प्रस, ठोरी, १३ असार/
ठोरी गाउँपालिका वडा नं १ को तेस्रो वडासभा शुक्रवार सम्पन्न भएको छ ।
सरस्वती चोकस्थित वडा कार्यालयमा आयोजित सभामा स्थानीयले आआप्mनो टोलबस्तीबाट योजना सङ्कलन गरेर ल्याएका थिए । यसरी ल्याइएको योजना गापाले वडालाई तोकिदिएको बजेटको सिलिङभन्दा धेरै बढी देखिएको सभाका सहभागीहरूले बताए ।
वडाबासीले आआप्mनो टोल क्षेत्रका अति आवश्यक योजनाहरू वडासभामा पेश गरेको वडाध्यक्ष रामप्रकाश कुँवरले बताए । वडाले ५०–६० लाख रुपैयाँको सीमाभित्र रहेर योजना छनोट गर्नुपर्ने बाध्यता रहेकोले विशेष प्राथमिकताको आधारमा योजना छनोट गरिने उनले बताए ।
सो अवसरमा वडाध्यक्ष कुँवरले वडास्तरमा सङ्कलित योजनालाई सम्बोधन गर्नका लागि वडा, गाउँपालिका, प्रदेश र केन्द्रीय तहसम्म समन्वय गरेर अघि बढ्ने बताए । कार्यक्रमका अधिकांश वक्ताहरूले वडाको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजनाहरू छनोट हुन सके वडाको समृद्धि र दिगो विकास हुने सुझाव दिएका थिए ।
सभामा स्थानीय बुद्धिजीवी टकबहादुर थापा, केशवप्रसाद रेग्मी, घनश्याम अधिकारी, सञ्चारकर्मी प्रेम लामा, सुशील अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । वडासचिव धनराज बोटले सहजीकरण गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, चितवन राष्ट्रिय निकुञ्जका पूर्व विकास परिषद् सदस्य मीनबहादुर गुरुड्ढो पनि सहभागिता थियो ।