डा. रमेश मिश्र
आयुर्वेद जीवनविज्ञान हो । आयुर्वेद दुई शब्द मिलेर बनेको छ– आयु र वेद । आयुको अर्थ जीवन र वेदको अर्थ विज्ञान अर्थात् जान्नु । आयुर्वेद यी दुई शब्दको संयोग हो र आयुर्वेद आपैंmमा सम्पूर्ण जीवनविज्ञान हो । यस पृथ्वीमा जीवन कसरी सुखपूर्वक बाँच्न सकिन्छ भन्ने सम्पूर्ण कुराको वर्णन आयुर्वेदमा पाइन्छ । आयुर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्ष्Fा र रोग लागे रोगको उपचारको पूर्ण व्यवस्था गरिएको छ । आयुर्वेदमा सबै रोगको सफल उपचार गर्न सकिन्छ तर विडम्बना के छ भने आयुर्वेदमा उपचारको लागि आउने रोगीहरू अन्य चिकित्सा पद्धतिबाट प्रभावित भई पहिला आपूmखुशी औषधि सेवन गर्छन् अनि अन्य चिकित्सा पद्धतिको लामो समयसम्म औषधि सेवन गरी रोग निको नभएपछि अर्थात् रोगको असाध्य अवस्थामा आयुर्वेदमा उपचार गराउन पुग्छन् । परिणामस्वरूप आयुर्वेदबाट केही रोग ठीक हुन्छन्, केही हुँदैनन् । सबैलाई थाहा हुनुपर्दछ कि आयुर्वेदले रोगको कारण र अवस्था अनुसार साध्य, असाध्य र कृच्छसाध्य भनेर रोगको वर्गीकरण गरेको छ । अतः रोग लागे रोगको शुरूकै अवस्थामा आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गराइयो भने रोग पूर्णरूपमा निको हुन्छ ।
वर्तमान अवस्थामा सर्ने रोगहरूमा कमी आएको छ भने हाम्रै रहनसहन, खानपान र वातावरणको प्रदूषणले गर्दा धेरैजसो व्यक्तिमा स्वकारण रोग उत्पन्न भइरहेको छ । ती रोगहरू अन्य व्यक्तिबाट हामीमा आएको हुँदैन । हामीमा नै उत्पन्न हुन्छ । चिकित्सा विज्ञानले यी रोगहरूलाई नसर्ने रोग भनेर वर्गीकरण गरेको छ । ती रोगहरूमध्ये उच्च रक्तचाप पनि एक हो । उच्च रक्तचाप हाम्रो हृदय र रक्तवाहिनी सम्बन्धित रोग हो । आयुर्वेदमा यसलाई व्यानवल वैश्म्य भनिन्छ र आधुनिक चिकित्सा पद्धतिमा हाइपरटेन्शन भनिन्छ । जब हाम्रो रक्तचाप जाँच्दा सिस्टोलिक प्रेसर १४० एमएमएचजीभन्दा माथि र डायस्टोलिक प्रेसर ९० एमएमएचजीभन्दा माथि देखिन्छ भने यस अवस्थालाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप व्यक्तिमा दिन, रात, शारीरिक क्रियाकलाप, शरीरको बनावट, मानसिक अवस्था, वातावरण, औषधिसेवन, रक्सी, खैनी, चुरोट र गलत खानपानले फरकफरक देखिन्छ ।
रोगको अवस्थानुसार उच्च रक्तचापलाई दुई समूहमा विभाजन गरिएको छ ।
इसेन्सियल ग्रुप– यस ग्रुपका व्यक्तिमा उच्च रक्तचाप हुने कुनै कारण नै देखिंदैन तर नाप्दा उच्च रक्तचाप देखिन्छ ।
दोस्रो गु्रपमा रेनोभास्कुलर, कारडियोभास्कुलर गेस्टेभनल र औषधिसेवन कारण हुन सक्छ ।
धेरैजसो रोगीमा उच्च रक्तचापको कुनै लक्षण नै देखा पर्दैन । सुरुआती अवस्थामा टाउको दुख्नु, चिडचिडे स्वभाव, चाँडै रिसाउनु, अनिद्रा र थकाइ उच्च रक्तचापका लक्षण हुन् । लक्षण देखा परे उपचार नगराए भयानक रोग हुन सक्छ ।
आयुर्वेद अनुसार उच्च रक्तचापको उपचार समयमा नै कुशल आयुर्वेद चिकित्सकको सल्लाह अनुसार गर्नुपर्दछ । चिकित्सकले रोग विनिश्चय गरी रोग उपचारको साथसाथै स्वस्थ व्रतका केही नियमहरू पालना गर्न लगाउँछन् ।
आयुर्वेद अनुसार रोगीले आवश्यकता अनुसार आराम गर्नुपर्दछ । कडा खालको योग गर्नुहुँदैन तर बिहान–बेलुकाको भ्रमण अनिवार्य गर्नुपर्दछ ।
खाली पेटमा २/३ टुक्रा लसुनसेवन गर्नुपर्दछ । सर्पगन्धा, ब्राह्मी, शङ्खपुष्पी यी आयुर्वेदका जडीबुटीहरू चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्दछ । ध्यान, प्राणायाम रोगानुसार गर्नुपर्दछ ।
चुरोट, खैनी, रक्सी सेवन गर्नुहुँदैन । बढी चिया, कफी सेवन गर्नुहुँदैन । बढी तेल, मसाला हालेको खानेकुरा, असमयमा खानपान गर्नुहुँदैन । बढी तनाव लिनुहुँदैन ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज