प्रस, वीरगंज, १४ असार/
प्रदेश नं २ का पर्यटकीय क्षेत्रको विकासको लागि नेपाल पर्यटन बोर्डको आयोजनामा शनिवार वीरगंजमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आगामी वर्षको लागि नेपाल पर्यटन बोर्डले ल्याउन लागेको बजेट तथा कार्यक्रमबारे प्रदेश नं २ का पर्यटन क्षेत्रसँग आबद्ध सङ्घसंस्थाका प्रतिनिधि एवं सरोकारवाला पक्षहरूसँग अन्तत्र्रिmया गरिएको थियो ।
ओझेलमा परेको मधेसका ऐतिहासिक तथा धार्मिक महŒवका पर्यटकीयस्थलहरूको प्रवद्र्धन गरी भ्रमण नेपाल २०२० लाई सफल बनाउन सकिने बोर्डका अधिकारीहरूको भनाइ थियो ।
बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले यहाँका पर्यटकीय स्थलहरूमा विदेशी पर्यटकहरूको आगमन बढाइने बताउँदै पर्यटन बोर्ड अहिले विविध समस्याबाट गुज्रिरहेको कारण सोचे जति काम हुन नसकेको खुलासा गरे । तराई–मधेस खुल्ला सीमा नाका भएकोले भारतीयलगायत तेस्रो मुलुकका पर्यटकहरूलाई भिœयाउन तीन तहका सरकारको ध्यान पुग्नुपर्ने उनले जोड दिए ।
विदेशी पाहुना भिœयाउन मधेसका ऐतिहासिक धरोहरहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने ठोकुवा गर्दै वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले यसतर्पm पर्यटन बोर्डको ध्यानाकर्षण हुनु खुशीको कुरा भएको बताए । खुल्ला सीमा नाकामा पर्यटकको समस्यालाई निराकरण गर्न पर्यटन कानून र पर्यटन प्रहरीको खाँचो रहेको उनले बताए ।
सो अवसरमा उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का वरिष्ठ उपाध्यक्ष अशोक बैदले भोजपुरी, मैथली, थारू तथा अन्य जातजातिको बसोबास भएपनि उनीहरूको लोक परम्परा र संस्कृतिको अन्य प्रदेश सरह प्रचारप्रसार हुन नसकेको भन्दै यसको निम्ति पर्यटन महोत्सवको आवश्यकता औंल्याए ।
कार्यक्रममा भिजिट मधेस नेपाल अभियानका संयोजक ओमप्रकाश सर्राफले प्रदेश नं २ मात्र नभई तराई–मधेसका २२ वटै जिल्लालाई जोड्दै पर्यटकीय धरोहरहरूलाई विश्व बजारमा चिनाउन डिजिटल माध्यमबाट आपूmहरू लागिपरेको चर्चा गरे ।
होटेल तथा पर्यटन व्यवसायी सङ्घका प्रदेश महासचिव मोहनप्रसाद लामिछानेले हाल भएका पूर्वाधार, पर्यटकीय सडकका रूटहरू, होटेल तथा टुरिज्म कलेज टे«निङ सेन्टरको विकास तथा यहाँका लोक सांस्कृतिक झल्काउने पक्षहरूमा बोर्डलाई ध्यान दिन आग्रह गरे ।
सङ्घ पर्साका अध्यक्ष हरि पन्तले प्रदेश नं २ पर्यटकीय दृष्टिकोणले पिछडिएकोले उकास्नका निम्ति नेपाल पर्यटन बोर्डले यस क्षेत्रका लागि विशेष कार्यक्रम ल्याउन सुझाव दिए ।
सो अवसरमा वीउवासङ्घका उपाध्यक्ष सुबोध गुप्ता, बाराका होटल व्यवसायी युवराज लामा, अवधेशलाल दासलगायतले मन्तव्य व्यक्त गरेका थिए ।