प्रस, वीरगंज, १३ असार/
भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहयोगमा ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर, मलङ्गवाको आयोजनामा शुक्रवार वीरगंजमा आयुर्वेदको अवसर तथा चुनौती विषयमा गोष्ठी भएको छ ।
गोष्ठीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अखिल भारतीय आयुर्वेद संस्थान दिल्लीका प्रा पिके प्रजापतिले आयुर्वेदिक औषधिको प्रयोग स्वास्थ्यको लागि उपयुक्त भएको दाबी गरे । उनले आयुर्वेदिक उपचार पद्धति विश्वमैं लोकप्रिय हुँदै गएको बताए ।
उनले योग विधासँग जोडेर आयुर्वेदिक पद्धतिबाट हुने उपचार निकै फलदायी भएको र यसप्रति आममानिसको आकर्षण बढेको बताए । उनले प्लास्टिकको बोतलमा पिउने पानीको प्रयोग विश्वका समृद्ध देशहरूबाट हराइरहेको अवस्थामा भारत, नेपालमा यसको प्रयोग बढेकोमा चिन्ता व्यक्त गरे । उनले पानीको शुद्धीकरण आयुर्वेदिक पद्धतिबाट पनि उपचार गर्न सकिने बताए । कम खर्चमा यो विधि प्रयोग गर्न सकिने हुनाले मिनरल वाटरको प्रयोग अबको दिनमा आवश्यक नरहेको बताए ।
पेट्रोलियम पदार्थसरह पानीको पनि आगामी दिनमा अभाव हुनेतर्पm सङ्केत गरे । उनले जनसङ्ख्या वृद्धिसँगै पानीको खपतमा व्यापक वृद्धि भइरहेकोले आगामी दिनमा यसको अभाव हुन सक्ने भएकोले त्यसतर्पm सजग र सतर्क हुनुपर्ने तर्क गरे । प्रा प्रजापतिले नेपालमा पनि आयुर्वेदिक पद्धतिबाट उपचारको लागि स्थानीय, प्रदेश र सङ्घ सरकार क्रियाशील देखिएको बताए ।
गोष्ठीमा महावाणिज्यदूत बिसी प्रधान, डा राकेश सिंह, डा देवेन्द्र पाण्डे, डा उदयनारायण सिंह, डा मनीष सिंह, डा रमेश मिश्र, डा गोपीचन्द, डा कोटराज स्वामीलगायतले आयुर्वेदिक औषधिको प्रयोगले स्वास्थ्यमा कुनै प्रकारको प्रतिकूलता नहुने बताए । उनीहरूले बढ्दो एलोपैथी औषधिको प्रयोगमा कमी ल्याएर आयुर्वेदिक चिकित्सा विज्ञानलाई अँगाल्दा मानिसको स्वास्थ्यमा अझ बढी सकारात्मक प्रभाव पर्ने सुझाव दिएका थिए ।