प्रस, परवानीपुर, १३ असार/
बारामा एक साताभित्रै दुईवटा बलात्कारका घटना भएका छन् । १४ वर्षीया बालिकालाई आप्mनै बुबाले बलात्कार गरेको घटना सेलाउन नपाउँदै अर्काे घटना सतहमा आएको छ ।
पहिलो र दोस्रो घटना बारा निजगढ नगरपालिकाभित्र भएको हो । पहिलो घटनामा आप्mनै घरमा सुतिरहेको अवस्थामा रक्सी खाएर ४२ वर्षीय बुबा तीर्थबहादुर सुनारले आप्mनै छोरीको बलात्कार गरेका थिए । फेरि अर्को घटना सार्वजनिक भएको छ । बुबा र छोरा मिलेर एक १२ वर्षीया बालिकालाई विगत डेढ वर्षदेखि आलोपालो बलात्कार गर्दै आएको खुलासा भएको बारा प्रहरीले जनाएको छ ।
निजगढ नगरपालिका वडा नं ४ कछडिया टोल बस्ने वर्ष ४० का मीनबहादुर माझी र १९ वर्षीय रिकेश माझीलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणीको आरोपमा ५ दिनको म्याद थमाइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पीडितको परिवारले असार ११ गते प्रहरीमा जाहेरी दिएको थियो । जाहेरीको आधारमा सोही दिन अभियुक्त दुवैजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको इप्रका निजगढका प्रहरी नायब निरीक्षक विजयदास बानियाँले जानकारी गराए ।
पीडित बालिका पक्राउ परेका मीनबहादुरको काकाकी छोरी अर्थात् बहिनी र रिकेशको फुपू पर्ने प्रहरीले जनाएको छ । पीडित बालिकाकी आमा अर्कैसँग बिहे गरी गइसकेकी र बुबा वैदेशिक रोजगारमा छन् । उनको संरक्षण गर्ने हजुरआमाको पनि निधन भइसकेकोले उनी एक्लै घरमा बस्दै आएकी थिइन् । एक्लै घरमा सुतिरहेको अवस्थामा कहिले बुबाले त कहिले छोराले बलात्कार गर्दै आएको पीडित बालिकाले प्रहरीमा बयान दिएकी छन् ।
पछिल्लोपटक असार ८ गते बालिकाको दाइ पर्ने मीनबहादुरले र गत जेठ २० गते भदा पर्ने रिकेशले राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।
यस्ता घटनाले अति दुःखित बनाएको मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरूले बताए । अधिकारकर्र्मीहरूले अभियुक्तहरूलाई हदैसम्मको सजायको माग गरेका छन् ।