प्रस, वीरगंज, १७ वैशाख/
नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाको निर्वाचनलाई लिएर विवाद शुरू भएको छ ।
हिजो उम्मेदवारी दर्ताकै दिन कसैको पनि दावेदारी नपरेको भनेर अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिको घोषणा गरी शपथग्रहण गराएको विषयलाई लिएर अहिले विवाद चुलिएको हो ।
सामाजिक कार्यमा विश्वव्यापी मान्यता स्थापित गरेको रेडक्रसको छविलाई नैं धूमिल पार्नेगरी एकतर्फी रूपमा निर्वाचन गरेको भनेर त्यसका सदस्यहरूले विरोध गरेका छन् ।
विरोध चुलिएपछि हिजो निर्वाचन विधिमा सहभागी भएर शपथग्रहण गरेका बृजकिशोर पटेलले आज पदबाट राजीनामा दिएका छन् । उनले आप्mनो राजीनामामा २१ वटा उपशाखा रहेको नेरेसो, पर्सामा १३१ जना सदस्यमध्ये २० प्रतिशतलाई मात्र जानकारी गराएर निर्वाचन गराइएकोमा आपत्ति जनाउँदै राजीनामा दिएका हुन् । उनले आप्mनो राजीनामामा नेपाल रेडक्रस सोसाइटी, पर्साले विश्व रेडक्रस दिवस मनाउन वैशाख ७ गते जारी गरेको परिपत्रको मुन्तिर निर्वाचनका लागि वैशाख १६ गते उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको सूचना दिएर झुक्याउन खोजेको आरोप लगाएका छन् ।
उनले निर्वाचनका लागि छुट्टै सूचना जारी गर्नुपर्नेमा सो नगरेकोले धेरै उपशाखाहरू यसबारे अन्योलमा परेको र उनीहरूको सहभागिता नभएको बताएका छन् ।
यसबारे निर्वाचन अधिकृत सञ्जीवकुमार मल्लिकसँग बुझ्दा उनले निर्वाचन प्रक्रिया अनुरूप काम भएको दाबी गरे । उम्मेदवारी दर्ता वैशाख १६ गते र निर्वाचन तथा परिणाम घोषणा वैशाख १७ गते तोकिएको बताउँदै उम्मेदवारविरुद्ध कसैको दाबेदारी नपरेको हुनाले १६ गते नै निर्वाचन परिणाम घोषणा गरिएको र शपथ ग्रहण गराइएको बताए ।
रेडक्रसका अन्य सदस्यहरूले भने कार्यविधि अनुसार निर्वाचन नभएको आरोप लगाएका छन् । उनीहरूले स्वयं निर्वाचन अधिकृतले वैशाख १६ गते उम्मेदवारी दर्ता, १७ गते निर्वाचनको कार्यविधि सार्वजनिक गरेकोमा सोही अनुरूप घोषणा र शपथग्रहण कार्यक्रम हुनुपर्नेमा हतारमा एकै दिनमा सर्वसम्मत गरेर शपथग्रहण गराइएकोले रेडक्रसको वर्तमान नेतृत्व आरोपमुक्त हुन नसक्ने बताएका छन् ।