनको उद्योगले गर्दा पहिलेभन्दा अहिले घरको आर्थिक अवस्थामा सुधार आएको छ । पति र घरपरिवारको साथ–सहयोग पाएरै आपूm सफल उद्यमी महिलाको रूपमा अगाडि बढन सकेको उनी बताउँछिन् ।
    यशोदा भन्छिन्–“उद्योग खोल्नु मात्र ठूलो कुरा होइन, आपूmले जानेको सीप प्रयोग गरी बजार व्यवस्थापन गर्नु मुख्य चुनौती हो । ब्याग व्यवसायमा पनि प्रतिस्प्रर्धा बढी रहेकोले आजकल घर भन्दा पनि उद्योगलाई बढी समय दिनुपरेको छ ।” पाँचवटा मेशिनबाट शुरू गरेको ब्याग उद्योगमा अहिले ७ वटा मेशिन छ । एउटा मेशिनको मूल्य रु ३० हजारभन्दा बढी पर्छ ।
    पर्सेली महिलाहरूद्वारा सञ्चालित उद्योगमा यशोदा ब्याग उद्योग उत्कृष्ट सूचीमा परेकोले अहिले नेपाल सरकारबाट १२ लाख रुपियाँ सहुलियत कर्जाबापत पाएको उनले बताइन् । जसको ब्याजदर ३ प्रतिशत तिर्नुपर्छ । उनी भन्छिन्–“सरकारबाट पाइने सेवा र सुविधाले गर्दा अहिले उद्यमी महिलाहरूको हौसला बढेको छ । करमा छुट र बेला बेलामा सरकारद्वारा सहुलियत कर्जाले गर्दा महिलाहरूलाई उद्यमी बन्न उत्प्रेरित गरेको छ । जसले देशको अर्थतन्त्र  र सामाजिक परिवर्तनमा सकारात्मक टेवा पुगिरहेको छ । बेरोजगारी समस्या न्युनीकरणमा यस्ता कार्यले सहयोग पुग्ने उनको ठम्याइ छ । उद्यमी यशोदा गजुरेल भन्छिन्–“महिलामा दृढ इच्छाशक्ति,  कामप्रति लगनशीलता छ र पारिवारिको सहयोग पनि पाइयो भने हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ ।”
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ब्याग उद्यमी यशोदा गजुरेलको सफलताको कथा
ब्याग उद्यमी यशोदा गजुरेलको सफलताको कथा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6u_8duxUXopcImjh9LaIOSnSTDSOtMfxczx-xjxyQeY_JKslyV4EEnwB4ilXQszJ6Lr2nIz37dorkDasCbMdpJi-oy4m-DBADBzDSqm3bTyO0nt73lh_7AAadzEFvxNldv-zxhWidszfF/s320/yasoda.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6u_8duxUXopcImjh9LaIOSnSTDSOtMfxczx-xjxyQeY_JKslyV4EEnwB4ilXQszJ6Lr2nIz37dorkDasCbMdpJi-oy4m-DBADBzDSqm3bTyO0nt73lh_7AAadzEFvxNldv-zxhWidszfF/s72-c/yasoda.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/08/blog-post_164.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/08/blog-post_164.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy