कलाले व्यक्तिको भावनालाई स्पर्श गर्छ, उसको संवेदनालाई जाग्रत गर्छ । आज प्रकृतिप्रति असंवेदनशीलताको यो परिणाम हो कि प्रकृति नै प्रदूषणको शिकार भएको छ । प्रकृतिको चारैतिर प्रदूषणका विभिन्न रूप पैmलिएका छन् भने के कलाको माध्यमबाट यस प्रदूषणलाई पैmलिनबाट रोक्न सार्थक प्रयास सम्भव छ त ? के कलाको माध्यमबाट मानिसलाई प्रकृतिमा निरन्तर पैmलिने प्रदूषणप्रति जागरूक गर्न सकिन्छ ? के कलाको माध्यमबाट प्रकृतिलाई सुन्दर बनाउन सकिन्छ ? निश्चितरूपले यसको उत्तर हो– ‘हो’ ।
कलाका कैयौं आयाम छन् । अनेकपटक लेखक, कलाकारले पर्यावरणलाई लिएर आप्mनो मुखर अभिव्यक्ति दिएका छन्, अभियान शुरू गरेका छन् तथा पृथ्वीलाई सुन्दर, राम्रो र हराभरा बनाइराख्ने प्रयास पनि गरेका छन् । यस क्रममा नयाँ–नयाँ थिएटर बन्यो, पार्क बन्यो, भवन, सडक बन्यो– यी सबको निर्माणको समयमा यो दृष्टि रहन्छ कि यसको कलात्मक निर्माणको साथसाथ धर्तीको पारिस्थितिकी सुरक्षित बनाइराख्ने।
नदीहरूको पवित्रताको अर्थ केवल वातावरण शुद्धिसँग मात्र होइन, अपितु फोहरबाट रहित भएर कलाका विविध आयाम खोज्नु हो । जललाई बचाउनु धर्तीलाई बचाउनु नै हो । राम्रो जलको एक–एक थोपाले धर्तीको पवित्रतालाई अभिव्यक्त गर्छ । यो पवित्रता जलको कलात्मक गुण हो, जबकि त्यसमा बढ्दो प्रदूषण र फोहरले न केवल उसको कलालाई विकृत गरिरहेको छ, अपितु उसलाई कुरूप र अनुपयोगी पनि बनाइरहेको छ ।
बगिरहेको झर्ना, कलकल ध्वनिको साथ बग्दै गरेको स्वच्छ नदीले सबैको मनलाई आकर्षित गर्छ, किनभने त्यसमा कलात्मक सौन्दर्य छ, तर जब यही झर्ना र नदी प्रदूषणबाट विषालु र दुर्गन्धयुक्त हुन्छ, तब कोही त्यसको नजीक जान रुचाउँदैनन् र न त त्यस जलको उपयोग नै गर्छन् ।
अतः यदि हामीले प्रकृतिलाई बचाउनु छ भने प्रकृतिमा पैmलिरहेको प्रदूषण र त्यसको दुष्परिणामप्रति मानिसलाई जागरूक गर्नुपर्छ र स्वच्छ तथा सुन्दर प्रकृतिको दृश्य व्यक्तिको समक्ष लैजानुपर्छ । यस कार्यलाई कलाका विभिन्न आयामद्वारा गर्न सकिन्छ । गायन, लेखन, चित्रकारी, वास्तुशिल्प, चलचित्र आदिको माध्यमबाट पर्यावरणप्रति मानिसलाई जागरूक पैदा गर्न सकिन्छ ।
मानवताको भविष्यको लागि एउटा सुमार्ग यो हो कि कलाधर्मी र वैज्ञानिकबीच संवादमा वृद्धि होस् । वैज्ञानिकहरू विविध माध्यमबाट धर्तीलाई सुरक्ष्Fित गर्न र राम्रो बनाउनमा लागेका छन्, यस कारण त्यसलाई संवेदनशील आधार दिने कार्य कलाकारको हो । जलवायु परिवर्तनको चेतावनीलाई जुन तरीकाबाट वैज्ञानिकले बताउँछन्, त्यसलाई बाँसुरी वादन, थिएटर र कविताबाट राम्रो तरीकाबाट अभिव्यक्त गर्न सकिन्छ, ठीक त्यसै प्रकार समाजशास्त्र र राजनीतिशास्त्रलाई फणीश्वरनाथ रेणुको ‘मैला आँचल’ कृतिबाट राम्रो ढङ्गले जान्न सकिन्छ ।
वस्त्र उद्योगको कलाधर्मितामा कपडाको उपयोग, रङ्गको रासायनिकता र पुनर्चक्रीयता आदिलाई ध्यानमा राख्यौं भने धर्तीको सुरक्ष्Fा पनि यसबाट बढ्छ । फिल्म उद्योगले कैयौंपटक वृत्तचित्रको माध्यमबाट पृथ्वीको हरित वातावरणलाई जोगाउने प्रयास गरेको छ र विभिन्न प्रकारका प्रदूषण र त्यसबाट हुने हानिको जीवन्त दुष्परिणामबाट अवगत गराएको छ । यस माध्यमबाट मानिसमा हुने असर निकै चाँडै र प्रभावी हुन्छ ।
जब कुनै चित्रकारले चित्र बनाउँछ, तब उसले वृक्ष, घाँस, हरियालीले युक्त वातावरण देखाउँछ । कविको कृति तथा प्राकृत र अपभ्रंशको रचनामा प्रकृति संरक्षणका अनेक रूप पाइन्छन् । त्यसमा रूख–बिरुवा, वन–लता, पशु–पक्षी, कृमि–कीट तथा प्राणीमाथिको लगाव पाइन्छ । रीतिकालीन कविको कवितामा त ऋतु, वनस्पति र पारिस्थितिकीबाट अनुकूलित र आत्मीय सम्बन्ध देखिन्छ । सेनापति जस्ता कविको ऋतुवर्णन, सीताकान्त महापात्र र समकालीन कविको ग्रीष्म–बोध यसबारेमा उल्लेखनीय छ र त्यो अत्यन्तै सराहनीय छ । कविका कैयौं पङ्क्तिको माध्यमबाट वनस्पति बोधलाई व्यापकरूपमा मानवतासँग जोडिएको छ । भारतको कोणार्कमा जगदीशचन्द्र माथुरले अनेकपटक पृथ्वीको रचनाशीलतालाई जल तथा वनस्पतिको आयामबाट सम्बद्ध गरेका छन् ।
कलाले यस संसारलाई सुन्दर बनाउँछ र यो हाम्रो अन्तर्मनको पनि सुन्दर अभिव्यक्ति हो । कलाले जल–जङ्गल–जमीनलाई आप्mनो सृजनाबाट सुरक्षित गर्न अनेक उपाय जोड्छ । कलाकार, रचनाकार, वैज्ञानिक यदि एक भएर आआप्mनो माध्यमबाट उद्यम गर्छन् भने यो संसार बच्नेछ र सुन्दर बन्नेछ ।
कलाले हामीलाई आप्mनो सुन्दरताबाट, कलात्मकताबाट, शुभ कार्य गर्नको लागि प्रेरणा दिनमा सामथ्र्य राख्छ । कलाले हाम्रोभित्र प्रकृतिलाई स्वच्छ राख्न, सिङ्गार्न, सुरक्षित राख्न हेतु प्राण फुक्न सक्छ । उदाहरणको लागि सङ्गीतको प्रभाव व्यक्ति र जीवजन्तुमा अद्भुत हुन्छ । वैज्ञानिकले पनि यो प्रमाणित गरेको छ कि सङ्गीतको अद्भुत प्रभावबाट बाली राम्रFे हुन्छ, गाईले बढी दूध दिन्छ र यस माध्यमबाट केही रोगको चिकित्सा पनि सम्भव छ ।
यस प्रकार गीत–सङ्गीतको माध्यमबाट पनि मानिसलाई प्रकृतिको वर्तमान स्थितिप्रति जागरूक गर्न सकिन्छ र केही महŒवपूर्ण प्रयास गर्न प्रेरित गर्न सकिन्छ । यस प्रकार चित्रकला, वास्तुशिल्प, नाट्यमञ्चन, सडकनाटक तथा नृत्यद्वारा मानव र प्रकृतिबीच सम्बन्ध प्रगाढ बनाउन सकिन्छ ताकि समय रहँदै मनुष्य आपूmले प्रकृतिमाथि गरेको अत्याचारप्रति सजग हुन सकोस् र सामूहिक प्रयासद्वारा प्रकृतिलाई जोगाउन सकोस् र आप्mनो भविष्य सिङ्गार्न सकोस् ।