प्रस, रौतहट १६ जेठ/
कटहरिया बजारलाई सुुरक्षित बनाउने उद्देश्यले सिसीटिभी क्यामरा जडान गरिएको छ ।
समुुदाय प्रहरी साझेदारी अवधारणा अनुुरूप कटहरिया नगरपालिकाको आर्थिक सहयोगमा कटहरिया बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिएको हो ।
१२ औं गणतन्त्र दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सांसद कुुन्दन कुुशवाहा, रौतहटका सिडिओ किरण थापा, एसपी भूपेन्द्र खड्काले संयुुक्तरूपमा सिसिटिभीको उद्घाटन गरेका छन् ।
उक्त अवसरमा प्रमुख अतिथि सांसद कुुशवाहाले बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडानले भोलिको दिनमा स्मार्ट नगरपालिका बनाउन पहिलो खुुडकिलो पार गरेको बताए ।
सिसिटिभी क्यामरा जडानबाट विकासको गतिका साथै शान्ति सुुरक्षामा सहयोग पुग्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि सिडिओ किरण थापाले ऐतिहाFसिक बजार कटहरियामा सिसिटिभी क्यामरा जडानले चोरी लगायत विभिन्न अपराधमा नियन्त्रण हुने विश्वास व्यक्त गरे ।
एसपी भूपेन्द्रबहादुर खत्रीले जनताको ज्यान–धनको प्रत्यक्ष सुुरक्षा गर्न र नेपाली जनताको मनसँग जोडिन समुदाय प्रहरी सोझेदारीको अवधारणा नेपाल सरकारले अघि सारेको बताए ।
सोही अवधारणा अनुुरूप कटहरिया बजारमा सिसिटिभी क्यामरा जडान हुनुुले नगरको गरिमा बढ्नुको साथै अपराध समेत न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
कटहरिया नगरप्रमुुख सियाराम कुशवाहाको पहलमा नगरपालिकाको कुल १५ लाख १ हजार रुपियाँ सहयोगमा बजार क्षेत्र अन्तर्गत तत्काल ९ वटा नाइटभिजन सिसिक्यामरा र पाँच स्थानमा सामान्य गरी १४ स्थानमा सिसिटिभी क्यामरा र ३५ स्थानमा सेन्सर भेपरलाइट जडान गरिएको लेखा अधिकृत रामप्रकाश साहले बताए ।
नगरप्रमुख कुशवाहाले जडान भएको सिसिटिभी क्यामरा उच्चस्तरको रहेको र सेन्सर भेपरलाइट दिउँसो आफै निभ्ने र राति बल्ने बताउँदै बजार क्षेत्रलाई थप व्यवस्थित र सुुरक्षित बनाउन यसै हप्ताभित्र अझै ९ वटा सिसिटिभी क्यामरा जडान गरिने प्रतिबद्धता जनाएका छन् ।
उद्घाटन समारोहमा नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साह, सशस्त्रका एसपी कृष्ण ढकाल,राष्ट्रिय अनुुसन्धानका एसपी अभिनयकुमार सिंहले शुुभकामना मन्तव्यका साथै सिसिटिभी क्यामरा जडान भएकोमा प्रशंसा गरेका थिए ।