प्रस, वीरगंज, १४ साउन/
वीरगंजमा एकजना युवतीको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया लक्ष्मी भनिने रेशमा ठाकुर रहेकी छन् ।
आइतवार दिउँसो २ बजे घरबाट भतिजासँग रु ५० मागेर रिक्शामा गएकी उनी राति साढे ८ बजे विष खाएर अस्पतालमा छटपटाई रहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको र केही बेरमैं अस्पतालकै इमरेजन्सी शाखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
एक वर्षदेखि प्रेम सम्बन्धमा रहेकी रेशमाको बिहान साढे ८ बजे आनन्दसँग कुराकानी भएको र उनलाई भेट्न बजार निस्केकी परिवारजनले बताएको छ । परिवारजनका अनुसार रेशमाको हत्या भएको हो र घटनामा संलग्न रेशमाका साथीहरूलाई कानूनको दायरामा ल्याई सत्यतथ्य बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेका छन् ।
रेशमासँगै माईस्थानको हट ममः मा खाजा खान गएकी वीरगंज बसपार्ककी ज्यासमी भन्ने सुरक्षा खतिवडाले उनको मृत्यु विषसेवनले गर्दा भएको बयान दिएकी छन् । उनका अनुसार आइतवार दिउँसो ४ बजेतिर हट ममःमा पुग्दा रेशमासँग रवि कलवार, अलका बसेका थिए । आपूmले माईस्थान चोकबाट भेज ममः किनेर ल्याई हट ममः पसलमैं खाएर दुवैजना छुट्टिएको एक घण्टापछि रेशमाले फोन गरेर मैले विष खाएँ भनी जानकारी गराएको सुरक्ष्Fाले बताइन् ।
साढे ७ बजे घण्टाघरबाट रेशमाकी अर्की साथी अल्काले ईरिक्शामा राखेर रेशमालाई अस्पताल पु¥याएको प्रहरीले बताएको छ । रेशमाका प्रेमी पैसा र पहुँचवाला व्यक्ति भएको र विवाह गर्न नमानेपछि रेशमाले आत्महत्याको प्रयास गरेको हुन सक्ने उनको साथीहरूको भनाइ छ ।
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र रेशमाको पोस्टमार्टम रिपोर्टपछि घटनाको विस्तृत जानकारी गराउने पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताएका छन् । लक्ष्मी भन्ने रेशमालाई आनन्द गुप्ताले केही दिनदेखि फलो गर्ने, फोनमा कहाँ छौ, कोसँग छौ भनी सोधखोज गरेर मानसिक यातना दिंदै आएकोमा घटनाको दिनदेखि फोन अफ गरेर सम्पर्कविहीन भएको पीडित परिवारले बताएको छ ।
रेशमा त्रिजुद्ध माविबाट माध्यमिक शिक्षा हासिल गरी प्लस टु गरी पानीटंकीको एन्जल इन्टरनेशनल स्कूलमा लेखापालको रूपमा काम गर्दै आएकी थिइन् ।
लक्ष्मीकी दिदीले उठाएको प्रश्न
रेशमाको परिवारजनले रेशमाको मोबाइलबाट कन्ट्याक्ट लग डिलिट हुनु, घरबाट लगाएर गएको लेगिज र अस्पतालमा लगाएको लेगिज फरक पर्नु, रेशमाको प्रेमी सम्पर्कविहीन हुनु, मृतक रेशमाको जीउभरि नीलडाम हुनु, भित्री वस्त्र नहुनु, सबै साथीसँगै एकैपटक होटलबाट निस्किनु र विष खाएपछि पुनः साथीसँग भेट गर्नु, मृत्युपछि सबैजना फरार हुनु, सबैको मोबाइल बन्द हुनु, कपडा च्यातिनु शङ्कास्पद देखिएको छ ।