प्रस, ठोरी, १६ जेठ/
दुई साता अघिदेखि अशान्त बनेको नेपाल–भारत सीमावर्ती ठोरी नाका क्षेत्रको वातावरण सहज बनाउने विषयमा नेपाल–भारतका सुरक्षा अधिकारी, स्थानीय जनप्रतिनिधि, स्थानीय अगुवाबीच बुधवार छलफल भएको थियो ।
गत जेठ २ गते भारतको भिखना ठोरी बजार गर्न गएका पाँचजना नेपालीको रवि साहको समूहले अपहरण गरी कुटपिट गरेपछि अशान्त बनेको ठोरी नाका क्षेत्रको वातावरण सहज बनाउने उद्देश्यले भिखना ठोरीस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको क्याम्पमा छलफल भएको हो ।
भारतको सहोदरा थाना प्रमुख धनञ्जयकुमार सिंहले हाटबजार गर्न भारतको भिखना ठोरी आएका नेपाली माथि ज्यानै लिने उद्देश्यले लाठीभाठाले कुटपिट गर्ने भारतीय नागरिक रवि साहमाथि मुद्दा दायर भइसकेकोले कारबाई प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । सहोदरा थाना प्रमुखको भनाइ उधृत गर्दै प्रनि पन्तले भने– हाटबजार गर्न आएका नेपालीमाथि साहको समूहले कुटपिट गरेर कानून हातमा लिने प्रयास गरेको देखिएकोले कारबाई हुने आश्वासन भारतीय पक्ष्Fले दिएको छ । नेपालीमाथि भएको घटनाले आपूmलाई दुःखित बनाएको भन्दै उनले सामान्य विषयलाई लिएर दुवै देशको सीमा क्षेत्रमा अशान्ति फैलाउन खोज्ने जो कोहीमाथि कारबाई हुने बताएका थिए ।
भारतीय सीमा सुरक्षा बल एसएसबीका इन्सपेक्टर मानवेन्द्र सिंहले नाका क्षेत्रमा बसोवास गर्ने दुवै देशका नागरिक सचेत हुनु जरूरी रहेको भन्दै भारतमा आउने कुनै पनि नेपाली नागरिक माथि दुव्र्यवहार हुन नदिने बताए ।
ठोरी भन्सार क्षेत्रमा मदिरा सेवन गरी नेपाली महिलामाथि हातपात गर्दै दुव्र्यवहार गर्ने भारतीय नागरिकमाथि पनि कानूनी कारबाई अघि बढ्ने जानकारी प्रहरी निरीक्षकले बैठकमा दिएको सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकले बताए । सीमा क्षेत्रमा कानून मिचेर अशान्ति मचाउन खोज्ने समूहमाथि दुवै देशका सुरक्षा अधिकारी सजग बन्दै नाका क्षेत्रको जनजीवन सामान्य बनाउने सहमति भएको प्रनि विकले बताए ।
विनात्रास दुवै देशका नागरिक एकअर्का ठाउँमा जानआउन सहज बनाउन सुरक्षा अधिकारी, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरू बढी सजग र होशियार बन्नुपर्ने ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले आग्रह गरेका थिए । छलफलमा वडा अध्यक्ष किशोर तामाङ, वडा सदस्यहरू अमृतकृष्ण सापकोटा, श्यामहरि आचार्य, युवा नेता प्रकाश खनाल, अर्जुन बस्नेत, पीताम्बर सिलवाललगायतले नाका क्षेत्रमा यस्ता घटना रोक्न दुवै देशका सुरक्षा अधिकारी चनाखो हुनुपर्ने भन्दै स्थानीयहरू पनि दुवै देशको कानुनबारे जानकार हुनु आवश्यक रहेको बताएका थिए ।
भारतको धमौरा पञ्चायतका मुखिया रामबिहारी महतोले नेपाल घुम्न गएका भारतीय नागरिकलाई फसाउने काम गर्न नहुने भन्दै कानून मिच्नेलाई कारबाई गर्दा फरक नपर्ने बताए । नाका क्षेत्रमा दुवै देशका जनता सहज आवतजावत गर्न सक्ने वातावरण तत्काल बन्नुपर्ने भन्दै मुखिया महतोले सामान्य घटनालाई ठूलो बनाएर नाका क्षेत्रमा तनाव सिर्जना गर्न नहुने धारणा राखेका थिए ।
धमौरा पञ्चायतका पूर्व मुखिया दयानन्द सहनीले नेपाल–भारत दुवैतर्पm सहज वातावरण बनाउने वातावरण अघि बढाउन सुझाव दिएका थिए ।
भारतीय पक्ष्Fबाट स्थानीय व्यवसायी प्रमोद साह, सुरेन्द्र प्रसादलगायतको सहभागिता थियो ।