प्रस, वीरगंज, १४ असार/
रक्त सञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएपछि शनिवार वीरगंजमा ब्लोदानसँग आबद्ध आकस्मिक रक्तदाता क्लब तथा राजपा नेपाल पर्साले दुई छुट्टाछुट्टै स्थानमा आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट १७२ पिन्ट रगत सङ्कलन भएको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेयले बताए ।
राजपा नेपाल पर्साले रक्त सञ्चार केन्द्रमा गरेको आकस्मिक रक्तदानमा २ महिलासहित १०४ जनाले रक्तदान गरेको राजपाका महासचिव राजेशमान सिंहले बताए । कार्यक्रममा रमेश पटेल, मुकेश साह, रोशन कुमार, सलाउद्दीन मन्सुरी, प्रमोद महतो, समीर मियाँ धोबी, रवीन्द्र चौरसिया, नन्दकिशोर यादव, राजेन्द्र चौरसिया, जाफर अन्सारी, अफरोज आलम, सन्दीप गुप्ता, सुरेशमान सिंह, सद्दाम हुसेन, पैmयाज आलमलगायतले रक्तदान गरेका थिए । कार्यक्रममा राजपा पर्साका अध्यक्ष प्रेमबाबू पटेल, वीरेन्द्र यादव, सचिव उमेशलाल सहनी, मुस्लिम नेता खैरुद्दीन हवारी, युवा नेता अमित यादवलगायतको सहभागिता थियो ।
यसैगरी, आकस्मिक रक्तदाता क्लबले टिबडेवाला विवाह भवनमा आयोजना गरेको कार्यक्रममा ४ महिलासहित ६८ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।
कार्यक्रममा अरविन्द सिंह, प्रभाकर गुप्ता, राजन श्रीवास्तव, अनु श्रीवास्तव, सुजिता साह, नीरज साह, मनोज गुरुङ, महेश साह, अखिलेश साह, राजेन्द्र कुमार, सुशील ठाकुर, सुषमा महर्जन, करण यादव, विकेश पटेललगायतले रक्तदान गरेका थिए ।