रवीन्द्रप्रसाद साह, कलैया, १५ वैशाख/
नेपाल तरुण दल बाराले भ्रष्टाचार विरुद्ध ६ सूत्रीय मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, बारामार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ । तरुण दल बाराका अध्यक्ष लोकेश सिंहको नेतृत्वमा आइतवार जिप्रका पुगेका तरुण अगुवाहरूले प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई सो ज्ञापनपत्र बुझाएका हुन् । निर्मला पन्तको हत्यारा पहिचान गरी हदैसम्मको कारबाई गर्नु पर्ने, बढ्दो भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, वाइडबडी जहाज खरीदमा भएको भ्रष्टाचारको निष्पक्ष छानबीन र कारबाई हुनुपर्ने, एनसेलले बुझाउनुपर्ने रु ७० अर्ब भन्दा बढी राजस्व तत्काल असुल उपर गरिनुपर्ने, मेलम्ची खानेपानी आयोजना यथाशीघ्र सम्पन्न गरिनुपर्ने साथै मुलकुका सार्वजनिक र सरकारी जमीनको संरक्षण गर्नुपर्ने माग ज्ञापनपत्रमा समाविष्ट छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, नेविसङ्घका नेता राजेश रौनियार, तरुण दलका क्षेत्रीय सभापति राजकिशोर गुप्ता, तरुण दलका नगर अध्यक्ष सुभाष साह, जिल्ला सदस्य मनोज मुखियालगायतको सहभागिता थियो ।
प्रस, वीरगंज/
नेपाल तरुण दल, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्सामार्पmत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको
छ । नेपाल तरुण दल केन्द्रीय कार्यालयको सर्कुलरबमोजिम ६ सूत्रीय माग राखेर नेपाल तरुण दल, पर्साले ज्ञापनपत्र बुझाएको हो । तरुण दल, पर्साका सचिव विवेक चौरसियाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, पर्सामा गएको टोलीले ज्ञापन बुझाउँदै ६ सूत्रीय माग पूरा गर्न माग गरेको थियो ।
ज्ञापन बुझाउने क्रममा तरुण दल, पर्साका उपाध्यक्ष्F आनन्द चौधरी, पार्षद् हुकुम सिंह, कालु सिंह, बलिष्ठर साह, अनिल यादव, अजय गुप्तालगायतको सहभागिता थियो ।