डा. अभिषेक अहिले युवा न्युरो सर्जनमा नयाँ नाम हो । उनले यस विधामा लामो अध्ययन र विशेषज्ञता हासिल गरेका छन् । विशेष विज्ञताप्राप्त व्यक्तिहरू नेपाल छाडेर विदेश पलायन भइरहेको नेपाली परिप्रेक्ष्यमा डा अभिषेक भने अमेरिकाबाट नेपाल फर्केका छन् । उनी आप्mनै देशमा बसेर आप्mनो देशवासीको सेवा गर्न उत्सुक छन् । उनको परिवारसँग घनिष्ठताको नाताले उनको यस निर्णयले मलाई आकर्षित गरेको हुँदा उनीसँग टेलिफोन वार्ता गर्दै उनका विचारहरू प्रस्तुत गरेको छु–
० डा. अभिषेक, तिम्रो अध्ययनको विषय, तिमी को हौ र किन विदेशको प्रचुर अवसर छाडेर नेपाल आयौ, बताइदेऊ
ं– म डा अभिषेक, वीरगंज मनपा– निवासी रामाज्ञा चतुर्वेदीको पुत्र हुँ । मैले अल इन्डिया इन्सिटच्युट अफ मेडिकल साइन्स, नयाँ दिल्लीबाट एबिबिएस गरें । संयुक्त राज्य अमेरिकामा जेनरल सर्जरीमा स्नातकोत्तर तालीम लिएको छु, बङ्गलादेशको बिएसएमएमयुबाट न्युरोसर्जरीमा एमएस गरेर अमेरिकामा एक वर्षे क्लिनिकल न्युरोसर्जरी फेलोशिप हासिल गरेको छु । अमेरिकाबाट दुई वर्षे मेरुदण्ड र नसासम्बन्धी फेलोशिप प्राप्त गरेको छु ।
म २०१८ को मध्यमा आप्mनो देशवासीको सेवा गर्न नेपाल फर्किएँ । मैले आप्mनो कामलाई पेशाभन्दा समाजसेवाको रूपमा ग्रहण गरेको छु । कुनै बिरामी जब उपचारपछि अस्पतालबाट खुशी भएर, अनुहारमा मुस्कान लिएर फर्केको हेर्छु, मलाई अपार सन्तुष्टि हुन्छ । मेरा लागि बिरामीको उपचार ईश्वरको सेवाजस्तै हो । रोगीको शारीरिक रोगको जाँच र उपचार गर्नुका साथै उसको पवित्र मनले हेरचाह गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई फुर्सदको बेला रोगीलाई मस्तिष्क वा मेरुदण्डको एमआरआई/सिटी स्क्यान देखाएर रोगको कारण र निवारणबारे सामान्य जनले बुझ्ने भाषामा परामर्श दिन मन पर्छ । ब्रेन ट्युमर, पक्ष्Fाघात र पिठ्युँ दुखाइबारे रोगीहरूलाई प्रकाशित सामग्रीहरू दिन्छु ।
० एउटा विशेषज्ञ डाक्टरले यति समय रोगीलाई दियो भने अरू बिरामीको जाँच कसरी हुन्छ ?
– किनकि थुप्रै रोगीलाई आधा–अधूरो उपचार दिनु र रोगबारे उनीहरूलाई समुचित जानकारी नदिनु मलाई नैतिक लाग्दैन । त्यसको साटो एउटालाई पूर्ण र समुचित उपचार दिनु उपयुक्त हो । त्यसैले म पश्चिमा गुणस्तरको सर्जरी र उच्च कोटीको हेरचाहलाई प्राथमिकता दिन्छु । म आध्यात्मिक उपचार र जडीबुटीहरूको चमत्कारी शक्तिमा पनि विश्वास गर्दछु । मेरो चिकित्सकीय शुल्क न्याययुक्त पनि छ किनकि म ठान्दछु रोगी त लाचार हुन्छ, उसको सबै खर्च उसको परिवारले बेहोर्नुपर्छ । युएसएमा मैले न्युरोसर्जरीसम्बन्धी तालीमको क्रममा यस क्ष्Fेत्रमा जुन व्यापक अनुभव प्राप्त गरें त्यसबाट मलाई विश्वास छ म विश्वस्तरको उपचार दिन सक्छु ।
० अचेल बजारमा औषधिहरूको ब्रान्ड अनुसार मूल्य हुन्छ । तिमीले गर्ने रोगको मुनासिब उपचारशुल्क लिए पनि, औषधि त महँगो हुन्छ ।
– म जेनेरिक औषधिमात्र लेख्दछु । कुनै डाइग्नोस्टिक केन्द्रबाट उपहार लिन्न, बिरामीले आपूmखुशी जुन केन्द्रबाट अधिकतम छुट पाउँछ, परीक्ष्Fण गराए हुन्छ । सिटीस्क्यान, एमआरआईजस्ता अन्य परीक्षणमा यसरी बिरामीलाई फाइदा हुन्छ । अहिलेका प्रायः अस्पतालको चलनजस्तै पोस्ट अपरेटेड बिरामीको निरीक्षण गर्दा प्रत्येकपटक शुल्क पनि लिन्नँ । मैले शुल्क पाएँ कि पाइनँभन्दा पनि मैले अपरेशन गरेको बिरामीको हेरचाहलाई म आप्mनो उच्च दायित्व मान्दछु । मेरा बिरामीको, यदि उनको अवस्था सहज छ भने म भर्ना भएको भोलिपल्टै अपरेशन गरिदिन्छु र कुनै शङ्का छैन भने भोलिपल्ट डिस्चार्ज पनि गरिदिन्छु । अनावश्यक अस्पतालमा राखेर बिरामीको खर्च बढाउन चाहन्न ।
० यस्तो भावना त कसैले आप्mनो जन्मस्थानको लागि मात्र गर्न सक्छ, होइन र ?
– म वीरगंजकै माटोमा जन्मेको हुँ । यद्यपि म वीरगंजमा बस्दिनँ, काठमाडौंमा प्राक्टिस गरिरहेको छु । मेरो महान् पारिवारिक विरासतले मलाई वीरगंजवासीको सेवा उच्च लगन र समर्पणभावले गर्न उत्प्रेरित गरिरहन्छ । साँच्चै भन्ने हो भने पारिवारिक बाध्यताले मात्र, म वीरगंज आउन सकिरहेको छैन ।
० यो के कुरा भयो ? सेवा गर्न पनि चाहन्छु तर आउन पनि सक्दिनँ १
– जे भए पनि म आप्mना पितृ–भूमिका मानिसहरूको सेवा गर्न तत्पर छु । त्यसका लागि पर्सा र बाराका त्यस्ता व्यक्ति जसको सम्बन्धित बिरामीको अपरेशन गर्नुपर्नेछ, तिनका लागि विशेष प्याकेज बनाएको छु । यसले उचित शुल्कमा उनीहरूलाई उच्चतम हेरचाह प्राप्त हुनेछ । यो ‘प्रवेश–डिस्चार्ज’ शुल्क हुनेछ, अर्थात् अस्पतालमा भर्ना हुँदादेखि डिस्चार्जसम्म, जुन निकै किफायती हुनेछ ।
० तिमी अहिले कुन अस्पतालमा काम गर्दैछौ ?
– म अहिले ब्लू क्रस अस्पताल काठमाडौको पूर्णकालिक सिनियर कन्सल्टेन्ट न्युरोसर्जन हु ।