प्रस, वीरगंज, १२ असार/
घरेलु तथा साना उद्योग कार्यालय, पर्सा, वीरगंजको आयोजनामा रानीसति अतिथि सदन वीरगंजमा सञ्चालित पाँच दिने बजार मेला व्यावसायिक उत्सवको आज समापन भएको छ ।
मेला समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, पर्साका संयोजक नेकमहम्मद मियाँले महिला उद्यमशीलतालाई लक्षित गरेर आयोजना गरिएको मेला फलदायी साबित भएको दाबी गरे । उनले महिलाहरूले आप्mनो सीप मेलामार्पmत बजारमा ल्याउने अवसर पाएको बताए । उनले सीप सिकेका महिलाहरूलाई आप्mनो उत्पादन घर व्यवहार, बजारमा ल्याउँदा लाभदायी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्F श्याम बन्जाराले सीप अनुसार उत्पादन कार्यमा संलग्न रहन सुझाव दिए । उनले महिलाहरूले विभिन्न सीपको तालीम लिने तर व्यवहारमा लागू नगर्दा तालीम फलदायी नभएको र सीप बाँझो लागेको बताए ।
वुमन स्किल सेन्टरकी अध्यक्ष्F चञ्चला दासले बजार मेला व्यावसायिक मेलाले महिला उद्यमीहरूलाई ऊर्जा प्राप्त भएको बताइन् । उनले पहिलो मेला भएकोले उत्साहप्रदरूपमा बिक्री–व्यवसाय नभए तापनि महिलाहरूले उत्पादन गरेको सामग्रीको अवलोकन गरी उनीहरूलाई प्रोत्साहन गर्न मेला आयोजना भएकोमा खुशी व्यक्त गरिन् । उनले सबै महिलालाई सीप अनुसार उत्पादनमा संलग्न रहेर व्यवसायलाई अगाडि बढाउन आग्रह गरिन् ।
घरेलु तथा साना उद्योग कार्यालय, पर्साका प्रमुख रीमा सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, प्राण मेहतालगायतले मन्तव्य व्यक्त गरेका थिए ।