प्रस, वीरगंज, १२ असार/
कर्मचारी सञ्चय कोष, हेटौंडाको आयोजनामा कोषको सेवा सुविधा, समसामयिक विषय र फाँटवारीसम्बन्धी एक दिने अन्तत्र्रिmया वीरगंजमा सम्पन्न भएको छ ।
त्रिजुद्ध माविको सभाहलमा सम्पन्न कार्यक्रममा अहिलेसम्म कोषले नेपाल सरकारका कर्मचारीहरूलाई केकस्तो सहयोग गर्दै आएको छ भन्ने विषयमा प्रकाश पारेको थियो ।
कार्यालय प्रमुख सागरकुमार सिंहले कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका कर्मचारीहरूको श्रमबाट स्थापित कर्मचारी सञ्चय कोष अहिले विभिन्न सेवा सुविधा लिएर आएको बताए ।
संविधानले तोकेको अधिकार सुनिश्चित गर्दै कोषले देशभरिका कर्मचारीलाई विभिन्न किसिमका ऋण दिने, बिरामी भएमा उपचार खर्च, अन्य सेवा सुविधा दिने विषयमा प्रस्ट पारेका थिए ।
कार्यालय प्रमुख सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ नेत्रबहादुर शर्मा, कोष नियन्त्रण लक्ष्मीप्रसाद पौडेल, शिक्ष्Fा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, हरेन्द्र कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यालय प्रमुख, लेखा अधिकृत, सञ्चयकर्तालगायतको उपस्थिति थियो ।