हत्या अपराध हो । जानेर वा नजानेर हत्या गर्नु क्षम्य मानिंदैन । आत्महत्या पनि आप्mनो हत्या गर्नु हो । त्यसैले आत्महत्यालाई कानूनले र धर्मले पनि वर्जित गरेको छ र दण्डनीय बनाएको छ । तर अपराध गर्ने व्यक्ति मरेर गएपछि दण्ड कसलाई दिने ? धर्मको थाहा छैन, स्वर्ग वा नर्कमा गएर उसले दण्ड पाउला कि पुरस्कृत होला १ आत्महत्या मानिसले बाँच्नै नसक्ने परिस्थिति उत्पन्न भयो भने गर्दछ । जुन पनि कारणले बाँच्ने अवस्था रहेन, बाँच्ने इच्छा म¥यो, कुनै अपमानको आशङ्का, कुनै भय वा अन्य कुनै पनि कारणले मानिसले आपूmलाई मार्दछ । तर यो कुरा वयस्कको हकमा लागू हुन्छ । वयस्क भनेको उत्तरदायित्व ग्रहण गरेको व्यक्ति हो । कुनै कारणले उसले उत्तरदायित्व ग्रहण गर्न सकेन भने कुण्ठा उत्पन्न भएर मानिस आत्महत्याका लागि प्रेरित हुन सक्दछ । आत्महत्या गर्न प्रेरित गर्ने विभिन्न कारण हुन सक्दछ । तर एउटा अबोध बालकले, जसमाथि कुनै उत्तरदायित्व हुँदैन, जसले गरेको अपराध कानूनले समेत क्ष्Fमा गरिदिन्छ, आत्महत्या गर्नु भनेको आश्चर्यलाग्दो विषय हो ।
ठोरीमा एकजना १२ वर्षका बालकले आत्महत्या गरेका छन् । माथि वर्णित कुनै पनि परिस्थिति उनमा लागू हुने अवस्था देखिन्न । न उत्तरदायित्व वहन गर्नुपर्ने झन्झट, न कुनै भय । के कुनै गल्तीको लागि परिवारबाट हप्की खाने भय थियो ? त्यति मात्र कारणले एउटा नाबालिगले आत्महत्या गर्ने निर्णय गर्ला र १ केही न केही कारण त अवश्य हुनुपर्छ । कहिलेकाहीं देखासिकीले पनि यस्तो घटना हुने गर्दछ । समाजमा जुन कुरा नित्य भइरहन्छ, त्यसले व्यक्तिलाई एउटा बाटो दिन्छ । अनि सानोसानो कुरामा पनि आत्महत्या गरूँ भन्ने लाग्न सक्दछ । हामी कहाँ सामान्य अवस्थाबाहेक, कसैले किन आत्महत्या ग¥यो भन्ने कुराको गम्भीरतापूर्वक खोजबीन भएकै छैन । समाजमा कुनै पनि किसिमको अपराध हुन्छ भने त्यसको कारण नखोतलेसम्म उपचार गर्न सकिन्न । के कारणले प्रायः मानिसले आत्महत्या गर्दछ, त्यसको निक्र्योल हुन सक्यो भने, त्यो कारणको निदान सजिलो हुन्छ । मानौं केटा र केटीबीच प्रेम सम्बन्ध गाँसियो र मिलन हुन सक्ने अवस्था छैन भने आत्महत्याको लागि प्रेरित हुन सक्छन् । त्यस्तो यताका दिनमा निकै भएको पनि छ । यस अवस्थामा समाज उदार बन्न विवश हुन्छ । अर्थात् गैरजातीय विवाहको लागि स्वीकृति दिने मनस्थितिमा पुग्छ ।
तर हाम्रो प्रशासन, प्रहरीतन्त्र अनुसन्धानधर्मी छैन । हिजो देशमा असाध्य सङ्क्रमणकाल छँदा कुनै हत्या भएको छ र कसैले भूमिगत समूहले गरेको अफवाह उडाइदियो भने सोधखोज गरिंदैनथ्यो । त्यसैगरी आत्महत्या भएको हो भन्ने लागेमा कुनै अनुसन्धान गर्ने परिपाटी छैन । किनकि अपराध गर्ने कोही छैन भने अनुसन्धानमा समय खर्च गरेर कसलाई दण्डित गर्ने ? प्रशासन वा प्रहरीको काम अपराध गर्नेलाई दण्ड दिलाउनुमात्र त होइन । असल दायित्व त अपराध हुन नदिनु हो । आत्महत्याको कारण पत्ता लागेमा, फेरि त्यस्तो हुन नदिन समाज तत्पर हुन्छ । प्रेमका कारण आत्महत्या भएको कुराले समाजलाई उदार बनाएजस्तै ती के–के कारण हुन् जसले आत्महत्या गर्न प्रेरित गर्न सक्छ, समाज त्यसतर्फ सजग हुन्छ र त्यस्तो परिस्थिति उत्पन्न हुन दिंदैन । ठोरीमा जुन बालकले आत्महत्या गरे, त्यो कुन परिस्थितिमा भयो, बुझ्ने प्रयास कोही कसैले गर्ला ?