डा. रमेश मिश्र
अनुचित खानपान, रहनसहन तथा वातावरणमा परिवर्तनले हामीलाई धेरै रोग लाग्ने गर्दछ । केही रोग कुनै लक्षण नै नदेखाइ प्राणघातक हुन्छन् त केही रोगमा रोगको अवस्था अनुसार विभिन्न लक्षणहरू देखा पर्दछन् र उपचार समयमा गरियो भने निको हुन्छ । शरीरमा जलन हुनु धेरै रोगको सङ्केत गर्दछ । कसैलाई पूरै शरीरमा जलन हुन्छ, कसैको हात खुट्टामा जलन हुन्छ त कसैको छाती, पिसाब नली, पेट आदिमा जलन हुन्छ । यो जलन हुने अवस्था शरीरभित्र कुनै न कुनै रोग भएको सङ्केत गर्दछ । आयुर्वेद अनुसार कुनै बाहरी कारण (आगो वा सूर्यको ताप वा अन्य कारण)को सम्पर्कबिना शरीरमा जलन हुनुलाई दाह रोग भनिन्छ । धेरै व्यक्तिमा यस्तो अवस्था कहिलेकाहीं हुन्छ । आयुर्वेद अनुसार दाह रोग दुई प्रकारका हुन्छन्– वातिक दाह र पैतिक दाह । जब शरीरभित्रको वायु आप्mनो प्रकोपका कारणहरूबाट कुपित भएर पित्तलाई विकृत गर्दछ, तब दाह (जलन) उत्पन्न हुन्छ । त्यसलाई वातिक दाह भनिन्छ । जब विधिविपरीत बढी मद्यपान, प्रकुपित रक्त, तृष्णा निरोध आभ्यान्तर रक्तस्राव, अन्य रोग आदिको कारणले गर्दा वा पित्तस्व प्रकोपका कारणहरूबाट प्रकुपित भएर शरीरमा दाह उत्पन्न गर्दछ, त्यसलाई पैतिक दाह भनिन्छ । आयुर्वेदमा वातिक र पैतिक दाहलाई पनि विभिन्न भागमा वर्गीकरण गरिएको छ । शरीरमा दाह (जलन) अनुभव भए चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ । आयुर्वेद अनुसार सबै प्रकारका दाहजनक निदानको परिवर्जन गर्नुपर्दछ । बाहिर र भित्रीरूपमा शीतल आहारविहार, औषधि र उपचारको व्यवस्था गरिन्छ । दाह शमनको लागि भेद अनुसार प्रलेप, शयन आसन, शीत उपचार, परिवेचन, अवगाहन, वापीस्नान, धारागृह शयन, दाहशामक विविध प्रयोग गरिन्छ । औषधि, शतधौत धृतलेप, निमपत्रलेप, नागरमोथा, सुगन्धवाला, श्वेत चन्दन, लोघ, खस, प्रियंभु नागकेमर, पित्तपापडा, चन्दनादि चुर्णको प्रयोग गरिन्छ ।
पथ्यः पुरानो चामल, जौ, मुङ्ग, मुनक्का, किसमिस, खजुर, गो दुग्ध, मक्खन, नारियल पानी, अङ्गुर, उखुको रस, अवस्था अनुसार सेवन गर्नुपर्दछ ।
अपथ्यः विरुद्ध अन्नपान, क्ष्Fार तीक्ष्ण कटुतिक द्रव्य, वेगावरोध, परिश्रम, धूप, आगोनजीक बस्नु, माछा, पित्तबर्धक आहार ।
रोग लागे चिकित्सकको सल्लाह अनुसार नै औषधि सेवन गर्नुपर्दछ । विज्ञापनको आधारमा आपूmखुशी कहिले पनि औषधि सेवन गर्नुहुँदैन ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज