प्रस, वीरगंज, १३ साउन/
नारायणी अस्पताल वीरगंजमा नयाँ मेसुमा दरबन्दी भएका डा मदन उपाध्याय अहिलेसम्म हाजिर हुन आएका छैनन् ।
असारको तेस्रो साता उनको सरुवा विभागले नारायणी अस्पतालमा गरेको भएपनि अहिलेसम्म मेसु अस्पतालमा हाजिर हुन आएका छैनन् । स्रोतका अनुसार उनलाई यहाँ नआउन दबाब दिइएको छ । दबाबकै कारण अहिलेसम्म डा. उपाध्याय हाजिर नभएका हुन् । डा. उपाध्यायको नारायणी अस्पतालमा सरुवा भएपछि हाल अस्पतालका मेसु एनामुल हकले असार २२ देखि साउन २१ गतेसम्म अस्थायी, करार, ज्यालादारीमा १५ जनालाई भर्ना गरेका छन् ।
मेसु डा. हकले अस्प्ताल विकास समितिमा ३२ जना मात्र अस्थायी, करार र दैनिक ज्यालादारीमा कर्मचारी रहेकोमा अहिले आप्mनो पालामा ५६ जनाभन्दा बढीलाई भर्ना गरिसकेको एकजना कर्मचारीले बताए । प्रदेश सरकारले मङ्सिरपछि कुनैपनि अस्थायी, करार र ज्यालादारीमा कर्मचारी भर्ना नगर्नू भनेर निर्देशन गरेको थियो । प्रदेश सरकारको निर्देशनविपरीत अस्पतालमा ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गरिएको स्रोतले जनाएको छ ।
मेसु डा. हकले अत्यावश्यक कामका लागि दुईजना कर्मचारीमात्र भर्ना गरेको बताए । एकजना कर्मचारीले भने भर्खरै मात्र १५ जना भर्ना गरेको सन्दर्भमा डा. हकको ध्यानाकर्षण गराउँदा उनले राजनीतिक आडमा आपूmलाई कार्यकर्ताहरूबाट धम्क्याएको बताएका छन् । डा. हकले भने दुईजना मात्र भर्ना गरिएको र कसैलाई डर, धाक धम्की नदिएको बताए ।