प्रस, वीरगंज, १७ जेठ/
विश्व धुम्रपान निषेध दिवसको अवसरमा आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चित्र प्रदर्शनी तथा विचार गोष्ठी गरेको छ ।
ओम शान्ति भवन बिर्तामा आयोजित चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठीको प्रदेश सभासद प्रह्लाद गिरीले उद्घाटन गरेका थिए । सो अवसरमा उनले धुम्रपान, मद्यपान र लागूऔषधबाट समाजलाई मुक्त राख्नुपर्ने सुझाव दिए । उनले यसविरुद्धको अभियान सञ्चालन गरेर जनचेतना पैmलाउने काम गरेकोमा ब्रह्माकुमारी राजयोगको प्रशंसा गरे ।
उनले धुम्रपान, मद्यपान र लागूऔषध दुव्र्यसनबाट मुक्त गरेर सुख, शान्ति र आनन्दको जीवन व्यतीत गर्न संस्थाले खेलेको भूमिका सराहनीय भएको बताए । उनले खासगरी युवाहरू यो कुलतमा लाग्ने गरेकोले उनीहरूलाई यसबाट मुक्त हुन सुझाव दिए ।
केन्द्रकी संयोजक रविणा दिदीले २३ वर्षदेखि विश्व शान्ति अहिंसा र भाइचारा स्थापनामा राजयोग सेवा केन्द्रले भूमिका खेल्दै आएको बताइन् । उनले विश्वभरि ८ हजार ५ सय शाखाबाट राजयोग सेवा केन्द्रले जनचेतनामूलक कार्यक्रम गरेर मानव समुदायमा चेतना प्रवाह गरिरहेको बताइन् । उनले आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासबाट मानिसमा सकारात्मक चिन्तन, आन्तरिक शक्तिको विकास हुने हुनाले धुम्रपानलगायत सबैखाले कुलतबाट दीर्घकालीन मुक्ति हासिल गर्न सकिने र जीवनको अमूल्य आनन्द लिन सकिने बताइन् ।
कार्यक्रममा पर्सा बारका पूर्वअध्यक्ष्F सालिकराम प्रसाद, पत्रकार महेशचन्द्र गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ब्रकु गोकुल गुभाजुले संस्थाको परिचय गराएका थिए भने ब्रकु बेलीले स्वागत र गोपिनीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।