गम्भीरा सहनी, जीतपुर, १६ वैशाख/
पथलैया–वीरगंज ६ लेन सडक निर्माणको काम म्याद थप भएको ६ महिनाको अवधिमा पनि सम्पन्न हुने कुरामा शङ्का उत्पन्न भएको छ ।
सडक विभागले ३० महीने समयावधिमा ६ वटा ठेकदार कम्पनीमार्फत काम गराउँदै आएको पथलैया–वीरगंज ६ लेन सडकखण्डको अहिलेसम्म ६० प्रतिशत मात्र काम हुन सकेको छ ।
तोकिएको अवधि पुसमा सकिएको थियो र त्यतिखेर ४५ प्रतिशत मात्र काम भएको थियो ।
सडक विभागले जेष्ठ मसान्तसम्म काम सम्पन्न गर्ने गरी अहिले
म्याद थप गरेको भएपनि तोकिएको अवधिमा काम सम्पन्न हुने अवस्था देखिएको छैन ।
शुरूको चरणमा पर्सा राष्ट्रिय निकुञ्जको ११ सय मिटर वन फडानी, विद्युत् पोल उखेल्ने कुरा र जीतपुर–सिमरा उपमहानगरपालिका अन्तर्गत जीतपुर बजार हटाउने विवादका कारण काममा ढिला भएको तर्क गर्दै आएको निर्माण कम्पनीहरूले सबै समस्या टरिसक्दा पनि आशाप्रद काम गर्न सकिरहेका छैनन्, जसले गर्दा तोकिएको समयमा काम सम्पन्न हुने कुरामा द्विविधा देखापरेको हो ।
सरकारको राष्ट्रिय योजनामा रहेको पथलैया–वीरगंज ६ लेन सडक निर्माणको काम ५ अर्ब ५० करोडको लागतमा बन्दैछ । एएमआर, कन्टेक जेभि शर्मा, युनाइटेड बिल्डर्स, पप्पु कन्स्ट्रक्शन, श्रेष्ठ, बिरुवा, एपेक्स, लुम्बिनीसमेतको संयुक्त ठेकदारीमा भइरहेको ६ लेन सडक निर्माणको काम सुस्त गतिमा चल्दैछ । पर्सा राष्ट्रिय निकुञ्जले ११ सय मिटर क्षेत्रमा पर्ने वन कटानीको स्वीकृति प्रदान गरिसकेको अवस्था छ ।
यसैगरी विद्युत् प्राधिकरणले पनि ६ लेन सडकबीच परेका विद्युत पोलहरू उखेल्ने काम शुरू गरिसकेको छ भने जीतपुरवासी पनि सर्वाेच्च अदालतबाट क्षतिपूर्तिका सम्बन्धमा हुने निर्णय मान्य हुनेगरी तत्काल विकासको कामलाई अवरोध नगर्ने भनेर सडक विस्तारको काममा अवरोध नगर्ने कुरामा सहमत भसकेका छन् ।
अहिले तीनै समस्या समाधान भइसक्दा सडक विभागका प्रमुख परिवर्तन भएको कारण निर्माण कार्यमा प्रभाव परेको तर्क गर्दै आएका छन् । २७ किलोमिटर लामो यो सडक निर्माणमा भइरहेको ढिलासुस्तीको परिणाम आम जनताले भोग्दैछ ।
पथलैया–वीरगंज सडक निर्माणको काम तोकिएको मितिमा पूरा हुन नसक्दा अहिले दिनहुँ सवारी जाम लाग्ने, धूलो र धूवाँले सास्ती खेप्न बाध्य बनाएको छ ।