केही गर्नुको नाम ‘कर्म’ हो तर जुन बुद्धिपूर्वक गरिन्छ, वास्तवमा कर्म त्यसैको नाम हो । त्यस्तै, कुनै पनि हरकतको नाम क्रिया हो । कर्म पनि एक क्रियारूप हो तर जुन क्रिया उद्देश्यपूर्वक गरिन्छ वा हुन्छ, त्यसैलाई वास्तवमा कर्म भनिन्छ । यो चार प्रकारको हुन्छ–
१. शुक्ल, २. कृष्ण, ३ शुक्ल–कृष्ण, ४. अशुक्ल–कृष्ण ।
शुक्ल– जसले संसारमा सुखलाई उत्पन्न गर्छ, त्यो पुण्यरूप शुक्ल, स्वच्छ वा शुभ कर्म भनिन्छ ।
कृष्ण– जसले दुःख दिन्छ वा दुःख उत्पन्न गर्ने कर्म गर्छ वा हुन्छ, त्यो सब पाप–कर्मरूप कृष्णकर्म भनिन्छ ।
शुक्ल–कृष्ण– जुन मिश्रित कर्म पुण्य–पाप दुवै गर्छ, त्यसलाई शुक्ल–कृष्ण भनिन्छ । केही यसमध्ये धेरैको भलोको लागि गरिन्छ । त्यसमा सुख बढी, दुःख कम हुन्छ र जसमा आप्mनो सार्थ बढी, तर अरूको भलाई अल्प हुन्छ, यसबाट दुःख बढी हुन्छ, सुख कम । यो कर्म सबै शुक्ल–कृष्ण भनिन्छ । यस्ता कर्ममा हिंसा, असत्यादि–यो पापको अंश हो । तर अरूको हित पनि यसबाट भएको कारणले पुण्यरूप पनि छ । धेरैजनाको हितको लागि कसैले दुष्ट जीवलाई दण्ड दिन्छ । यसबाट धेरैजनाले सुख पाउँछन् । यस प्रकार पुण्यरूप र हिंसाबाट मिश्रित भएको कारण पापरूप हुनाले यही मिश्रित कर्म शुक्ल–कृष्ण हुन्छ ।
अशुक्ल–कृष्ण– यो त्यो कर्म हो, जसले मोक्ष दिन्छ । वैराग्य, क्षमा, शील, सन्तोष, त्याग, तप इत्यादि अरू पनि मैत्री, करुणा, मुदिता, उपेक्षा, क्षमा, शील, दान, ध्यान, समाधि एवं प्रज्ञा आदि गुणहरू उब्जिनु– यी सबै अशुक्ल–कृष्ण कर्म हुन् । विना बाह्य उद्देश्यको स्वार्थलाई त्यागेर निष्काम भावबाट जुन पनि कर्म गरिन्छ, त्यो चाहे शरीरबाट होस् वा इन्द्रियबाट, सबै अशुक्ल–कृष्ण नामबाट मोक्षशास्त्रमा बताइएको छ । न बढी दुःखमा रहनु र न बढी सुखमा, युक्ति–युक्त मध्यमार्गको चर्चा पनि सबै यसै श्रेणीका पुण्य कर्म हुन् ।
यी सबै प्रकारका कर्म तीनरूपमा मनुष्यको अन्तःकरणमा बसिरहन्छन् । सञ्चित, आगामी र प्रारब्ध रूपबाट क्रमशः यी तीन प्रकारका हुन्छन् । जुन यसमध्ये यस कायाको आरम्भ गरेर सुख–दुःख रूप फल दिन प्रस्तुत हुन्छ, यसैलाई प्रारब्ध कर्म भनिन्छ र जुन अहिले भइरहेको छ र पछि गएर फल दिन्छ, त्यसलाई आगामी भनिन्छ । जुन शेष परेको छ, मनमा सञ्चितरूपबाट एकत्र भएको भोग्न अहिले आएको छैन र न कुनै शीघ्र अगाडि भोग्नमा आउने अवकाश नै हो । त्यो सबै अनन्त समयबाट एकत्र भएको सञ्चित रूप कर्मको कक्ष्Fामा परिरहन्छन् । यही सबै सञ्चित कर्म भनिन्छ । यो पनि आपैंm परिरहन्छ र कहिल्यै नष्ट हुँदैन । केवल ज्ञानको अग्निबाट नै दग्ध हुन्छ, जुन कि आत्मासाक्षात्कार रूप हो । यो साक्षात्कार सबै बन्धनहरू (अविद्या आदि १० बन्धन)को पूर्णतया नष्ट भएपछि मात्र हुन्छ र त्यसबाट सबै कर्म जलेर भस्म हुन्छ ।
वर्तमान दुःख–सुखको भागबाट त केवल प्रारब्ध नै समाप्त हुन्छ र शेष कर्मजाल त त्यस ज्ञानाग्निबाट नै समाप्त हुन्छ । हुन सक्छ कोही एकजना यति परिश्रम यस संसारमा रहेर गर्न सक्छ, जसबाट उसको सूक्ष्म क्लेश पनि मैत्री आदि बलको प्रबल भावनाबाट नष्ट हुन्छ र प्रतिप्रसव (क्लेशहरूको विपरीत उत्तम गुण उब्जाउँदा)द्वारा उसको मैत्री आदिबाट नै नवीन पुण्य उदय हुन्छ र प्रथमको भाग्य नै क्षीण भएर उसको ऐच्छिक चर्या अर्थात् इच्छानुसार शुद्ध जीवनको विभूति पाउने–रूप फलको प्राप्ति गर्छ र त्यो पूर्णकाम–रूपबाट जबसम्म चाहन्छ, यस संसारमा विहार गर्छ र आप्mनैमा देहत्यागपर्यन्त पूर्ण सामथ्र्य राख्छ र उसैको साथ रहन्छ र कुनै पनि विपत् पर्न दिंदैन । तर यस्ता व्यक्ति पुनः पुनः अवताररूपबाट नै आदृत हुन्छन् । यदि त्यो जगत्मा प्रकट हुन्छ भने, यदि प्रकट भएन भने, सिद्धरूपबाट सिद्ध कायामा गुप्त भलै रहन्छ । सबैमा उसको प्रकट हुने अतीव कठिन हुन्छ । अस्तु १ मनुष्यले यति माथिको स्थितिमा रहन लालायित रहनुहुँदैन, तर मोक्षको साधन गर्दागर्दै सारा जीवन धर्मबाट नै व्यतीत गर्नु उचित हो । जुन
भाग्यबाट आएको छ, त्यसमा विवेकलाई जाग्रत राख्ने तथा स्मृति र मनको उपस्थिति राख्नुपर्छ । विपरीत
केही हुन नदिने । भाग्य क्षीण हुन्छ वा हुँदैन, यस चक्रमा कहिल्यै नपर्ने । मोक्षप्राप्ति त आप्mनै साधनबाट अवश्य हुनेछ ।