$type=ticker$count=12$cols=4$cate=0

नदी कटानको स्थायी समाधानका लागि

SHARE:

सञ्जय साह मित्र
    वर्षाले बाढी ल्याउँछ । बाढीले विकास भत्काउँछ । विकास भत्काउन नसके बाढीले गाउँलाई डुबानमा पार्छ, शहरमा पानी पस्छ । गाउँ डुबानमा पार्दा खेतको बाली नष्ट हुन्छ । घर भत्काउँछ । कतिपय अवस्थामा मानिसको पनि मृत्यु हुन्छ ।
    बाढीले हरेक वर्ष कति जनधनको क्षति गर्छ भन्ने कल्पना गर्न पनि गाह्रो छ । सरदर सामान्य तथ्याङ्क आउँछ । हरेक जिल्लामा बाढीले सरदर दश अर्बको क्षति पु¥याउने गरेको छ । बाढीले सबै क्षेत्रमा क्षति पु¥याउने गरेको छ । सबै क्षेत्रको क्षतिको वास्तविक मूल्याङ्कन चाहिं आर्थिक मात्र हुन सक्दैन । आर्थिक क्षेत्र नै सबै कुरो होइन । मानसिक क्षतिको मूल्याङ्कन कसरी गर्ने ? अत्यधिक बाढीले कैयौं परिवारको घर भत्किन्छ । घर भत्किंदा कति गरीब बालबालिकाको सपना त्यतिकै भङ्ग हुन्छ । कति विपन्न बालबालिकाको पढाइ समाप्त हुन्छ । अन्य धेरै क्षेत्रमा यस प्रकारको क्षति हुन्छ ।
    बाढीले भौतिक संरचनामा सबैभन्दा बढी क्षति पु¥याउँछ । मुख्यतया एक दुई वर्ष यता बनेका नयाँ सडकले बढी क्षति पु¥याउने र सडकलाई बढी क्षति पुग्ने हुन्छ । सडकको कारण गाउमF पानी पस्ने र सडक नै बढी क्षति हुने कारण चाहिं आप्mनै ठाउँमा छ । सडकले पानीको निकास नदिने हुनाले यस प्रकारको समस्या आउने गरेको हो । सडक बनाउँदा हरेक सय मिटरमा अनिवार्यरूपमा पानीको निकास दिने वा कुनै पनि सडकलाई दुई फिटभन्दा अग्लो नबनाउने हो भने वास्तवमा बाढीले यतिको क्षति पु¥याउन सक्दैन ।
    विकासलाई बाढीले बगाउने निरन्तरतासँगै विकासको काममा प्रत्यक्ष सरोकार राख्नेहरूको आलोचना पनि बढ्ने गरेको छ । यो स्वाभाविक पनि हो । जुनसुकै कामको सकारात्मक र नकारात्मक प्रतिफल सम्बन्धित पक्षले नै पाउने गरेको छ । एउटा अर्को प्रवृत्ति हाम्रो समाजमा स्वाभाविकरूपमा देखिन्छ कि राम्रो काम गरे पनि आलोचना हुन्छ र नराम्रो काम गरे पनि प्रशंसा हुन्छ । अन्धसमर्थन गर्ने वा अन्धविरोध गर्ने प्रवृत्ति हाम्रो समाजबाट हट्न सकेको छैन । बाढीले धेरै क्षति पु¥याउँछ, जसले गर्दा विकासको ठेकेदारहरूको आलोचना स्वाभाविक हुन्छ ।
    पहिले पनि बाढी आउँथ्यो तर अहिलेको जस्तो क्षति हुँदैनथ्यो । अथवा पहिले क्षति भए पनि यति प्रचारप्रसारमा आउँदैनथ्यो । अहिले पनि पहिलेका नदीहरूको बहावको कथा सुन्दा र नदीका पदचापहरू सुन्दा यस्तो लाग्छ कि नदीको विस्तार क्षेत्र धेरै थियो । बरु अहिले नदी केही हदसम्म नियन्त्रण भएको देखिन्छ । पहिले जनसङ्ख्या धेरै थिएन, यसकारण बस्ती पनि धेरै थिएन । बस्ती धेरै नहुँदा बाढीले धेरै क्षति पु¥याउन पाउँदैनथ्यो । अथवा बाढीले जनधनको क्षति पु¥याउने गरेको भए पनि अहिलेको जस्तो आधुनिक सञ्चारमाध्यमको विकास भइ नसकेको हुनाले घटनाहरू बाहिर आउन पाउँदैनथ्यो ।
    जताततै बस्तीको विस्तार र सडक सञ्जालको विकासले बाढीको पानीको वास्तविक बहावलाई रोकिदिएको छ । पानीको स्वाभाविक गति रोकिएपछि कृत्रिम बाटो अपनाउन बाध्य हुँदा बाढीको भेलले गाउँ, सडक र अन्य सबै कुरा जे उसको बाटोमा आउँछ भत्काउँछ, बगाउँछ र लैजान्छ । यसले गर्दा पहिलेभन्दा बढी जनधनको क्षति भएको देखिएको हो । देखिएको मात्र होइन, भएको पनि हो ।
    हरेक जिल्लामा ठूलो र सानो नदी अवश्य छ । बाढीको समयमा नदीको धारमा मात्र पानी अटाउँदैन । पानीको बहाव नदीभन्दा बाहिर आएपछि स्वाभाविक गतिमा बहने ठाउँको अभाव हुन्छ । जताततै ठूला सडकहरू निर्माण भएका हुन्छन् । सडकले पानी रोक्छ । सडकले पानी रोक्ने भएपछि गाउँ पस्नु स्वाभाविक हो र गाउँ तथा बालीलाई डुबाउनु स्वाभाविक हो । पानीको गति तीव्र भएपछि जनधनको क्षति हुनु स्वाभाविक हो । हरेक वर्ष बाढीले ठूलो क्षति पु¥याइरहेको छ । जसमा पानीको तीव्र गति नै मुख्य कारक रहेको देखिन्छ ।
    नदीमा तटबन्ध लगाइने र नदीले तटबन्ध भत्काउने गरेको हुन्छ । नदीले तटबन्ध भत्काउँदा अझ धेरै क्षति पुगेको देखिन्छ । यसकारण नभत्किने तटबन्ध बनाउनु अबको आवश्यकता रहेको छ । नभत्किने तटबन्धको निर्माण कसरी गर्ने ? यस प्रश्नको उत्तरको लागि सबैभन्दा पहिले भत्किने तटबन्ध कस्ता छन् भनेर हेर्दा स्पष्ट हुन्छ । वास्तवमा वाग्मती र लालबकैयालगायत नदीमा लगाइएका तटबन्ध हेर्दा कस्तो अनुभूति हुन्छ भने यसमा जति खर्च भएको छ, यसले अन्ततः बाढी नआउँदासम्मको लागि सुरक्षा गर्ने मात्र हो । अर्थात् अहिलेको तटबन्धले मनोवैज्ञानिक सुरक्षा पनि दिन सक्दैन र तटबन्धको सिर्जनात्मक उपयोग पनि हुन सकेको छैन । तटबन्ध निर्माण हुनुभन्दा पहिले बाढी र गाउँको खतराको जति डर हुन्थ्यो, तटबन्ध निर्माणपछि यही डर सर्वसाधारणमा पहिलेभन्दा बढी  देखिन थालेको छ ।
    वास्तवमा तटबन्धको निर्माण विस्तृत योजना अनुसार हुनुपर्छ । तटबन्धलाई कुनै पनि हालतमा बाढीको पानीले नाघ्न नसकोस् । नदीमा आउने बाढीको पानीको उचाइ साधारण जमीनको सतहमा सातदेखि आठ फिटसम्म हुन्छ, त्यो पनि ठूलो बाढीको समयमा । जहाँ कटान गरेको हुन्छ, त्यहाँ यदि राम्ररी हेर्ने हो भने जमीनको सतहदेखि पानीको निकास हुने ठाउँ हुन्छ । अर्थात् जहाँबाट पानीको निकास हुन्छ, त्यहाF नै नदीले कटान गरेको हुन्छ ।  नदीले दायाँ वा बायाँ धार परिवर्तन गरेर जाँदा आप्mनो बहावको गहिराइभन्दा नयाँ कटान गर्दा पाँच फिटसम्म गहिरो कटान गरेको हुन्छ । यसबाट यो सिद्ध हुन्छ कि ठूलो बाढीको समयमा नदीको गहिराइदेखि पानीको उचाइसम्म बाह्र–चौध फिटसम्म पानी हुन्छ । कतिपय साना खोलाहरू गहिरा पनि हुन्छन्, धेरै गहिरा खोलाहरूमा पानीको यो नाप बढ्ने पनि हुन्छ । यस प्रकारका साना खोलाहरूले धेरै कटान गरेको पाइँदैन जति ठूला नदीहरूले गर्दछन् । बाढीले विशाल चौडाइ ओगट्ने हुनाले विशाल देखिएको हो ।
    तटबन्धको निर्माण गर्दा तटबन्धको माथिल्लो भाग कम्तीमा पच्चीस मिटर चौडा हुनुपर्दछ । पच्चीस मिटर चौडा हुँदा चलनचल्तीको भाषामा तीन लेनको फराकिलो सडक हुन पुग्छ । तटबन्धको माथिल्लो भाग पच्चीस मिटर चौडा गर्न त्यसको तल्लो भाग कम्तीमा पैतीस मिटर चौडा हुनु आवश्यक हुन्छ । यसैगरी तटबन्धको उचाइ कम्तीमा पच्चीस मिटर अग्लो हुनुपर्छ । जमीनको सतहदेखि पन्ध्र मिटर तलदेखि पैतीस मिटर चौडा तटबन्ध निर्माण गर्दै जमीनको सतहदेखि दश मिटर अग्लो गरी जम्मा पच्चीस मिटर अग्लो र पच्चीस मिटर चौडा/फराकिलो तटबन्ध निर्माण गरेपछि तटबन्धको माथिल्लो भागलाई पक्की सडकको रूपमा बनाउने हो भने यो सदाको लागि सुरक्षित हुन्छ । तटबन्ध निर्माण गर्दा नै यसको माथिल्लो भागमा फराकिलो र बलियो सडक निर्माण हुन्छ भन्ने हेतु राख्ने हो भने तटबन्धको निर्माण स्वतः बलियो हुन्छ । यसैगरी तटबन्ध निर्माणपश्चात् त्यसमाथि पक्की सडकको निर्माण गर्ने हो भने कम्तीमा दुई फिट थप अग्लो हुने हुन्छ । सडकको दुवै किनारालाई पनि सुरक्षित बनाउन सकिन्छ । सम्पूर्ण तटबन्धभरि सडकको दुवै किनारलाई बलियो बारले रोक्नुपर्छ जसले कुनै सवारी साधनले ठक्कर हान्दा पनि सामान्यता नभाँचियोस् र बाढी वा खाल्टोमा कसैको ज्यान नजाओस् । तटबन्धबाट सडक निर्माण भएपछि तटबन्धको सुरक्षा बाह्रै महीना हुन्छ । तटबन्ध सुरक्षित रहिरहन्छ र बलियो सडक पनि सर्वसाधारणले पाउँछ । नदी किनारको जीवनमा गतिशीलता र बहुआयामिकता थपिन्छ । आन्तरिक पर्यटनमा पनि निकै ठूलो सहयोग हुन्छ । नदी समस्या बन्दैन ।
    नदी किनारमा तटबन्ध निरन्तर भत्किने र हरेक वर्ष तटबन्ध निर्माणको चिन्ता रहिरहने क्षेत्रका बासिन्दालाई नै राम्रो र बलियो तटबन्ध कस्तो हुन्छ भनेर सोधेपछि यस प्रकारको उपाय बताएका हुन् । प्राविधिक कुरा त हाम्रा प्राविधिकहरूलाई नै थाहा होला । यद्यपि ग्रामीण सोचाइ नै राम्रो वा वैज्ञानिक हो भन्ने होइन तर विचारणीय भने अवश्य छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नदी कटानको स्थायी समाधानका लागि
नदी कटानको स्थायी समाधानका लागि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-fcPvEh17I-R6_AlD7u2-Row9wddKxHLrMYLkSSLVLcm9ev7-9onhV5rl4pf2lK0IwoYtf8r7X85snA9SnP5roKAOo1vDKnLjev2F8rkmpso3v7vKX13__O0sEGWVknVQ_3pQHYsvLXNq/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-fcPvEh17I-R6_AlD7u2-Row9wddKxHLrMYLkSSLVLcm9ev7-9onhV5rl4pf2lK0IwoYtf8r7X85snA9SnP5roKAOo1vDKnLjev2F8rkmpso3v7vKX13__O0sEGWVknVQ_3pQHYsvLXNq/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/07/blog-post_254.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/07/blog-post_254.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy